|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रचण्डलाई मार्ने प्रयास
असफल, सरकारी सुरक्षा निकम्मा! शुभेच्छुक र सुरक्षा दस्ताका साथ माओवादी प्रचण्ड. Prachanda at a "Ghar Dailo" program. Photo: Sirab बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 27, 2008-माओवादी अध्यक्ष प्रचण्ड बुधबार चैत्र १३ एउटा ठूलो सम्भावित आक्रमणबाट जोगिएका छन् । चुनावी अभियानकाक्रममा सिरहा पुगेका उनीमाथि गोली प्रहार गर्न गएको एक व्यक्तिलाई प्रचण्डको सुरक्षादस्ताले बीचै रोकेर गोली प्रहारबाट बचाएको थियो । पूर्वी तराईका झापा मोरङ्ग र सुनसरीमा आयोजित सभा सकेर प्रचण्ड बुधबार सिरहाको लाहानस्थित पशुपति माविमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका थिए । सभा सुरु हुनासाथ मण्चमा रहेका प्रचण्डप्रति लक्षित गर्दै एक मधेशी युवक अघि बढेको देखियो । युवकको कम्बरमा पिस्तोल लुकाइएको देखेपछि सो युवकलाई प्रचण्डको साथमा रहेका जनमुक्ति सेनाका लडाकूहरुले तत्काल पक्राउ गरे । सो युवकको नाम साजयकुमार झा रहेको बताइएको छ । अहिले सिरहा प्रहरीको नियन्त्रणमा रहेको सो व्यक्ति मधेशी जनअधिकार फोरमसँग संलग्न रहेको र पार्टीको निर्णय बमोजिम आफू प्रचण्डको हत्या गर्न गएको बयान दिएको माओवादीले दावी गरेको छ । प्रहरीले सो युवकको बारेमा थप अनुसन्धान अघि बढाएको छ । पूर्वबाट आउने क्रममा सुनसरीको इनरुवामापनि प्रचण्डमाथि आक्रमण भएको थियो । आक्रमणबाट उनी चढेका गाडीको सिसा फुटेको छ । मोरङ्गको पथरीमा आयोजित सभा सकेर उनी सिरहाको कार्यक्रममा भाग लिन आउँदै थिए । प्रचण्डमाथि सुरक्षा खतरा अरु बढेको यो घटनाले देखाएको छ । लाहानमा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले तराईमा खुलेका नयाँ पार्टीहरुले मधेशी जनतालाई मुक्ति दिन नसक्ने बताए । उनले भने- 'हिजो राजा र कांग्रेसमा रहेका सामन्तहरु अहिले फेरि आफ्नो शासनलाई लम्ब्याउन मधेशवादी पार्टी खोलेर मधेशी जनताको बीचमा आएका छन् । यो उनीहरुको गुम्न लागेको सत्ता बचाउने उपायमात्र हो । उनीहरुबाट मधेशी जनताको मुक्ति हुन सक्दैन ।' |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®