|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रचन्ड र ओबामाले ब्यहोर्नु परेको सैन्य नियती काठमाण्डौ, 31 Jan, 09- नयाँ शक्तिलाई पुरानो परम्परावादी मान्यतासँग लड्न कति अप्ठेरो हुँदो रहेछ भन्ने कुरा १० बर्ष लामो जनयुद्ध लडेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल 'प्रचण्ड' र अमेरिकाको इतिहासमै काला जातिबाट पहिलो पटक राष्ट्रपति बनेका बाराक ओवामाले सेनाबाट ब्यहोर्नुपरेको अबरोधले दिएको छ। नेपाली प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति ओबामा दुबैले यतिबेला सेनाबाट अप्ठेरो झेलिरहेका छन् । अमेरिका र नेपालको इतिहासमा दुबै देशका शक्तिशाली राजनेताहरुले एकै पटक यस्तो अप्ठेरो स्थिति व्यहोर्नु परेको रोचक संयोग जुरेको छ । शान्ति सम्झौता विपरित भएको सैन्य भर्ना प्रकृया रोक्न सरकारले दिएको आदेश नेपाली सेनाका प्रधान सेनापति रुक्माङ्गद कटवालले मानेनन् भने अमेरिकी राष्ट्रपति ओबामालेपनि यस्तै चुनौति सेनाबाट झेल्नु परेको छ । ग्वान्तानामो टापुमा रहेको अमेरिकी सैनिक बन्दीगृहमा चलिरहेको मुद्धा स्थगित गर्न राष्ट्रपति ओबामाले दिएको आदेश सैनिक अदालतका न्यायाधिस जेम्स पोहलले मानिरहेका छैनन् । सैन्य भर्ना सम्बन्धमा देखिएको विवादलाई नेपालस्थित अमेरिकी राजदूतावासले चासोका साथ हेरिरहेका बेला स्वयं अमेरिकामा यस्तै विवाद सिर्जना भएको छ । राष्ट्रपति पदको सपथ लिएर लगत्तै राष्ट्रपति ओबामाले सो सैनिक अदालतमा चलिरहेका मुद्धाहरु ३ महिनासम्म स्थगित गर्न आदेश दिएका थिए तर न्यायाधिस पोहलले साउदी नागरिक अबद अल रहिम नासिरीको सुनुवाई भैरहेको मुद्धा स्थगित गर्न नमानेका समाचार विश्वभर प्रशारण भैसकेको छ । उनले सो मुद्धा छिट्टै टुङ्ग्याउनुपर्ने भन्दै स्थगित गर्न अस्वीकार गरेको बताइएको छ । जसरी अमेरिकामा देखिएको यो विवादको अन्त्य कसरी हुन्छ भन्ने थाहा छैन त्यस्तै नेपालमा देखिएको सैन्य भर्ना विवादको अन्त्य कसरी हुने हो त्योपनि अनिश्चित बनेको छ । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका शक्तिशाली राष्ट्रपति ओबामाले सैनिक न्यायाधिसबाट जस्तो अप्ठेरो र अटेरी स्थितिको सामना गर्नु परेको छ त्यस्तै स्थितिको सामना नेपाली प्रधानमन्त्री प्रचण्डलेपनि भोग्दैछन् । जतिबेला राष्ट्रपति ओबामाको आदेश अनुसार नासिरीको मुद्धा स्थगित गर्न नसक्ने अवज्ञा सैनिक अदालतका न्यायाधिस पोहलले अस्वीकार गरे त्यही दिन नेपालमा पनि सेनाले सरकारको आदेश उल्लंघन गर्दै शुक्रबार सैन्य भर्नाको रिजल्ट प्रकासित गरिदिएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||