Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्री प्रचण्ड भारततिर, मन्त्रीहरु र सचिबहरुको लस्कर

काठमाण्डौं, November 12, 2008- 'बहुपक्षिय आर्थिक संकट एवं प्राबिधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास' विमिस्टेक को दोस्रो शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत प्रस्थान गरेका छन् ।


भ्रमण टोली कार्तिक २७ गते विहान ११ बजे नेपाल एयरलाइन्सको को उडान मार्फत दिल्ली प्रस्थान गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आजै आफ्ना भारतीय समकक्षी डा. मनमोहन िसंहसँग दुई पक्षिय हितका बिषयमा छलफल गर्ने कार्यक्रम छ । उनले सम्मेलनमा सहभागी अन्य देशका प्रमुखहरुसँग पनि दुई पक्षिय हितका बिषयमा छलफल गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कार्तिक २८ गते हुने एक दिने बिमिस्टेक शिखर सम्मेलनको उद्घाटनको क्रममा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । शीखर सम्मेलन पछि भारतीय राष्ट्रपति प्रतिभा पाटिलले सहभागी राष्ट्रका सरकार एवम् राष्ट्रप्रमुखहरुसँग गर्ने सामुहिक भेटघाटमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागि हुने छन्‌ ।

दक्षिण तथा दक्षिणपूर्बी एसियाली सात राष्ट्रहरु सम्मिलीत सरकारप्रमुख स्तरीय बिमस्टेक सम्मेलनमा बिमस्टेक सचिबालय तथा केन्द्रहरुको स्थापना, उर्जा, मौसम तथा साँस्कृतिक उद्योग लगायत केहि क्षेत्रीय सम्झौताहरुमा हस्ताक्षर हुने जनाईएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो, जलस्रोत मन्त्री बिष्णु पौडेल, मुख्य सचिब भोजराज घिमिरे, प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार हिरा बहादुर थापा, नीजि सचिब शक्तिबहादुर बस्नेत, बिमिस्टेक नेपाल शाखाका उपसचिब प्रकाशकुमार सुबेदी पनि सहभागी छन्‌ ।

सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री उपेन्द्र यादव भने हिँजै नयाँदिल्ली गइसकेका छन्‌ । नेपालको तर्फबाट १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जानु भएका प्रधानमन्त्री प्रचण्डको यो दोस्रो भारत भ्रमण हो । प्रधानमन्त्री प्रचण्ड शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

-Santa Bagam in Kathmandu






   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®