Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

प्रचण्ड-माधवबीच रमाइलो जुहारी

बिशेष काठमाडौं ब्युरोबाट

काठमाडौं,
March 13, 2008-
एमाले र माओवादीबीच बाम तालमेल असफल भएपछि दुवै पार्टीका शीर्ष नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । एमाले महासचिव माधव नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई 'भित्ते राष्ट्रपति' बन्न खोजेको आरोप लगाएका छन् भने माओवादी अध्यक्ष प्रचण्डले संविधान सभापछि देशले साँच्चिकै कार्यकारी अधिकारसहितको राष्ट्रपति पाउने बताउदै त्यसबेला आफूलाई भित्ते राष्ट्रपति बताउनेहरु बढारिने बताएका छन् ।

चुनाव प्रचारको सिलसिलामा रौतहट पुगेका एमाले महासचिव माधव नेपालले सोमबार प्रचण्ड भित्ते राष्ट्रपतिमामात्र सीमित भएको बताएका थिए । महासचिव माधव नेपाललाई जवाफ िदंदै माओवादी अध्यक्ष प्रचण्डले मंगलबार उपत्यकाका विभिन्न चुनाव क्षेत्रमा आयोजित चारवटा घुम्ती चुनावी सभामा सम्बोधन गर्दै भने- 'सामन्तवादको पाउमा ढोग्नेहरु कम्युनिष्टको नाममा जनताकाबीच भोट माग्न आउँदा जनतासँग माफी माग्नुपर्छ ।'

Madhav Kumar Nepal, General Secretary, CPN-UML. Photo courtesy: cpnuml.org

प्रचण्डको यो भनाई दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रलाई एमालेले मान्यता दिएको प्रति लक्ष्यित थियो । राज्याभिषेकमा एमाले महासचिव नेपालले पैसा राखेर राजा ज्ञानेन्द्रलाई ढोगेका थिए । उता गणतान्त्रिक नेपालको भावी राष्ट्रपतिको रुपमा प्रचण्डलाई प्रस्तुत गर्दै माओवादीले देशव्यापी रुपमा नारा लेख्न थालेपछि एमालेलॆ राष्ट्रपति बन्ने प्रचण्डको सपना भित्तामामात्र सिमित रहने बताउँदै 'भित्ते राष्ट्रपति' को उपमा दिएको छ ।

बाम तालमेल हुन नसकेपछि माओवादी एमालेप्रति कडा रुपले प्रस्तुत हुन थालेको छ ।

उपत्यकाका सबै सिटमा आफूले जित्ने बताउदै तालमेल हुननसक्ने जवाफ एमालेका कतिपय नेताले दिएपछि प्रचण्डले मंगलबारका चुनावी सभाहरुमा भने- 'एमाले हिङ्ग बाँधेको टालोमात्र हो सक्कली हिङ्ग नेकपा माओवादी हो । सक्कली हिङ्ग नपाउँदा हिङ्ग बाँधेकै टालोबाट भएपनि काम चलाउँ भनेर काठमाडौका जनताले एमालेलाई भोट दिएका थिए । अव सक्कली िहंङ्ग नेकपा माओवादी लाई भोट दिनेछन् ।'

Prachanda aka Pushpa Kamal Dahal, Chairman, CPN-Maoist. Photo: Smita Magar for USNepalOnline

चुनावको मुखैमा ठूला संसदवादी दलहरु सबैले माओवादीप्रति आक्रमण गर्न थालेपछि माओवादीले सबै संसदवादीप्रति कडा रुपले प्रस्तुत हुन थालेको छ । प्रचण्डले आफ्नो पार्टीविरुद्ध भएको संगठित प्रचारलाई संविधान सभा चुनावले परास्त गर्ने दावी गरेका छन् । 'हिजोका पन्‍चायती र संसदीय चुनावजस्तै प्रयोग गर्ने चाहने तत्वहरुले नेपाली जनतालाई फेरिपनि धोका दिन षडयन्त्र गर्न थालेका छन्' कोटेश्वरको चुनावी सभामा उनको भनाई थियो- 'तिनका विरुद्ध नेपाली जनताको विशाल फौज नेकपा माओवादी को नेतृत्वमा लडाईं गर्दैछ यो लडाईंमा अन्तिम जित जनताकै हुनेछ ।'

संसदवादी पार्टीहरुले चुनावमा पैसाको खोलो बगाएर नेपाली जनतालाई खसी बोका बनाउने खोजेको आरोपपनि प्रचण्डले लगाएका छन् । 'हिजो नेपाली जनतालाई झुक्याएर भेडा-बाख्रा बनाइयो यसरी जनतालाई भेडा-बाख्रा जस्तो ठान्नेहरु आफैपनि संसदको मोलतोलमा खसी-बोका-रक्सीजस्तो बनेर बेचबिखन भए' प्रचण्डले भने- 'नेपाली जनता अब खसी बोका बन्न तैयार छैनन् ।'





































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®