Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीको निर्वाचन: कही नभएको जात्रा नेपालमा?

काठमाडौं,  August 7, 2008- कानूनविद्हरुले राष्ट्रपतिको आव्हान बमोजिम राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा प्रधानमन्त्री पदको समेत निर्वाचन हुने बताएका छन् । उनीहरुले विश्वमा कहीं नभएको प्रधानमन्त्रीको निर्वाचन नेपालमामात्र हुने व्यवस्था भएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल भन्छन्- 'राष्ट्रपति डा. रामवरण यादवले आव्हान गरेबमोजिमको समयभित्र कुनै दलले सरकार बनाउन नसके प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।' दाहालका अनुसार संविधानको धारा ३८२ मा प्रधानमन्त्रीको निर्वाचन हुने व्यवस्था छ र राष्ट्रिय सहमतिको सरकार बन्न नसके राष्ट्रपतिले यसै हप्ता उक्त आव्हान गर्नसक्नेछन् ।

'सहमतिको सरकार बन्न नसके प्रधानमन्त्रीको निर्वाचन गर्न राष्ट्रपतिले संविधान सभालाई आव्हान गर्नसक्नुहुन्छ' दाहालको भनाई छ- 'मुलुक सरकारविहिन अवस्थामा रहनसक्दैन, अन्तरिम संविधानले सहमतिलाई जोड दिएकाले सहमतिबाटै सरकार गठन हुनुपर्छ ।' माओवादीले अल्पमतको सरकार बनाउने हो भनेपनि अन्य दलको सहमति लिई संविधान सभाबाट चयन हुनुपर्ने व्यवस्था रहेको उनी बताउँछन् । उनी भन्छन्- 'राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गरेर विश्वासको मत लिऊ भन्ने संवैधानिक व्यवस्था छैन जस्तो सरकार बनाउने हो सरकार बनाउनेले संविधान सभाबाट पहिल्यै समर्थन देखाउनसक्नुपर्छ ।'

नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष शम्भु थापा भने प्रधानमन्त्रीको निर्वाचन हुने प्रावधान नेपालमा मात्र भएको बताउँछन् । 'आफू अनुकुलको संवैधानिक व्यवस्था राख्ने परिपाटीले थप समस्या सृजना गरेको छ' थापाको भनाई छ- 'दुनियामा कहीं नभएको प्रधानमन्त्रीको निर्वाचन नेपालमा हुँदैछ ।' आफ्नो मनमा जे आयो त्यही लेख्ने परिपाटीले देश अस्तव्यस्त बन्दै गएको बताउदै राष्ट्रियस्वार्थविपरितको काम भइरहेको उनी बताउँछन् ।

अधिवक्ता एवं नेकपा माओवादीका सभासद खिमलाल देवकोटाको भनाई भने माओवादी नेतृत्वमा अल्पमतको सरकार बन्नसक्छ । राष्ट्रपतिले सरकार गठनको आव्हान गर्ने व्यवस्था कतै उल्लेख नभएको गर्दै उनी भन्छन्- 'राष्ट्रपतिले सरकार गठनको आव्हान गर्नसक्ने अनि सबैभन्दा ठूलो दलका रुपमा स्थापित माओवादीले अल्पमतको सरकार गठन गर्ननपाउने' सहमतिको सरकार बनाउन अन्तिम समयसम्म पहल गरिने र त्यस्तो नभए अल्पमतको सरकार गठन गरिने उनको ठोकुवा छ । उनी थप्छन्- 'देशी, विदेशी षड्यन्त्रका कारण सरकार गठनमा ढिलाई भइरहेको हो । सहज ढंगले सरकार बन्न नदिएर मुलुकलाई फेरि २०५१ र २०५६ को जस्तो सांसद किनबेचको अवस्थामा पुर्याउने षड्यन्त्र भइरहेको छ ।'

अधिवक्ता एवं नेकपा एमालेका सभासद अग्नि खरेल चाँही सहमतिको सरकार गठन हुननसके संविधानको धारा ३८. २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन हुने प्रावधान रहेकाले त्यसै बमोजिम हुने बताउँछन् । एमाले माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने पक्षमा रहेको बताउने सभासद् खरेल राष्ट्रपतिले सरकार गठनको आव्हान गर्ने संविधानमा उल्लेख नभएपनि यस्तो अभ्यास गर्न सकिनेमा जोड दिन्छन् ।
   उनी भन्छन्- 'विदेशमा समेत यस्तो परम्परा रहेकाले राष्ट्रपतिले सरकार गठनको आव्हान गर्नुलाई असंवैधानिक भन्नुपर्ने अवस्था छैन ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®