![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
रोल्पा पुगेर प्रचन्ड गर्जे-
"अमेरिका चुनाव रोक्न खोज्दैछ..." रोल्पामा माओवादीको शक्ती प्रदर्शन: फोटो फिचर Prachanda addressing his first public meeting in Liwang, Rolpa बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 16, 2008-आफू रोल्पा पुगे पछि काठमाडौंमा विभिन्न विदेशी शक्तिहरुको बैठक बसी संविधान सभा निर्वाचन भाँड्न षडयन्त्र गर्न थालिएको आरोप माओवादी अध्यक्ष प्रचण्डले लगाएका छन् । उनको दावी छ- 'माओवादीको पक्षमा उर्लदो जनलहर देखेपछि अमेरिकी इशारामा संविधानसभा निर्वाचन रोक्ने षड्यन्त्र शुरु भएको हो ।' People and supporters of Maoists flocked in thousands to listen Prachanda. जनयुद्धको राजधानीपनि भनिने रोल्पामा शनिवार आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले रोल्पा आइपुगेर काठमाडौंमा फोन गर्दा यो कुरा थाहा पाएको बताए । उनको भनाई शुक्रबार अमेरिकी राजदूत न्यान्सी पावेल लगायतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायतसँग भेट गरी चुनावको सम्बन्धमा कुरा गरेको तर्फ लक्ष्यित थियो । उनले भने- 'मलाई सुचना प्राप्त भयो अमेरिकीहरुको नेतृत्वमा काठमाडौंमा निर्वाचन कसरी रोक्ने भन्ने विषयमा षड्यन्त्र रिचिदैछ ।' Photos contributed by Sirab प्रचण्डले अमेरिकाको इसारामा एमालेले गणतन्त्रबादीहरुबीच तालमेलबाट पर भागेको आरोप लगाए । काग्रेस र एमालेमा रहेको 'सेरमोनियल किङ्ग' को मानसकिताका कारण सेरमोनियल राष्ट्रपतिको अबधारणा ल्याएको दाबीपनि प्रचण्डले गरेका छन् । उनले रोल्पाली जनतासँग अब शान्तिकालागि लडाईं लड्नपनि आग्रह गरे । 'रोल्पाली जनताले बिगतमा क्रान्तिकालागि लडाईं लडेर विश्वलाई देखाए' उनले भने- 'संविधान सभा निर्वाचन रोक्नकालागि अव रोल्पाली जनताले शान्तिको लडाईं लड्न आवश्यक छ ।' जनयुद्धको शुरुदेखि नै नेपाल र नेपाल बाहिर सबैको नजरमा रोल्पा परेकाले सबिधानसभाको निर्वाचनमा पनि कुनै बल प्रयोग नगर्न प्रचण्डले आग्रह गरेका छन् । विगत केही दिन यता देशका विभिन्न भागमा माओवादीबाट अरु पार्टीमाथि भएका आक्रमणका घटना सार्वजनिक भएका बेला प्रचण्डले रोल्पा पुगेर यस्तो आग्रह गरेका हुन् । कसैको पनि डर र धम्कीमा नपरी इमान्दारीपूर्बक र शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मी र कर्मचारीसँगपनि प्रचण्डले आग्रह गरे । नयाँ बिचारलाई बिश्वसामु संस्थागत गर्न आफू जन्मे-हुर्के-बसेको कास्की र चितवनबाट नभई जनक्रान्तिको प्रतिक बनेको रोल्पाबाट उम्मेदारी दिएको उनले बताए । दुई दशक लामो भुमिगत जीवनपछि २०६३ असार २ मा बालुवाटारमा सार्वजनिक भए यता प्रचण्डको रोल्पा आगमन पहिलो थियो । उनी रोल्पा- २ बाट माओवादी प्रत्यासी छन् । चुनाबी सभालाई सूचना तथा संचार मन्त्री एवं माओवादी प्रबक्त्ता कृष्णबहादुर महरालेपनि सम्बोधन गरेका थिए । २०४८ को निर्वाचनमा महराले रोल्पा-२ बाट विजय प्राप्त गरेका थिए । माओवादीको किल्ला मानिने रोल्पाको सुरक्षित सो क्षेत्र छाडेर महरा दाङ्ग- ३ बाट उम्मेदवार बनेका छन् । सम्बोधनका क्रममा महराले सबिधानसभा असफल पार्ने षडयन्त्रलाई परास्त गर्न रोल्पाली जनतासँग आग्रह गरे । उनको भनाई थियो- 'राजा साम्राज्यवादी र विस्तारबादी शक्तिहरु संविधानसभा विरुद्ध छन् उनीहरुलाई निर्वाचनबाट नै नांगेझार पार्नुपर्छ ।' प्रचण्डको चुनावी सभामा भाग लिन माओवादी जनमुक्ति सेनाका डेपटी कमाण्डर नन्दकिशोर पुन मगर पासाङ पनि रोल्पा पुगेका छन् । उनी रोल्पाको राङ्सी निवासी हुन् । वर्गसंघर्षको लडाईंमा रोल्पाले बगाएको रगत कुनै हालतमा माओवादीले खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्दै डेपुटी कमाण्डर पासाङले भने- 'थवाङको बस्तीबाट प्रचण्डपथको विकास भयो त्यो विकासलाई नयाँ नेपाल निर्माणकालागि प्रयोग गरिनेछ ।' सभामा रोल्पा-१ की माओवादी उम्मेदवार जयपुरी घर्ति मगरलेपनि बोलेकी थिइन् । उनी माओवादी सम्बद्ध महिला संघकी केन्द्रीय अध्यक्ष पनि हुन् । प्रचण्ड उठेको क्षेत्रभन्दा घर्ति उठेको क्षेत्र माओवादीकालागि अझ सुरक्षित मानिन्छ । सभालाई सम्बोधन गर्दै महिला नेतृ घर्तिले भनिन्- 'उत्पीडित महिला जनजाति गरिब किसानहरुको मुक्ति माओवादीको सत्ताबाट मात्र सम्भव छ ।' प्रचण्डले उम्मेदवारी दिएको रोल्पा-२ मा एमालेका शान्तकुमार ओली नेपाली काग्रेसकी भीमकुमारी बुढा मगर राष्टिय जनशक्त्ति पार्टीका दलबीर पुन मगर राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्णप्रसाद उपाध्धाय जनमोर्चा नेपालका गौरा डाँगी राष्ट्रिय जनमोर्चाका हस्तुमणि पुन मगर राप्रपा नेपालका टीकाबहादुर ओलीलेपनि उम्मेदवारी दिएका छन् । सो निर्वाचन क्षेत्रमा २६ गाविसका ८३ हजार मतदाता रहेको छ । प्रचण्डको चुनावी सभाकालागि ३ दिनसम्म िहंडेर रोल्पालीहरु सदरमुकाम आइपुगेका थिए । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®