Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राष्ट्रपति यादव लागे नयाँ 'प्रधानमन्त्री' को खोजीतिर

काठमाडौं,  July 26, 2008- कुनै समय थियो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका 'राजनीतिक चेला' डा. रामबरण यादव कोइरालासँग राजनीतिक सल्लाह लिन कोइरालाको निवासमा पुग्ने गर्थे।

तर शुक्रबार प्रधानमन्त्री कोइराला कहाँ डा. यादव होइन डा. यादवसँग सल्लाहकालागि 'गुरु' प्रधानमन्त्री कोइराला आफै डा. यादवकहाँ पुगे । मर्यादाक्रममा सबैभन्दा उपल्लो पंक्तिमा राष्ट्रपतिलाई राखिएपछि कोइराला र डा. यादवबीचको सम्बन्धमा अहिले यस्तो परिवर्तन आएको छ।

नयाँ सरकार गठन गर्न परामर्शकालागि प्रधानमन्त्री कोइराला राष्ट्रपति यादबकहाँ पुगेका थिए । राष्ट्रपतिको शपथ खाएको पर्सीपल्टदेखि नै राष्ट्रपति यादवले सरकार गठनकालागि परामर्श थालेका छन् । राष्ट्रपति यादवले शुक्रबार प्रधानमन्त्रीका हैसियतले कोइरालाका अलवा माओवादी अध्यक्ष प्रचण्डलगायत कांग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत एमाले महासचिव झलनाथ खनाल लगायतका नेताहरुसँगपनि परामर्श लिएका थिए ।

प्रधानमन्त्री कोइरालाले राष्ट्रपति यादवलाई सबैभन्दा ठूलो दलको रुपमा माओवादी रहेकाले उसैले सरकार गठनकालागि पहल गर्नुपर्ने भन्दै सरकार गठनको आव्हान माओवादीलाई गर्न सुझाव दिएका थिए । नव निर्वाचित राष्ट्रपति डा. यादवले संविधान सभामा रहेको सबैभन्दा ठूलो दल नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई नयाँ सरकार गठनको लागि आव्हान गरेका बुझिएको छन् । राष्ट्रपति यादवले माओवादीलाई अन्तरिम संविधानमो धारा ३८ १ अनुसार सहमती जुटाएर सरकार गठन गर्न आग्रह गरेका हुन्‌ । परामर्शका क्रममा माओवादी अध्यक्ष प्रचण्डसँग बरिष्ठ नेता डा. बाबुराम भट्टराई, रामबहादुर थापा 'बादल' र कृष्णबहादुर महरापनि थिए । माओवादी नेताहरुले राष्ट्रपतिको सल्लाहलाई सकरात्मक मानेका छन् ।

राष्ट्रपति यादवले शुक्रबार नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ, महामन्त्री बिमलेन्द्र निधि, केन्द्रीय सदस्य डा. प्रकाशशरण महतसँगपनि परामर्श लिएका छन् । यसैगरी एमाले महासचिव झलनाथ खनालको नेतृत्वमा रहेको पूर्व महासचिव माधब नेपाल र भरतमोहन अधिकारी सम्मिलित टोलीसँगपनि सल्लाह गरेका थिए । सबै दलसँगको कुराकानीमा सहमतिकै आधारमा सरकार बनाउने सहमति भएको बताइएको छ ।

साउन ९ गते कानुन व्यावशायीसँग छलफल गरेका राष्ट्रपति यादवले १० गते काँग्रेससँग छलफल गरेपछि माओवादीलाई शितल निवास बोलाएका थिए । माओवादी अध्यक्ष दाहाल, डा. बाबुराम भट्टराई, रामबहादुर थापा 'बादल' र कृष्णबहादुर महरा राजनीकि परामर्शका लागि राष्ट्रपति निवास पुगेका थिए ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग पनि यादवले परामर्श गरेका छन् । कानुनी व्यावशायीको तर्फबाट भने महान्याधिवक्ता यज्ञमूर्ति बन्जाडे, विश्वकान्त मैनाली, बद्रीबहादुर कार्की, सिन्धुनाथ प्याकुरेल, शम्भु थापा र हरिहर दाहाल सहभागी थिए ।

राष्ट्रपति यादवले संविधान सभामा रहेका २५ दलसँग पालैपालो छलफल गर्ने भएका छन्‌ ।

-Sitaram Baral and Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®