|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालको पदलोलुपतालाई प्रचण्डले भने "सरी" काठमाडौं, July 28, 2008- आपसी सम्बन्ध सुधारकालागि माओवादी अध्यक्ष प्रचण्डले एमालेका निवर्तमान महासचिव माधव नेपाललाई भेटेका छन् । नेपाललाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड आफै उनको कोटेश्वरस्थित निवासमा आइतबार विहान पुगेका थिए । भेटका क्रममा राष्ट्रपति उम्मेदवारको रुपमा नेपालको नाममा आफ्नो पार्टीले सहमति जनाउन नसकेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले दुख नमान्न भनेका थिए । राष्ट्रपतिकालागि माओवादी-एमालेबीच सहकार्य गर्ने सहमति भएपछि एमाले महासचिव झलनाथ खनालले एमालेका निवर्तमान महासचिव माधव नेपालको नाम प्रस्तावित गरेका थिए । तर नेपाल दुई-दुई ठाउँबाट संविधान सभामा पराजित भएका र उनको नाम समावेशी नभएको भन्दै माओवादीले समावेशी उम्मेदवार अघि सार्न एमालेलाई आग्रह गरेको थियो । तर माओवादी आग्रह एमालेले अस्वीकार गरेपछि माओवादीले गणतन्त्रवादी नेता रामराजाप्रसाद िसंहलाई उम्मेदवार बनाएको थियो । नेपालको नाममा सहमति नजनाएपछि एमालेलेपनि नाटकीय रुपले राष्ट्रपतिका कांग्रेस उम्मेदवार डा. रामशरण महत र उपराष्ट्रपतिमा फोरम उम्मेदवार परमानन्द झालाई समर्थन गर्न पुग्यो । राष्ट्रपति र उपराष्ट्रपतिमा आफ्नै उम्मेदवार भएपनि एमालेले आफ्ना उम्मेदवारलाई मतदान गरेन । राष्ट्रपतिमा नेपाललाई स्वीकार्न एमालेले गरेको आग्रह र माओवादीको अस्वीकारोक्तिपछि एमाले र माओवादीबीचको सम्बन्ध बिग्रीएको छ । आफूलाई माओवादीले राष्ट्रपतिमा स्वीकार नगरेपछि कांग्रेस र फोरमसँगको गठबन्धनकालागि निवर्तमान महासचिव नेपालले गोप्य रुपले भूमिका निर्वाह गरेका थिए । उनको नाम अघि सारिएकैले माओवादी-एमालेबीचको सम्बन्ध बिग्रने देदेखिदादेखिदै नेपालले 'मेरो कारणले सहकार्यमा असर पर्छ भने म राष्ट्रपति हुन्न' सम्म भन्न सकेनन् । राष्ट्रपति निर्वाचन प्रकरणले निवर्तमान महासचिव नेपालको पदलोलुप चरित्रलाई फेरि एकपटक उदङ्ग्याएको छ । सोही प्रकरणले गर्दा नेपालको राजनीति फेरि जटिल मोडमा पुगेको छ । यसअघिपनि उनले प्रधानमन्त्री पदका लागि पूर्व राजा ज्ञानेन्द्रलाई विन्ती पत्र हाल्नेसम्मको लज्जास्पद काम गरेका थिए । यसै कारणलेपनि संविधान सभा निर्वाचनमा उनी पराजित भएका थिए । भनिन्छ राजनीतिमा कोहीपनि स्थायी सत्रु र स्थायी मित्र हुँदैनन् । त्यसैले फेरि सम्बन्ध सुधारकालागि माओवादी अध्यक्ष प्रचण्ड आफै नेपाल निवासमा पुगेका थिए । कुराकानीका क्रममा माओवादी र एमाले मिलेर नयाँ सरकार बनाउने विषयमा कुराकानी भएको बताइएको छ । -Vivek Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||