|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रवासी नेपाली साहित्य समाज (प्रभात) वेलायतमा वेलायत,
Janaury 14, 2009- गत १० जनवरीको दिन र्सनकिल्फ, वेलायतमा प्रवासी नेपाली
साहित्य समाज (प्रभात) को सम्पन्न भेलाले नयाँ नेतृत्वको चयन गर्दै विविधि
विषयमा निर्णय गर्यो ।झण्डै एक दशक अघि स्थापित यस समाजले विशेषत डायस्पोरामा रहेका स्रष्टा तथा लाहूरघरका स्रष्टा र्सजकहरुको प्रतिनिधित्व गर्दछ । वेलायत, ब्रुनाई, सिगापुर तथा भारतीय सेनामा कार्यरत स्रष्टाहरुको सहभागिता रहेको यस संस्थाले पल्टनघरमा साहित्यिक तथा सांगेतिक परिवर्तन र विकासको लागि ठूलो योगदान पुर्याउदै आएको छ । अहिले गोर्खाज पल्टनघरलाई साहित्य र सिर्जनाको लागि उर्वरभूमि मानिन्छ । स्थापनाको लामो इतिहाससंगै समाजलाई धेरै जिम्मेवारी र चुनौतीहरु पनि थपिनेक्रम बढ्दो छ । यसपटकको भेलाले समाज संस्थापक सदस्य मध्येका एक सुरेन्द्र इङनामलाई नेतृत्वको जिम्मेवारी प्राप्त भएको छ । इङनामको नेतृत्व कमिटीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष क्रमश विश्वासदीप तिगेला, नवराज राइ, मिलन चाम्स, जितेन्द्र चेम्जोङ, नयन लिम्बू रहेका छन् भने सदस्यहरुमा विष्णु जिमी, रत्नबहादुर र्घर्तिमगर, संन्जिव राइ, श्रीमति सुनिता लिम्बू, श्रीमति निर्मला राइ रहनु भएको छ । त्यस्तैगरि सल्लाहकारमा रामकृष्ण सुनुवार, छविन्द्र लिम्बू, काजीमान याक्सो, गणेश राइ, रहनु भएको छ। समाजले विगत ४ बर्षदेखि प्रदान गर्दै आएको प्रभात साहित्य पुरस्कार र सम्मानको लागि देशविदेशमा रहनु भएका सबै प्रभात सदस्यहरुलाई आगामी श्रीपंचमीको दिन अगावै आफूलाई योग्य लागेको कुनैपनि स्रष्टाको नाम सिफारिस गर्न आग्रह गरेको छ । स्मरण रहोस, प्रभात पुरस्कारको लागि विगत बर्षहरुमा झै सदस्यहरु बीच मतदान गरि प्रजातान्त्रिक प्रकृयाबाट छनौट गरिने निर्णय भएको छ । यस समाजले साहित्य, साँस्कृतिक र विशेषत च्यारिटी क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । सडक बालबालिकालाई खाना खुवाउने, नेपालका विपन्न स्रष्टाहरुलाई सहयोग गर्दै विभिन्न ५ वटा पुस्तकहरु प्रकाशन गरि सकेको छ । केही महिना अघि विरामी पर्नुभएका कलाकार गोपाल भूटानीलाई पनि उपचार्थ नगद रु ८३ हजार प्रदान गरेको थियो साथै प्रभातका केही सक्रिय सदस्यहरुबाट गतबर्ष डोल्पा जिल्लाको काँइगाँउ अर्न्तर्गतको थापा गाँउमा प्रत्यक्ष पुगेर प्राथमिक विद्यालय बनाउन रु ३ लाख रुपैया प्रदान गरेको थियो । त्यस्तै गरि अब चाडै नेपालका बाढीपीडितहरुलाई जाडोयाममा लताकपडा बाड्नको लागि सामान नेपाल पठाइ सकिएको कुरा च्यारिटी विभागका जितेन्द्र चेम्जोङले जनाउनु भएको छ । नवनिर्वाचित अध्यक्ष इङनाममले आफ्नो पालामा समाजलाई थप गतिदिने प्रतिबद्धता जनाउनु भएको छ भने चुस्त र प्रभावकारी बनाउनको लागि नयाँ ढङ्गले कमिटी निर्माण गरिएको बताउनु भएको छ । -Bishwadip Tigela in UK |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||