|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'गणतान्त्रिक नयाँ नेपालको इतिहासको सबैभन्दा अनैतिक दिन' -जयप्रकाश गुप्ता, सह-संयोजक, फोरम काठमाडौं, July 20, 2008- राष्ट्रपति निर्वाचन प्रकरणले माओवादी, कांग्रेस र एमालेबीचको गठबन्धन त टुटेको छ नै । साथसाथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विभाजित भएको छ । मोर्चाको पूर्व निर्णय विपरित मधेश जनअधिकार फोरम कांग्रेस-एमाले गठबन्धमा सामेल भएपछि मोर्चा विभाजित बनेको हो । फोरम, तमलोपा र सद्भावना पार्टी सम्मिलित मोर्चाले विहीबार राष्ट्रपतिमा माओवादीबाट प्रस्तावित उम्मेदवार रामराजाप्रसाद सिंहलाई मत दिने निर्णय गरेको थियो । तर फोरमले निर्णय बदल्दै उपराष्ट्रपतिका आफ्ना उम्मेदवार परमानन्द झालाई माओवादीले समर्थन गरेमात्र सिंहलाई मत दिने शर्त राख्यो । तर माओवादीले फोरमको शर्त मानेन । फलत: फोरम कांग्रेस-एमाले गठबन्धनमा सामेल भएर कांग्रेस उम्मेदवार डा. रामबरण यादवलाई मत दिने निर्णय गर्यो । तर तमलोपा र सद्भावना भने पूर्ववत निर्णयमा अडिग रहे । फोरम अध्यक्ष्य यादवले राजनीतिक नैतिकता विपरित पूर्व निर्णय लत्याएको भन्दै अन्य मधेशवादी दलले फोरमको आलोचना गरेका छन् । उता फोरमभित्रैपनि विवाद सुरुवात भएको छ । फोरमका सहसंयोजक जयप्रकाश गुप्तालेपनि शनिवार भएको कांग्रेस-एमाले-फोरम बीचको गठबन्धनलाई अनैतिक भनेका छन् । उनले भने- 'गणतान्त्रिक नयाँ नेपालको राष्ट्रपति चुन्ने दिनजस्तो महत्वपूर्ण दिन नेपालको इतिहासको सबैभन्दा अनैतिक दिनको रुपमा दर्ज भएको छ।' फोरमका कतिपय सभासद्लेपनि डा. यादवलाई मत नदिएको देखिएको छ । जानकारी अनुसार १५ देखि २० जना जति सभासद्हरुले पार्टी व्हीप विपरित गणतन्त्रबादी नेता सिंहको पक्षमा मतदान गरेका थिए । फोरमका सबै सभासद्को मत नपाएकाले नै कांग्रेसका डा. यादवले विजय हासिल गर्न सकेनन् । श्रोतका अनुसार मतदानकालागि प्रस्थान गर्नुअघि भएको संसदीय दलको बैठकमा सहसंयोजक गुप्ताले व्हीपका आधारमा होइन आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न सभासद्हरुलाई आग्रह गरेका थिए । फोरमको समर्थनका बाबजुद डा. यादव विजयी बन्न नसकेपछि त्यसले नयाँ गठबन्धनमासामेल दलहरुबीच शंका उत्पन्न हुन थालिसकेको छ । राष्ट्रपतिकालागि फेरि दोश्रो पटक मतदान हुने भएकाले फोरममा अझै ठूलो विवाद सिर्जना हुने देखिन्छ । किनभने आफ्ना उपराष्ट्रपतिका उम्मेदवारलाई जिताउने शर्तमा उनीहरुले पहिलो निर्वाचनमा डा. यादवको पक्षमा मतदान गरेका थिए । तर अब आफ्नो उम्मेदवार विजयी भैसकेकाले उनीहरुकालागि अब डा. यादवको पक्षमा मतदान गर्नु कुनै जरुरी छैन । |
|
|
फोरमका एक सभासद्ले यूएसनेपाल अनलाइन सँग भने- 'फोरम उम्मेदवार
उपराष्ट्रपतिमा निर्वाचित भैसके, त्यसैले अब कांग्रेसलाई मत निदंदापनि केही
फरक पर्दैन भनेर फोरमका थप सभासद्ले गणतन्त्रवादी नेता सिंहलाई मत दिने
सम्भावना बढेको छ ।' उता तमलोपा र सद्भावना भने दोश्रो पटकको मतदानमापनि माओवादीद्धारा प्रस्तावित गणतन्त्रबादी नेता सिंहकै पक्षमा अडिग छन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||