|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रपति डा. यादवको भारत भ्रमण पुन: स्थगित काठमाण्डौ, 27 Jan, 09- राष्ट्रपति डा. रामबरण यादवको बहुप्रतिक्षित भारत भ्रमण स्थगित भएको छ । चीनले दिएको निम्तो आफै स्थगित गरेका राष्ट्रपति डा. यादवको भारत भ्रमणको निम्तो भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको मुटुको सर्जरीका कारण स्थगित भएको हो । राष्ट्रपतिमा निर्वाचित भएयता डा. यादव कुनैपनि मित्रराष्ट्रको भ्रमणमा जान पाएका छैनन् । ओलम्पिक उद्घाटन समारोहमा राष्ट्रपति डा. यादवलाई निम्तो दिइएको थियो । तर 'नयाँ सरकार बन्ने राजनीतिक परिस्थिति मध्यनजर गर्दै राष्ट्रपति आफैले भ्रमण रद्द गरेका थिए । आन्तरिक राजनीतिक स्थितिलाई आधार बनाएपनि भारत रिसाउने डरले भ्रमण रद्द गरिएको थियो । कतिपयको भनाई त के छ भने भारतले राष्ट्रपति यादवलाई पहिले चिनको होइन आफ्नै देशको भ्रमण गर्न अनुरोध गरेको थियो । नेपालका प्रधानमन्त्रीहरुले पहिले भारतको र त्यसपछिमात्र चिनको भ्रमण गर्दै आएका छन् । यसो नगर्दा भारत रिसाउँछ भन्ने गरिन्छ । यही मनोविज्ञानले काम गरेकाले राष्ट्रपति यादवले ओलम्पिक उद्घाटनजस्तो महत्वपूर्ण कार्यक्रमको निम्तो पाउँदासमेत निम्तो मान्न चिन गएनन् । यसले गर्दा राष्ट्रपति आलोचितपनि बने । ओलम्पिक उद्घाटनमा नेपालको प्रतिनिधित्व राजिनामा दिइसकेका शिक्षामन्त्री प्रदीप नेपालले गरेका थिए । ओलम्पिकको समापन समारोहमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भाग लिए । प्रम प्रचण्डलाई त्यसअघि नै भारतले निम्तो दिएपनि ओलम्पिक महत्वपूर्ण भएको भन्दै उनी चिनतिर लागेका थिए । तर पहिले भारत नगई चिन गएकोमा प्रधानमन्त्री दाहालप्रति भारतले असन्तुष्टि प्रकट गरेको थियो । त्यसपछि उनले आफू ओलम्पिकको समापनमा गएको बताउँदै आफ्नो पहिलो राजनीतिक भ्रमण भारतमै हुने बताए । भारतीय असन्तुष्टिलाई साम्य पार्न प्रचण्डले यस्तो अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रचण्ड भारत भ्रमणमा गई सकेका छन् । यसरी बल्ल बल्ल मिलेको पहिलो विदेश भ्रमणको कार्यक्रमपनि सरेको छ । उनको भ्रमणकालागि परराष्ट्र मन्त्रालयले अन्तिम तैयारी गरिसकेको थियो । उनलाई भारतीय प्रधानमन्त्री प्रतिभादेवी पाटिलले भ्रमणको निम्तो दिएकी थिइन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||