|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
राष्ट्रपति होइन, प्रधानमन्त्री बन्ने भए प्रचण्ड लौ चिनौ प्रचन्ड कि श्रीमतीलाई माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालका साथ । Prachanda with his wife Sita Dahal. Photo: Sirab काठमाडौं, April 20, 2008-माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति होइन प्रधानमन्त्री हुने पहिलो अवसर जुर्ने भएको छ । संविधान सभाको पहिलो बैठकले राजतन्त्र हटाएर नेपाललाई गणतन्त्रात्मक मुलुक बनाएपनि अन्तरिम संविधानमा यस सम्बन्धी व्यवस्था नभएकाले प्रचण्ड प्रधानमन्त्री बन्ने भएका हुन् । संविधान सभाले नया संविधान नबनाउन्जेल नेपालको अन्तरिम संविधान २०६३ अनुसार देशको कानून व्यवस्था चल्नेछ । अन्तरिम संविधानमा राष्ट्रपति सम्बन्धी कुनै व्यवस्था गरिएको छैन । अन्तरिम संविधानमाथिको तेश्रो संसोधनले राजतन्त्र निलम्बन गरेपछि प्रधानमन्त्रीलाई नै राष्ट्राध्यक्षको व्यवस्था गरेको छ । त्यसैले माओवादी अध्यक्ष प्रचण्डले गणतान्त्रिक नेपालको प्रथम राष्ट्राध्यक्ष हुने अवसर त पाउनेछन् तर राष्ट्रपतिको रुपमा होइन प्रधानमन्त्रीको रुपमा । यसअघि राजाको हैसियतले राष्ट्राध्यक्ष रहेका ज्ञानेन्द्रलाई निलम्बन गरिएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्राध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । नयाँ सरकार गठनकालागि माओवादीले आन्तरिक तैयारी सुरु गरेको छ । यसकालागि उसले आइतबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । माओवादी सचिवालय सदस्य वर्षमान पुन अनन्त का अनुसार यो बैठकले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा नयाँ सरकारको नेतृत्व गर्न निर्णय गर्नेछ । आफूलाई भारी मतले विजय गराउने काठमाडौं- १० का मतदातालाई धन्यवाद दिन शनिवार त्यस क्षेत्रमा पुगेका माओवादी अध्यक्ष प्रचण्डलेपनि प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व आफैले गर्ने बताएका छन् । आफ्ना मतदाताहरुलाई प्रचण्डले भने- 'प्रथम गणतान्त्रिक सरकारको नेतृत्व गरेर म तपाईंहरुका सामु फेरि आउनेछ' । यो सबै तपाइहरुकै कारण सम्भव भएको हो ।' विजयमाला पहिर्याएको करिव एक हप्तापछि आफ्नो निर्वाचन क्षेत्रका मतदातासमक्ष पुगेका प्रचण्डलाई सो क्षेत्रका हजारौं जनताले स्वागत गरेका थिए । उनी शनिवार विहान बाडभाजाङ्ग, थानकोट चेकपोष्ट, सतुङ्गल, मच्छेगाउँ हुँदै कीर्तिपुरका बाघभैरवस्थान, नगाउँ, पाँगालगायत दक्षिणकाली, छैमले, फर्पिङ्ग, टुल्कुडुडेचौर लगायतका स्थानमा पुगेका थिए । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®