Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

प्रचण्डलाई बुद्धका अनुयायी सम्राट अशोक बन्न एमाले महासचिवको सुझाव


Prachanda. Photo: Sanata Bagam Magar

काठमाडौं, May  20, 2008-प्रचण्ड अघि बोलेका एमालेका नवनिर्वाचित महासचिव झलनाथ खनालले माओवादी अध्यक्ष प्रचण्डलाई बुद्धका अनुयायी सम्राट अशोक बन्न सुझाव दिएका थिए । लामो लडाई लडेका भारतीय राजा सम्राट अशोक लडाईंबाट वाक्क दिक्क भै लुम्बिनीमा आएर बुद्धको अनुयायी बनेका थिए । खनालले भने- 'कमरेड प्रचण्डलेपनि अब नेपालमा लडाईंको आवस्यकता छैन भन्नुहोस् ।'

माओवादी अध्यक्ष प्रचण्डले संविधान सभाको पहिलो बैठकका दिन गणतन्त्र कार्यान्वयन गराउन लाखौं जनतालाई सडकमा ओर्लनकालागि औपचारिक आव्हान गरेका छन् । गणतन्त्र कार्यान्वन गर्न नदिन षडयन्त्र सुरु भैसकेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । २५५२ औं बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित 'विश्व र नेपालको वास्तविक शान्तिकालागि बौद्ध सम्मेलन' विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

'जेठ १५ गते नेपालको इतिहासबाट सामन्ती राजतन्त्र सदाकालागि अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुने ऐतिहासिक दिन हो तर गणतन्त्र कार्यान्वयन हुन नदिन षडयन्त्र सुरु भैसकेको छ' प्रचण्डले भने- 'त्यसैले त्यसविरुद्ध खवरदारी गर्न हिमालदेखि तराई र मधेशका सबै जनता सडकमा ओर्लनुपर्छ ।' उनको थप भनाई थियो- 'त्यो दिन पुरातनपन्थी जनविरोधी र सामन्तवादीहरुले फाइदा उठाउन नपाउन् भनेर सतर्क रहन जरुरी छ । त्यसैले त्यो दिन सबै नेपाली जनता विजयउत्सबको रुपमा सडकमा आउनुपर्छ र गणतन्त्र विरुद्ध हुने षडयन्त्रका विरुद्ध एकताको प्रदर्शन गर्नुपर्छ ।'

अन्यायविरुद्धको युद्धबाटमात्रै वास्तविक शान्ति स्थापना हुने बताउँदै माओवादीपनि शान्तिकै लागि युद्धमा होमिएको दावीपनि उनले गरे । '२५ सय वर्षअघि गौतम बुद्धले यहींबाट विश्वभरि शान्तिको सन्देश फैलाउनु भएको थियो' प्रचण्डले भने- 'अहिले नेकपा माओवादी को नेतृत्वमा विश्वभरि शान्तिको सन्देश फैलाउन हामी लागिपरेका छौं । हामीले विश्वलाई शान्तिको मोडेल कस्तो हुनेछ भन्ने दिन सक्छौं । तर त्यो शान्ति कुनै विदेशीको तागतमा होइन नेपाली जनताकै बलमा स्थापित हुन लागेको छ र त्यो नेपाली विशेषता अनुसारको हुनेछ ।'

'अब हामी लडाइ र झगडाको बाटोमा लाग्ने होइन शान्तिको बाटोमा लाग्नुपर्छ र नेपालीहरु विश्वकै शान्तिवादी जनता हुन् भन्ने देखाउनु पर्छ' भन्दै उनले नेपालमा कुनै विदेशी शक्तिले हस्तक्षेप गरे नेपाली जनताले उनीहरुलाई पराजित गरेर देखाइदिनेपनि बताए । संविधान सभा चुनावमा माओवादीको विजयपछि धेरै विदेशी शक्तिहरु तिल्मिलाएको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले उनीहरु नेपाली जनताको निर्णयविरुद्ध षडयन्त्रमा सकृय हुन थालेको आरोपपनि लगाए । उनको संकेत माओवादी नेतृत्वमा सरकार बन्न नदिन भैरहेका गतिविधिप्रति लक्ष्यित थियो । 'तर नेपाली जनताको तागत अगाडि कसैको केही लाग्ने छैन' उनले भने- 'जस्तासुकै प्रतिकूलता चिर्न नेपाली जनता सक्षम भैसकेका छन् ।'

कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्धमार्गी संघका अध्यक्ष भिक्षु डा. लामलेपनि बोलेका थिए । उनी भियतनामी बौद्ध भिक्षु हुन् । उनले नेपाली नेताहरुलाई सुझाव दिए- 'नेपाली जनताकालागि शान्ति नेपाली आफैले ल्याउनुपर्छ अर्काले ल्याइदिएको शान्ति स्थायी हुँदैन । शान्तिका लागि गरिएको विदेशीको नक्कल नेपाललाई काम लाग्नेछैन ।'

-Vivek Baral in Kathmandu
















तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®