Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal : नेपाली खबरहरु

माओवादी नेतृत्वमा सरकार बने प्रचण्डले नेतृत्व गर्ने
राष्ट्रपति ठूला दलका नेतालाई नबनाइने अडान


CPN (Maoists) Central meeting. Photos: Santa.

काठमाडौं,  June 9, 2008- माओवादी नेतृत्वमा सरकार बने त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने निर्णय माओवादी केन्द्रीय समितिको बैठकले गरेको छ । आइतबार नयाँ बजारस्थित गार्डेन होटलमा बैठकले सरकार गठनकालागि तीन वटा बिकल्पपनि खुल्ला राखेको छ।

बैठकले अन्तरिम राष्ट्रपति कुनैपनि ठूला दलका नेतालाई बनाउन नहुने निर्णयपनि गरेको छ । राष्ट्रपति नागरिक समाज, स्वतन्त्र व्यक्ति वा राष्ट्रिय व्यक्तित्वलाई बनाउनुपर्ने नीतिगत निर्णयमा माओवादी बैठक पुगेको छ ।

संविधान सभामा कुनैपनि दलको बहुमत नआएकाले माओवादीले सबैभन्दा पहिले आफ्‍नो नेतृत्वमा संयुक्त सरकार गठनको पहल गर्नेछ भने त्यो सम्भव नभएमा सबैभन्दा ठूलो दलको हैसियतले आफैले सरकार गठनको प्रयत्नबाट हुनेछ । यदि दुबै बिकल्प सम्भव नभएमा सरकार बाहिरै बसेर संविधान निर्माणकालागि भूमिका खेल्ने निर्णय बैठकले गरेको छ । सरकारमा जाने अवस्थामा पार्टी अध्यक्षले सरकारको नेतृत्व गर्ने निर्णय माओवादी बैठकले गरेको हो । अरु कुनैपनि पार्टीको नेतृत्वमा माओवादी सरकारमा नजाने भएको छ ।

यसअघि माओवादीले अध्यक्ष प्रचण्डलाई गणतान्त्रिक नेपालका कार्यकारी अधिकारयुक्त प्रथम राष्ट्रपतिको रुपमा प्रस्तुत गरेको थियो । तर संविधान सभाको पहिलो बैठकले राष्ट्रपतिलाई 'सेरमोनियल' बनाउने निर्णय गरेपछि प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अघि सारिएको हो । कार्यकारी अधिकारसहितको राष्ट्रपतिको प्रावधान राख्न कांग्रेस र एमालेको असहमति थियो । 'सेरमोनियल' नै भएपनि राष्ट्रपति बन्न कांग्रेस र एमालेका नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् । तर उनीहरुलाई कुनैपनि हालतमा राष्ट्रपति बन्न नदिने औपचारिक निर्णय माओवादीले गरेको छ ।

कांग्रेस र एमालेका नेताहरु राष्ट्रपति भएमा राष्ट्रपतिलाई शक्ति केन्द्र बनाउने निर्णय गरी माओवादी नेतृत्वको सरकारलाई अप्ठेरो पार्ने निष्कर्षका साथ माओवादी केन्द्रीय समितिले यो निर्णय गरेको हो ।



बैठकले संविधान सभा चुनावको जनादेश अनुसार सरकार नयाँ सरकार गठन गर्न कांग्रेस सहमत नभएको, कांग्रेसले लोकतान्त्रिक मूल्य-मान्यता र पद्दतिलाई लत्याएको ठहरसमेत माओवादीले गरेको छ । माओवादी नेतृत्वमा सरकार गठन गर्नुअघि सात सर्त मान्नुपर्ने कांग्रेसको अडान त्यसैको उपज भएको बताउँदै माओवादीले कांग्रेसका शर्तहरु शान्तिसम्झौताका प्रावधान विरुद्ध भएको निष्कर्षपनि निकालेको छ । कांग्रेसले बखेडा झिकिरहे सरकारमा नजाने र सरकारमा नगएको स्थितिमा पनि राजनीतिक लाभ आफूलाई पुग्ने बिश्लेषण माओवादी बैठकले गरेको छ ।

जेठ २६ गते काठमाडौं नयाँ बजार स्थित होटल गार्डेनमा बसेको बैठकले प्रमुख ठूला दलका व्यक्ति राष्ट्रपति बनाउन नहुने निर्णय गरेको वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बताएका छन् । राष्ट्रपतिमा मधेशी, महिला, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी वा ठूला पार्टीको कार्यकारी पदमा नबसेको व्यक्तिलाई ल्याउन सकिने पनि डा. भट्टराई स्पष्ट पारे ।

सरकार विघटन र गठनको लागि राखिएको दुई तिहाई बहुमतको प्रावधान संशोधन गर्न सकिने केन्द्रीय समितिको वैठकले निर्णय गरेको छ । यद्यपि यसको लागि शान्ति सम्झौताको कार्यन्वयन, शक्ति वाँडफाड र संविधान संशोधनको समस्यालाई प्याकेजमै समाधान गर्नु पर्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । 'दुई तिहाईको प्रावधान हटाउने हो भने काँग्रेस र एमालेबाट कम्तिमा दुई वर्ष सरकार अस्थिर नबनाउने प्रतिबद्धता पनि आउनु पर्छ ।' प्रवक्ता महराले भने ।

आजको वैठकमा सचिवालयको निर्णय बारे सम्पूर्ण केन्द्रिय सदस्यहरुको सुझाव लिइएको थियो । 'नेतृत्वको निर्णयलाई सबै सदस्यहरुले समर्थन गर्नु भयो' वैठक पछि डा. भट्टराईले भने ।

कांग्रेसको हठका विरुद्ध एमालेसँग सहकार्य गरी जानॆ आन्तरिक निर्णयपनि माओवादीले गरेको छ । तर एमालेसँग सहकार्य गरेर जाने यो निर्णय भने माओवादीले सार्वजनिक गरेको छैन । माओवादी बैठकले संविधान सभामा बामपन्थीहरुबीचको एकतालाईपनि उच्च प्राथमिकता दिएको छ । संविधान सभामा सबै बामपन्थी एक भएमा उनीहरु बहुमतमा पुग्नेछन् । संविधान सभामा रहेका बाम पार्टीमध्ये माओवादीको २ सय २०, एमालेको १ सय ७, नेकपा माले को ८, जनमोर्चा नेपालको ७, नेकपा संयुक्त को ५, नेमकिपाको ४, राष्ट्रिय जनमोर्चाको ४ सिट छ ।

-Vivek Baral and Santa Bagam Magar in Kathamandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®