|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
गरिवी निबारण, बिकास, दीगो शान्ति र मानबाधिकारको रक्षा प्रमुख
एजेन्डा Prime Minister Prachanda addressing the 63rd General Assembly of the United Nations today at the UN Headquarters, New York, USA. Photos: eEyeCam न्यू योर्क, September 26, 2008- गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड'ले आज बिहान संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभा (महासभा) लाई सम्बोधन गर्नु भएको छ। प्रधानमन्त्री प्रचन्डले महासभालाई सम्बोधन गर्दै नेपाल एक दशकको जन युद्ध पछि शान्ती प्रकृया पार गर्दै संबिधान सभाको निर्वाचन सफलतापुर्बक सम्पन्न गर्न सफल भएको र संबिधान सभाबाट २४० बर्षको राजतन्त्र अन्त गरी नेपाल संघीय गणतान्त्रिक नेपालको घोषणा भई सकेको र अब समाबेशी एबं संघीय नयाँ नेपाल निर्माणको प्रकृयामा अघी बढेको विश्व समुदायलाई जानकारी गराउनु भएको छ। उहाँले आफ्नो मन्तब्यमा भन्नु भयो-" नेपाली जनताले परिवर्तनको पक्षमा जनमत दिएका छन् जुन परिवर्तनको लागि मेरो आफ्नो पार्टीले पनि बर्षौं लडेको थियो। ऐतिहासिक राजनीतिक परिवर्तन पछि अब हामी ऐतिहासिक रुप मै आर्थिक-सामाजिक क्रान्ति ल्याउन प्रतिबद्ध भएका छौं। आज यो सभाका सामु मैले गर्बकासाथ जानकारी गराउँदछु कि हाम्रो संबिधान सभा विश्वको सबैभन्दा समाबेसी प्रतिनिधित्व भएको ब्यबस्थापिका हो जस्मा पछौट्याइएका बर्ग, जात-जाति, आदिबासी जनजाति, दलित, उपेक्षित बर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व भएको छ। जसले नयाँ नेपालको नयाँ युगको शुरुवात गरेको छ। एक्काइसौं शदीको यो पहिलो दशकमा विश्व समुदायको लागि यो राम्रो उदाहरण हो ।" उहाले नेपालको शान्ती प्रकृयामा सकृय भूमिका निभाएकोमा संरासंको नेपाल मिसन The United Nations Mission in Nepal (UNMIN) को काम प्रति सन्तुस्टी ब्यक्त गर्दै संरासं (UN) र अन्य सहयोगी मुलुकहरुलाई धन्यवाद दिनु भएको छ। |
|
|
प्रधानमन्त्री प्रचन्डले नेपालको शान्ती प्रकृया एउटा उदाहरणीय भएको बताउदै
प्रजातन्त्र, समाबेसीकरण, सम्बाद र जनताको मौलिक पहिचान, सम्मान गर्ने यो
प्रकृयाको कडि भएको बताउनु भएको छ। प्रधानमन्त्रीले नेपाल जस्तो अल्प बिकासीत मुलुक (Least Developed Country) को सर्बाङ्गिण बिकास नगरि संरासंको सहस्राव्दी विकास लक्ष्य (UN Millennium Development Goals) हासिल हुन नसक्ने बताउनु भएको छ। स्मरणीय छ, नेपाल विश्वका ४९ गरीबतम मुलुकहरु अर्थात अल्प बिकसित मुलुकहरु (Least Developed Countries-LCDs) को सुचीमा २२ औं स्थानमा छ। (Read my article about 49 LDCs) -Pradeep Thapa Magar at UN Headquarters, New York. Comments? 551-358-7726 Prime Minister Prachanda addressing the 63rd General Assembly of the United Nations. Photos: eEyeCam Prime Minister Prachanda with Nepalese delegates, wife Sita Dahal and Ambassador Madhuram Acharya and Dr. Geeta Sharma Acharya,after addressing the 63rd General Assembly of the United Nations. Photos: eEyeCam Ambassador and Permanent Representative of Nepal Mission to the UN Madhuraman Acharya with Mrs. Sita Dahal, wife of PM Prachanda, Ambassador Acharya's wife Dr. Geeta Sharma Acharya and other Nepal Mission to the UN members and Nepalese delegates. PM Prachanda son Prakash Dahal, former UN Assistant Secretary General Kulchandra Gautam listening PM Prachanda's address at the 63rd General Assembly. Photos: eEyeCam संरासंको बिकास कार्यक्रम संस्था United Nations Development Programme’s (UNDP) को सन् २००७-८ को मानब बिकास सुचाङ्कअनुसार नेपाल विश्वका १७७ मुलुकहरु मध्ये १४२ औं स्थानमा आउँदछ। संरासं ब्यापार र बिकास संस्था The United Nations Conference on Trade and Development (UNCTAD) को एक अनुमान अनुसार नेपाल लगायतका अन्य ११ मुलुकलाई अल्प बिकसित मुलुकहरु (Least Developed Countries-LCDs) को सुचीबाट हट्न ५० बर्षभन्दा बढी समय लाग्ने छ। |
||
|
Read our related news: » UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos) Nepal’s New Prime Minister Envisions Achievement by 2018 » न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos) "Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan » For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos) » News update: बुश र प्रचन्ड दुबै प्रसन्न: अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क » प्रधानमन्त्री प्रचन्डसहित १३ जनाको नेपाली प्रतिनिधि मण्डल न्यू योर्कमा |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||