Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'गठबन्धनमा भ्वाङ परिसकेको छ'- प्रकाशमान सिंह

काठमाण्डौं, October 20, 2008- नेपाली कांग्रेसका अर्का एक बरिष्ठ नेता उपसभापति प्रकाशमान सिंहले गठबन्धन सरकारमा भ्वाङ्ग परिसकेको बताउँदै त्यस्तो सरकारमा आफ्नो दल सहभागी नहुने बताएका छन् ।

'गठबन्धनमा भ्वाङ परिसकेको छ' बुटवल पुगेका कांग्रेस नेता सिंहले सोमबार भने- 'यो सरकार आफै ढल्छ, ढल्नै लागेको सरकारमा नेपाली कांग्रेस सहभागी हुनेछैन ।' माओवादीले विगतका सन्धी सम्झौता पालना नगरेको अवस्थामा उसको नेतृत्वको सरकारमा सामेल हुन नमिल्ने उनको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँगको कुराकानीबाट कांग्रेस सरकारमा सामेल हुनेबारे आफू सकरात्मक भएको बताएपनि माओवादी नेतृत्वको सरकारमा सामेल हुनेबारे माओवादीसँग कांग्रेसले छलफल समेत नगर्ने सिंहले बताएका छन् ।

कांग्रेस माओवादी नेतृत्वको सरकारमा जाने हो भने आफूहरुको शर्त रहनेपनि उनले खुलाशा गरेका छन् । उनले भने- 'माओवादीले शान्ति सम्झौताको पालना गरी कब्जा गरिएका घरजग्गा फिर्ता गरे, वाइसिएलको अराजक गतिविधि अन्त गरेमात्र सरकारमा सामेल हुनकालागि कांग्रेसले माओवादीसँग छलफल गर्नॆछ ।'

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सरकारमा आउँछ भनी दिएको अभिव्यक्तिलाई यी कांग्रेस नेताले चियागफको संज्ञा दिएका छन् । उनले भने- 'प्रचण्डजीले चियागफमा सरकारमा जाने कुरा गर्नुभएको होला तर कांग्रेसले त्यसबारे छलफल पनि गरेको छैन ।'

माओवादीले जनगणतन्त्र ल्याउन खोजे गम्भीर परिणाम भोग्नुपर्ने बताएका उपसभापति सिंहले माओवादीलाई चेतावनीको भाषामा भने- 'जनगणतन्त्र ल्याउन खोजे कांग्रेस सडक संघर्षमा जानेछ ।' लोकतन्त्रका लागि कांग्रेसले पटक-पटक संघर्ष गरेको स्मरण गराउँदै उनले भविष्यमा पनि आन्दोलन गर्नुपर्ने अवस्था आए पछि नहट्ने बताए ।

नेपाली कांग्रेसले सभापति गिरिजाप्रसाद कोइरालालाई नै संसदीय दलको नेता चयन गर्ने बताउँदै सिंहले कांग्रेसकालागि कोइरालाको आवश्यकता अझै रहेको बताएका छन् । देउवा क्याम्पमा रहेका नेता सिंहको यो अभिव्यक्तिले उनले त्यो क्याम्प छाडेको संकेत गरेको छ ।

-Sitaram Baral in Kathmandu






   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®