|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
समानुपातिकका लागि अपाङ्गदेखी कलाकर्मी समेतको माग काठमाडौं, May 14, 2008-हुँदाहुँदा अव ललितकलाकर्मीलेसमेत संविधान सभामा प्रतिनिधित्वको माग गरेका छन् । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ जनामा ललितकलाकर्मीको प्रतिनिधित्वको माग गरेका हुन् । माग पुरा नभए ९ जेठबाट आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । ललितकलाकर्मीको संस्था कला क्रान्ति अभियानका अध्यक्ष ज्योति हमालले कलाकारको उपेक्षा गर्ने राज्यले जनताको हित गर्न नसक्ने भन्दै प्रतिनिधित्वका लागि संघर्ष गर्न लागेको बताए । उनले भने-'ललित कलाकर्मीको प्रतिनिधित्व नभए वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रसमेत घेर्न बाध्य हुनेछौं ।' उनले विभिन्न राजनीतिक दल, प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिने कार्यक्रम रहेकोपनि बताए । नेपालका प्रथम नग्न चित्रकार िसंह प्रभात पगेनीले जनताको भावना समेट्न ललितकलाकर्मीलाई संविधान सभामा प्रतिनिधित्व गराउनुपर्ने बताए । उनले राज्यले कलाकर्मीको उपेक्षा गरिरहे कडा कदम चाल्ने बताए । पत्रकार सम्मेलनमा नेपाल कलाकार समाजका सदस्य चिराजीवी भण्डारीलगायतले बोलेका थिए । सरकार भने सीमित सिटमा भैरहेको मागबाट आजित भएको छ । २६ जना सिटमा माग गर्नेहरुको संख्या त्यो भन्दा बढि पुगेको छ । विभिन्न जाति-जनजातिदेखि अपाङ्गसम्मले संविधान सभामा प्रतिनिधित्वको माग गर्दै माग पुरा नभए आन्दोलनको धम्की दिइरहेका छन् । तर सीटको सिमितता र उनीहरुको धम्कीलाई हेर्दा लाग्छ संविधान सभाको चुनावपछि पनि नेपाल शान्त हुनेछैन । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®