|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रपति डा. यादवका जेठा छोरा डा. चन्द्रमोहन यादव उपनिर्वाचन
लड्ने माओवादी, काङ्ग्रेस, एमाले र फोरमका को, कहाँबाट भिड्दैछन्? काठमाण्डौ, 13 Mar, 09- डा. रामबरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको धनुषा- ५ मा उहाँकै जेठा छोरा डा. चन्द्रमोहन यादव नेपाली कांग्रेसको उम्मेदवार हुने भएका छन् । धनुषा क्षेत्र न. ५ बाट निर्वाचित राष्ट्रपति यादवले राजिनामा दिएपछि रिक्त रहेको स्थानमा उनका छोरालाई काँग्रेसले उम्मेदवार बनाएको हो । पिताजस्तै चिकित्सक पेशाका चन्द्रमोहन राजनीतिमा सरिक हुने भएपछि उनले आफू कार्यरत बीर अस्पतालको चिकित्सक पेशाबाट राजिनामा समेत दिएका छन् । सोही क्षेत्रमा उनले तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार श्रीकृष्ण यादवसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । सो क्षेत्रमा माओवादी र एमालेले अहिलेसम्म उम्मेदवार तय गरेका छैनन् । तर माओवादी समेतको समर्थनमा एमालेले केन्द्रीय सदस्य रघुबीर महासेठलाई उठाउने सम्भावना अधिक छ । नेपाली कांग्रेसले मोरङ्ग- ७ बाट सभापति कोइरालाका भतिज एबं कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई नै उम्मेदवार बनाउने भएको छ । डा. कोइराला गत संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाटै मधेशी जनअधिकार फोरमका बरिष्ठ नेता विजय गच्छेदारसँग भारी मतान्तरले पराजित भएका थिए । सो निर्वाचन क्षेत्रमा फोरमले उम्मेदवार तय गरिसकेको छैन भने माओवादीले विजय चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । फोरममा अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता बिजय गच्छेदारबीच विवाद भएकाले डा. कोइरालालाई नै उम्मेदवार बनाएर कांग्रेसले सो क्षेत्रमा विजय हासिल गर्ने योजना बनाएको छ । मोरङ्ग- ५ मा एमालेका स्थानीय कार्यकर्ताहरुले गत संविधान सभा निर्वाचनमा माओवादी उम्मेदवारबाट मोरङ्गको क्षेत्र नं २ मा पराजय भोगेका बरिष्ठ नेता भरतमोहन अधिकारीलाई उठ्न जोड गरिरहेका छन् । तर उनी विजयी बन्ने ग्यारेन्टी भएमामात्र सो क्षेत्रमा उम्मेदवार बन्नेछन् । फोरम अध्यक्ष उपेन्द्र यादवले विजय हासिल गरेको सो क्षेत्रमा माओवादीले शिबकुमार मण्डललाई उम्मेदवार बनाएर फोरमको हातबाट सो क्षेत्र हात पार्ने योजनामा छ । माओवादी र एमालेबीच चुनावी तालमेल भएमा सो क्षेत्र माओवादीले एमालेका अधिकारीकालागि छाडिदिएर उसले क्षेत्र नं ५ मा एमालेको समर्थन लिनपनि सक्छ । अथवा कांग्रेसलाई एमालेले ७ नं क्षेत्रमा समर्थन गरेर ५ नं क्षेत्र अधिकारीकालागि सुरक्षित बनाउनपनि सक्छ । सो क्षेत्रमा कांग्रेसले जगन्नाथ िसंह गनगाइलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले धनुषा- ५, मोरङ्ग- ५ र ७ का अलवा रोल्पा- २ र कास्की- २ मापनि उम्मेदवार तय गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले छाडेपछि खालि रहेको रोल्पा २ मा कांग्रेसका गंगाराम डाँगी उम्मेदवार बन्ने भएका छन् । माओवादीले मगराँत राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सन्तोष बुढा मगरलाई उम्मेदवार बनाएको छ । एमालेले जिल्ला कमिटीका उपसचिव हरि घर्ति मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । |
|
|
उता माओवादी नेता देव गुरुङ्गले विजय हासिल गरेको कास्की २ बाट कांग्रेसले
भूतपूर्व सैनिक संघका अध्यक्ष मेजर दीपक गुरुङ्गलाई उम्मेदवार बनाउने भएको
छ । एमालेले पराजित उम्मेदवार खगराज अधिकारीलाई नै उठाउने सम्भावना बढि छ ।
माओवादीले चाँही कृष्ण गुरुङ्गलाई उठाउने निर्णय गरिसकेको छ । यसैगरी कन्चनपुर- ४ बाट कांग्रेसले यज्ञराज जोशीलाई उम्मेदवार बनाउने भएको छ । एमाले र माओवादीले सो क्षेत्रमा उम्मेदवार तय गरिसकेका छैनन् । स्मरणीय छ, उपनिर्वाचनकालागि चैत्र १ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । -Sitaram Baral in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||