|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
हप्ता दिनको 'हल्ला' पछि तीन दिनमै सरकार बनाउने सल्लाह काठमाडौं, August 6, 2008- बुधबारसम्म नयाँ सरकार गठन हुन्छ भनेर आइतबारदेखि नै चलेको हल्ला 'हल्ला' मै सीमित भएको छ । उता मंगलबार बसेको चार दलका शीर्ष नेताहरुको बैठकले सरकार गठनकालागि थप तीन दिनको समय माग गर्ने निर्णय गरे अनुरुप माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति डा. रामबरण यादवसँग भेट पछि राष्ट्रपतिले तीन दिनको समय थप गरिएका छन्। अघिल्लो हप्ता राष्ट्रपति डा. यादवले साउन २१ गते भित्र माओवादीलाई सबैभन्दा ठूलो दलको हैसियतले सरकार गठनकालागि सात दिनको समय दिएका थिए । त्यो समय हिजै सकिएको छ । मंगलबारपनि सरकार गठन हुन नसकेपछि चार दलको बैठकले निर्णय गरेबमोजिम राष्ट्रपतिसँग ३ दिनको समय माग गरिएको छ । तीन दिनभित्र अब दलहरुले माओवादीको नेतृत्वमा सरकार गठन गरिसक्नुपर्नेछ । मंगलबारको बैठकले साझा न्यूनतम नीति तथा कार्यक्रम तय गर्नकालागि चारै दलका नेताहरु रहेको कार्यदलको गठनपनि गरेको छ । कार्यदलमा माओवादीका तर्फबाट देब गुरुङ्ग, कांग्रेसका मीनेन्द्र रिजाल, एमालेका भीम रावल र मधेशी जनअधिकार फोरमका उपेन्द्र यादव छन् । मन्त्रालयको फाँडफाँड सम्बन्धी निर्णय भने चारै दलका शीर्ष नेताहरुले गर्नेछन् । वैठक पछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने 'राष्ट्रिय सहमतीको सरकार गठन गर्न चारै दलवीच सैद्धान्तिक सहमती बनेपछि यसका लागि साझा आधार खोज्न कार्यदल गठन गरेका हौं ।' कार्यदललाई थप समय चाहिने भएकाले तीन दिन थप्नु पर्ने माग राखेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । चारै दलको सहमतीमा राष्ट्रपति कहाँ समय माग्न भने माओवादीका नेताहरु जाने भएका छन्। चारै दलका नेताहरुले काम चलाउ सरकारका प्रधानमन्त्रीलाई वैठकमा भएका निर्णयलाई आजै सामूहिक ब्रिफिङ गरेका छन् । तीन दिनभित्र माओवादी नेतृत्वमा सहमतिको सरकार बनाइने भनिएपनि सरकार गठन हुने कुरामा आम जनतामा विश्वास छैन । विदेशी शक्तिहरु नयाँ सरकार बन्दा आफ्नो अगाडि नतमस्तक बन्ने सरकार ल्याउन भित्रभित्रै निकै सकृय भएको अनुभव सर्वत्र भएको छ । कुनैपनि हालतमा माओवादीलाई सरकारको नेतृत्व गर्न नदिन भारत र अमेरिका सकृय रहेको भन्ने चर्चामा कति सत्यता छ त्यो थाहा पाउन अरु केही दिन कुर्नै पर्ने भएको छ। -Sitaram Baral and Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||