|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राष्ट्रपति र उपराष्ट्रपतिलाई कार्यक्रमहरुमा बहिस्कार गर्न मन्त्रीको आग्रह |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Minister Kiran Gurung. Photo: Smita काठमाण्डौं, November 10, 2008- पदीय मर्यादा विपरित अभिव्यक्ति दिएको आरोप लागेका राष्ट्रपति डा. रामबरण यादव र उपराष्ट्रपति डा. परमानन्द झालाई सार्वजनिक कार्यक्रमहरुमा बहिस्कार गर्न सरकारका एक मन्त्रीले आग्रह गरेका छन् । बन तथा भू संरक्षँण मन्त्री किरण गुरुङ्गले राष्ट्रपति र उपराष्ट्रपतिलाई सार्वजनिक कार्यक्रमहरुमा नबोलाएर 'बहिस्कार गर्न' यस्तो सार्वजनिक आग्रह गरेका हुन् । 'राष्ट्रपति र उपराष्ट्रपतिले मर्यादा बाहिर गएर बोलिरहेका छन्' पोखरा पुगेका मन्त्री गुरुङ्गले प्रेस चौतारीद्धारा त्यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने- 'यसरी पदको मर्यादा राख्न नसक्ने राष्ट्रपति र उपराष्ट्रपतिलाई कसैलेपनि कार्यक्रममा बोलाउनु हुँदैन ।' मन्त्री गुरुङ्गले प्रेसलाईपनि राष्ट्रपति र उपराष्ट्रपतिले बोलेका कुराहरुलाई प्राथमिकता नदिन र उनीहरुका पदीय मर्यादा विपरितका कुरा नछाप्नपनि आग्रह गरेका छन् । एक मधेश एक प्रदेश, सेना समायोजनलगायतका विषयमा सार्वजनिक अभिव्यक्ति दिएपछि राष्ट्रपति र उपराष्ट्रपति केही दिनयता विवादमा पर्दै आएका छन् । रमाइलो त के छ भने 'एक मधेश एक प्रदेश सम्भव छैन' भन्ने राष्ट्रपति डा. यादवको भनाईको आलोचना उपराष्ट्रपति झाले गरेका छन् भने सेना समायोजनकालागि गठन गरिएको उच्चस्तरीय समिति सम्बैधानिक नरहेको भन्ने उपराष्ट्रपतिको भनाईको आलोचना राष्ट्रपतिले गर्ने गरेका छन् । |
|
|
अनौपचारिक कुराकानीमा राष्ट्रपति डा. यादवले उपराष्ट्रपति यादवको भनाई
मर्यादाविपरित भएको बताउने गरेका छन् । यसरी राष्ट्रपतिले उपराष्ट्रपतिलाई
र उपराष्ट्रपतिले राष्ट्रपतिलाई मर्यादा बाहिर गएर बोलेको आरोप लगाइरहेका
बेला दुबै जना आफ्नो पदीय मर्यादामा बस्न नसकेको भन्दै मन्त्री गुरुङ्गले
दुबै जनालाई कार्यक्रममा नबोलाउन र उनीहरुले बोलेको कुरा नछापेर 'बहिस्कार
गर्न' आग्रह गरेका हुन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||