Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Archive»
Words: Sitaram. Photos: Santa. Nepal's Presidential candidates. Illustration: eEyeCam

ब माओवादी र माओवादी इतर खेमा बिच घम्साघम्सी
उपराष्ट्रपतिको अचम्मको बायोडाटा

काठमाडौं,  July 20, 2008- शनिवार भएको राष्ट्रपति निर्वाचनमा कुनैपनि उम्मेदवारले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि सोमबार पुन: राष्ट्रपतिको निर्वाचन हुने भएको छ ।

माओवादी समर्थित उम्मेदवार रामराजाप्रसाद सिंह र नेपाली कांग्रेसका उम्मेदवार डा. रामबरण यादब दुवैले २ सय ९४ मतदातामध्ये ५० प्रतिसत अर्थात् २ सय ९८ मत प्राप्त गर्न नसकेपछि पुन: निर्वाचन हुन लागेको हो।

कांग्रेस उम्मेदवार डा. यादवले एमाले र मधेशी जनअधिकार फोरमको सहयोगमा २ सय ८३ मत प्राप्त गरे भने माओवादी समर्थित उम्मेदवार गणतन्त्रबादी नेता सिंहले २ सय ७० मत पाए । डा. यादवको विजयकालागि १३ मत आवस्यक छ भने सिंहकालागि २८ मत आवस्यक छ । कसैलेपनि आवस्यक बहुमत जुटाउन नसकेपछि संविधान सभा सचिवालयले सोमबार विहान ८ बजेदेखि मतदान हुने बताएको छ ।

दोश्रो पटकको निर्वाचनमापनि दुबै उम्मेदवारले आवस्यक मत हासिल गर्न सक्ने स्थिति आइतबार दिउसोसम्म देखिएको छैन । कांग्रेस उम्मेदवार समर्थित गठबन्धन र माओवादी आ-आफ्ना उम्मेदवारलाई जिताउन कम्बर कसेर लागेका छन् । दुबै दलले साना दल र स्वतन्त्र सभासद्हरुसँगको कुराकानीमा तीब्रता दिएका छन् । सभासद्हरुको किनबेच हुनसक्ने सम्भावनापनि त्यत्तिकै बढेको छ ।

संविधान सभा निर्वाचनमा पराजित एमालेका निवर्तमान महासचिव माधव नेपाललाई राष्ट्रपतिमा गरेको प्रस्ताव माओवादीले अस्वीकार गरेपछि र चरेश काण्डमा मुछिएका सर्बोच्च अदालतका पूर्व न्यायाधिस परमानन्द झालाई उपराष्ट्रपतिमा समर्थन गर्न नसकिने जवाफ माओवादीले दिएपछि भारतीय राजनीतिको शैलीमा रातारात नयाँ समीकरण बनेको हो । मधेशवादी मोर्चाका तमलोपा र सद्भावना भने रामराजाको पक्षमा उभिएका थिए ।

तर उपराष्ट्रपतिमा भने मधेशी जनअधिकार फोरमका परमानन्द झाले माओवादी उम्मेदवार शान्ता श्रेष्ठलाई पराजित गरेका छन् । बिजयी झाले ३ सय ५ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी माओवादीकी शान्ता श्रेष्ठले २ सय ४३ मत पाइन् ।

उपराष्ट्रपतिको अचम्मको बायोडाटा
  स्मरणीय कुरा के छ भने चरेश तस्करी सम्बन्धी सबैभन्दा ठूलो मुद्धाका अभियुक्तलाई सफाई दिएपछि झा सर्बोच्च अदालतको न्यायाधिसबाट घटुवा भएका थिए ।

०६१ मा सर्बोच्च अदालतको अस्थायी न्यायाधिसमा नियुक्त भएका उपराष्ट्रपति झाले २०६२ मा चरेश काण्डका अभियुक्त दीलबहादुर गुरुङ्गलाई सफाइको फैसला सुनाएका थिए । यसको छानविनकालागि सर्बोच्च अदालतले आयोगसमेत गठन गरेको थियो । आयोगले उनले गैरकानूनी रुपले चरेश तस्कर गुरुङ्गलाई सफाई दिएको ठहर गरेपछि उनी सर्बोच्च अदालतको न्यायाधिसबाट घटुवा भई पुनरावेदन अदालतको न्यायाधिस बनाइए ।

घटुवा गरी उनलाई विराटनगरको पुनरावेदन अदालतको मुख्य न्यायाधिस बनाइएको थियो । २०६४ पुष १३ गते अवकास पाएपछि उनी मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । फोरम प्रवेश गरेको एक वर्ष बित्दा नबित्दै उनले नेपालको प्रथम उपराष्ट्रपति बन्ने अबसर पाएका छन् । यसरी गणतान्त्रिक नेपालको प्रथम उपराष्ट्रपति विवादित र गन्हाएका व्यक्ति हुन पुगेका छन् ।

संविधान सभाका सदस्यहरुले गरेको मत समेत बदर भएको देखिएको छ । राष्ट्रपतिमा २५ र उपराष्ट्रपतिमा २४ मत बदर भएको थियो ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®