|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
समानुपातिकमा माओवादी प्रथम, एमाले दोस्रो र
काँग्रेस तेस्रो स्थानमा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्टीले १ समानुपातिक उमेद्वारलाई चाहिने ३२ हजार भोट पनि ल्याउन सकेन काठमाडौं, April 16, 2008-प्रत्यक्ष निर्वाचन तर्फ अत्याधिक सीट जितेको नेकपा माओवादी समानुपातिक चुनाव प्रणाली अन्तर्गत पनि अग्रस्थान रहेको छ । वैशाख ३ गते साँझ ८ बजे सम्म गणना भएको २३ लाख ६५ हजार १ सय ३३ मध्ये माओवादीले ७ लाख ३२ हजार ६ सय ४८ मत प्राप्त गरेको छ । पहिलो हुने निर्वाचित हुने चुनाव प्रणाली तर्फ तेस्रो स्थानमा रहेको नेकपा एमाले भने समानुपातिकमा ५ लाख ४६ हजार ३ सय ६८ मतका साथ दोस्रो स्थानमा छ । प्रत्यक्ष तर्फ दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ५ लाख २५ हजार ९ सय ४२ मत प्राप्त गरेको छ । प्रत्यक्ष तर्फ २२ सीटका साथ चौथो स्थानमा रहेको मधेशी जनअधिकार फोरम नेपाल समानुपातिकमा पनि चौथौ स्थानमै छ । फोरमले हाल सम्म ६६ हजार ९ सय ३ मत पाएको छ । अहिलेसम्म कुनै पनि सीट जित्न नसकेको नेकपा माले र नेकपा संयुक्तले क्रमशः ५८ हजार ४ सय १३ र ३५ हजार ८ सय ९७ मत प्राप्त गरेको छ । संवैधानिक राजतन्त्रको खुलेर वकालत गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ३५ हजार १ सय ९३ मत सहित आठौं स्थानमा छ । प्रत्यक्ष तर्फ हाल सम्म १ सीटमा मात्रे विजय भएको जनमोर्चा नेपालले ३३ हजार १ सय ६२ मत पाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ ७ स्थान जितेर पाँचौ स्थानमा रहेको तराई मधेश लोकतान्त्रिक पार्टी २६ हजार २ सय ९३ मत सहित १० स्थानमा छ । भक्तपुरको दुबै स्थानमा जित हासिल गरेको मजदुर किसान पार्टीले २४ हजार ५ सय ११ मत प्राप्त गरेको छ । हालसम्म एक सिट ल्याउन नसकेको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीले समानुपातिकमा २२ हजार २९ मत पाएको छ । नवगठित नेपाःराष्ट्रिय पार्टीले १८ हजार ९ सय ६८ मत पाएको छ । एमएस थापा मगरले नेतृत्व गरेको राष्ट्रिय जनमुक्ति पार्टीले प्रत्यक्ष तर्फ कुनै सीट जितेको छैन भने समानुपातिक तर्फ १७ हजार ९ सय ५४ मत पाएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीले प्रत्यक्षमा २ स्थानमा विजय प्राप्त गरेको छ भने समानुपातिकमा अहिलेसम्म १६ हजार १ सय ८९ मत प्राप्त गरेको छ । संघीय शासन व्यवस्थाको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले समानुपातिकमा १३ हजार २ सय ३० मत पाए पनि प्रत्यक्ष तर्फ १ सीट पनि जितेको छैन । डिके बुद्धिस्टले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले समानुपातिकमा हालसम्म १२ हजार १ सय ६३ मत पाएको छ । वर्तमान गठबन्धन सरकारमा समेत सहभागि नेपाल सद्भावना पार्टी आनन्दीदेवीले ९ हजार ९ सय ९ मत प्राप्त गरेको छ । समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल समानुपातिक तर्फ ८ हजार ६५ मत सहित १९ औं र नेपाली जनता दल ७ हजार ७ सय २८ मत सहित २० औं स्थानमा छ । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®