प्रधानमन्त्रीले भारत भ्रमणबारे व्यवस्थापिका
संसदलाई के जानकारी गराए?
काठमाण्डौं, November
17, 2008-
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमणबारे
व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् । मंसिर २ गते वैठक शूरु हुनासाथ
विशेष समय लिएर बोल्दै उनले नेपालमा पर्यटन केन्द्र स्थापना गर्ने प्रश्ताव
राखेको जानकारी दिए ।
उनी कार्तिक २७ गते भारतको नयाँ दिल्लीमा सम्पन्न विमस्टेक सम्मेलनमा भाग
लिन गएका थिए ।
प्रधानमन्त्री प्रचण्डले अन्य सदस्य राष्ट्रका नेताहरुसँगको भेटमा आफूले
उर्जा केन्द्रबारे छलफल गरेको सदनमा बताए । उनले कोशीको तटबन्ध समयमै
निर्माण हुनु पर्ने कुरामा दुबै तर्फबाट प्रतिबद्धता जनाउनु पर्ने तथा र
नेपालमा भैरहेको राजनैतिक विकासको कुरा क्षेत्रीय नेताहरुलाई अवगत गराएको
कुरा सदनलाई जानकारी गराएका थिए ।