|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
भाबी राष्ट्रपती प्रचण्डको पुत्ला जलाउदै 'प्रचण्ड मुर्दाबाद' को
नाराबाजी काठमाडौं, May 11, 2008-संविधान सभा सदस्यमा आफ्नो जिल्लाका मानिसलाई नपारिएको भन्दै मधेशका माओवादी कार्यकर्ताहरुले माओवादी अध्यक्ष प्रचण्डको पुत्ला जलाएका छन् । उनीहरुले 'प्रचण्ड मुर्दाबाद' को नारा समेत लगाएका छन् । कडा फलामे अनुशासन भएको मानिने माओवादीमासमेत यस्तो घटना घटेपछि माओवादी नेतृत्व अप्ठेरोमा परेको छ । रौतहट र सर्लाहीमा नेतृत्वको विरोध गर्दै नारा-जुलुश र पुत्ला दहनको घटना घटेका हुन् । एमाले महासचिव माधव नेपाललाई पराजित गरेकोमात्र होइन मधेश जिल्लामा सबैभन्दा बढि करिव ५० हजार मत पाएको रौतहटबाट एकजनालाई पनि माओवादीले समानुपातिकमा सभासद् चयन नगरेपछि प्रचण्ड र रौतहटका मधेशी नेता प्रभु शाहको पुत्ला जलाइएको हो । सर्लाहीमा भने माओवादी शहीदको छोरी-श्रीमति पर्ने एकजनालाई सभासद् चयन गरेरपनि नाम संसोधन गरिएपछि असन्तुष्टि सार्वजनिक भएको हो । रौतहटमा माओवादीबाट एकजनापनि समानुपातिकमा नपारिएको देखेपछि अघिल्लो हप्तादेखि असन्तुष्टि सुरु भएको थियो । मधेशी कार्यकर्ताहरुले बिहीबार रौतहट- ३ बाट निर्वाचित सभासद् एबं माओवादीका पूर्व केन्द्रीय सदस्य प्रभु शाहलाई घेराउ गरेका थिए । तर यत्तिलेमात्र असन्तुष्टि साम्य भएन । असन्तुष्टहरुले शनिवार सदरमुकाम गौर लगायत वरिपरिका गाउँमा 'प्रचण्ड मुर्दाबाद, प्रभु शाह मुर्दावाद' को नारा लगाउँदै नारावाजी गरे । साथै 'अध्यक्ष प्रचण्ड पद छोड' को नाराका साथ उनको र विधायक शाहको पुत्लापनि जलाइयो । सर्लाहीमा भने सेनाद्धारा हत्या गरिएका माओवादीका मधेशी नेता राजनारायण यादवकी धर्मपत्नी सुनितादेबी यादवको नाम हटाइएपछि कार्यकर्ता असन्तुष्ट भएका हुन् । सुनिता जनादेश साप्ताहिकसँग सम्बन्धित पत्रकारपनि हुन् । उनका पिता रामबृक्ष यादव माओवादीका बरिष्ठ नेता थिए । जनयुद्ध सुरु हुनु अगावै उनको हत्या भएको थियो । माओवादी केन्द्रीय सल्लाहकार रहेकी सुनिताकी आमा रामकुमारी यादव भने धनुषा- ६ बाट निर्वाचित सभासद् हुन् । सुनिताकै सहमतिमा सिफारिस गरिएपनि पछि उनको नाम हटाइएको बताइएको छ । तर असन्तुष्ट कार्यकर्ताहरुले भने उनको नाम हट्नुमा मिथिला व्यूरो इन्चार्ज एबं जनमुक्ति सेनाका डेपुटी कमाण्डर चन्द्रप्रसाद खनाल 'बलदेव' र अर्का मधेशी नेता महेन्द्र पासवान 'अरविन्द' को हात रहेको बताउँदै पुत्ला दहन गरेका छन् । पासवान सिरहा- ५ मा अत्याधिक मत ल्याएर विजयी हुने माओवादी सभासद् हुन् । सर्लाहीको विरोध प्रदर्शनलाई माओवादीले हल्का रुपले लिएपनि रौतहटको घटनालाई गम्भीर षडयन्त्रको रुपमा लिएको छ । जानकारी अनुसार प्रचण्ड र प्रभुको पुत्ला दहनमा माओवादी विरोधीहरुको बाहुल्यता थियो । यसअघि रौतहट- ४ बाट पराजित माओवादी उम्मेदवार सत्यनारायण भगतका बालक भतिजा र अर्का एक गाउँलेबीच भएको झगडाको विषयलाई लिएर भगतको घर भत्काइएको थियो । भगत अहिले गाउँबाट विस्थापित भएर सदरमुकाममा बसिरहेका छन् । 'गत सालपनि नियोजित रुपमा मधेश आन्दोलन माओवादीका विरुद्ध प्रयोग गरियो तर मधेशमा माओवादी कमजोर भएको छैन भन्ने कुरा संविधान सभा निर्वाचनले दॆखाएपछि फेरि मधेशमा माओवादीविरुद्ध योजनाबद्ध षडयन्त्र हुन थालेको छ' एक माओवादी नेताले भने- 'प्रचण्ड र प्रभुको पुत्ला दहन र भगतको घर भत्काएर विस्थापित हुन बाध्य पार्न' यसैको उदाहरण हो । किनभने त्यसमा चुनावमा माओवादीविरुद्ध लागेकाहरुको बाहुल्यता देखिएको छ ।' -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®