Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'सेनाजस्तो सम्बेदनशील मामिलामा राजनीति नगरियोस् यसले नेपाली कांग्रेसलाईपनि राम्रो गर्दैन।' -प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं, 19 Mar, 09- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालॆ अवकास प्राप्त गरेका नेपाली सेनाका ८ जना जनरलहरुको म्याद थप गर्न गरेको आग्रह प्रधानमन्त्री पुष्ककमल दाहाल 'प्रचण्ड' ले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाका जनरलहरुको म्याद थप सम्बन्धी विषयलाई आधार बनाएर सेनाभित्र राजनीति नगर्न कांग्रेस सभापति कोइरालालाई आग्रहसमेत गरेका छन् ।

राजनीतिक बिषयमा कुराकानी गर्न आज विहान प्रधानमन्त्री प्रचण्ड आफै कोइराला निवास महाराजगज पुगेका थिए । कुराकानीका अवसरमा कोइरालाले गत सोमबार ४ बर्षे पदावधि सकिएका ८ जनरलहरुको म्याद थप गरिदिन प्रचण्डलाई भनेका थिए । तर सरकारले गरेको काम कानून सम्मत भएको बताउँदै प्रचण्डले कोइरालालाई सेनाका सम्बन्धमा राजनीति नगर्न आग्रह गरे ।

'लोकतन्त्र स्थापनापछि तपाईं प्रधानमन्त्री भएका बेलामा ल्याइएको सैनिक ऐनमा बि्रगेडियर जनरलहरुको पहिलो पदाबधि ४ बर्षको हुने र त्यसपछि सरकारले आवस्यक ठानेमा ३ बर्ष थप्न सकिने प्रावधान छ' प्रधानमन्त्री प्रचण्डले कोइरालासँग भने- 'यही प्रावधान अनुसार तपाईंकै पालामापनि कतिपय जनरलको म्याद थप नभएर अवकास पाएका छन् अहिले सरकारले गरेकोपनि यही हो ।'

सरकारले आवस्यक नठानेकैले ती जनरलहरुको म्याद थप नगरिएको बताउँदै सैनिक मामिलामा अनावस्यक रुपले दबाब नदिन कोइरालालाई आग्रहसमेत गरेका थिए । 'ऐन अनुसार कुन जनरलको म्याद थप गर्ने कसको नगर्ने भन्ने कुरा रक्षा मन्त्रालयको तजविजको कुरा हो सेनाजस्तो सम्बेदनशील मामिलामा राजनीति नगरियोस् यसले नेपाली कांग्रेसलाईपनि राम्रो गर्दैन ।'

प्रचण्ड-कोइराला भेटवार्तामा विहीबारको स्ववियू निर्वाचन, आगामी चैत्र २८ गते हुन गैरहेको संविधान सभाको उपनिर्वाचनलाई कसरी शान्तिपूण्र्ँ बनाउने भन्ने सम्बन्धमापनि कुराकानी भएको थियो । प्रधानमन्त्री प्रचण्डले कोइरालासँग आफूले नेतृत्व गरेको सरकारमा नेपाली कांग्रेसलाईपनि सहभागी गराउन आग्रह गरेको बताइएको छ ।

भारत भ्रमणका क्रममा भारतीय नेताहरुले कोइरालालाई सरकारमा जान आग्रह गरेका थिए । भारत भ्रमणबाट फर्केपछि यस विषयमा कोइरालाले कांग्रेसका केही नेताहरुसँग सरकारमा जाने-नजानेबारेमा छलफलसमेत गरिसकेका छन् । कांग्रेस सरकारमा जाने संकेत पाएपछि प्रचण्डले कोइरालासँग कुराकानी गरेको अनुमान गरिएको छ ।

-Sitaram Baral in Kathmandu


   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®