नयाँ प्रधानमन्त्री प्रचण्डले अगस्ट १८ सोमबार सपथ
लिने काठमाडौं, August 16, 2008- संघीय गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल
'प्रचण्ड'ले भदौ २ गते सोमबार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय
गरिएको छ ।
नव निर्वाचित प्रधानमन्त्रीको सपथ दिनको तिन बजॆ हुने राष्ट्रपति
कार्यालयबाट प्रेषित पत्रमा जनाइएको छ । प्रधानमन्त्रीको सपथ ग्रहण
राष्ट्रपतिबाट हुनेछ ।
राष्ट्रपति डा. रामवरण यादवले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा
बधाई ज्ञापन गरेका छन् । राष्ट्रपतिले उनको सफल कार्यकालको समेत कामना
गरेका छन् ।