|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पूर्व युवराज्ञी हिमानी श्रीमान्को शरणमा काठमाण्डौ, 5 Feb, 09- 'लोग्ने स्वास्नीको झगडा परालको आगो' भन्छन् । पूर्व युवराज पारश र हिमानीबीचको झगडापनि परालको आगो जस्तै भएको छ । करिव ६ महिना लामो विवादपछि पूर्व युवराज पारश र पूर्व युवराज्ञी हिमानीबीचको द्धन्द समाप्त भएपछि हिमानी विहीबार सिङ्गापुरतर्फ लागेकी छिन् । उता पूर्व राजा ज्ञानेन्द्रपनि निर्मल निवासको लामो बसाईंपछि बुधबार फेरि नागार्जुनतर्फ लाग्नु भएको छ । आफ्ना सन्तान पढाउनकालागि सिङ्गापुर लागेदेखि नै पारश हिमानीबीच झगडा पर्न थालेको थियो । श्रीमान्-श्रीमतिबीचको झगडाका कारण त्यहाँको क्यानेडियन स्कूलमा भर्ना गरिएका छोरा ह्दयेन्द्र र छोरी पूर्णिकालाई गत भदौमा फेरि काठमाडौं फर्काइएको थियो । दुई बीचको झगडा कतिसम्म चर्केको थियो भने गत तिहारमा पारशबाट कुटिएपछि हिमानी रुँदै नेपाल फर्केकी थिइन् । तर पूर्व राज परिवारको चार महिना लामो प्रयत्नपछि दुईबीचको सम्बन्धमा सुधार आएको छ । करिव पार पाचुकेको स्थितिमा पुगिसकेका पूर्व युवराज पारश र पूर्व युवराज्ञी हिमानीबीचको सम्बन्धमा सुधार आएपछि हिमानी विहीबार दिउसो श्रीमान् पारशलाई भेट्न सिङ्गापुरतर्फ लागेकी छिन् । अब उनी केही दिन उतै बस्नेछिन् । बच्चाहरुलाई भने काठमाडौंमै छाडिएको छ । उता पूर्व राजा ज्ञानेन्द्र आफूलाई सरकारले केही समयका लागि बस्न उपलब्ध गराएको नागार्जुन बङ्गलातिरै जानु भएको छ । उहाँ बुधबार बेलुकी त्यसतर्फ जानु भएको हो । उहाँ १० दिनकालागि त्यसतर्फ लाग्नु भएको निर्मल निवास श्रोतले बताएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||