Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'राजनीतिक पकेटमारहरुले सरकार ढाल्ने हल्ला चलाएका छन्'- उपप्रधानमन्त्री गौतम

काठमाण्डौं, October 6, 2008- नेपाली कांग्रेसका नेताहरुले माओवादी नेतृत्वको सरकार लामो समय नटिक्ने बताएका बेला एमाले नेता तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले राजनीतिक अपराधिहरुले सरकार ढाल्ने हल्ला चलाएको बताएका छन् ।

वर्तमान सरकारको विकल्प नभएकाले कसैले गिराउन नसक्ने दाबी गरेका गौतमले सरकार ढाल्न खोज्नेहरुलाई 'पकेटमार' को संज्ञासमेत दिएका छन् ।

'राजनीतिक पकेटमारहरुले सरकार ढाल्ने हल्ला चलाएका छन् ताकि जनतामा निराशा पैदा गर्न सकियोस्' विवादास्पद भनाईमार्फत् सँधै चर्चामा आइरहने गौतमले सोमवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा भने- 'सरकार ढाल्ने भ्रम त िफंजाइएको छ तर सरकार ढाल्नका लागि कसैसं वस्तुगत र राजनीतिक आधार भने छैन् त्यसैले यो सरार पुरा अवधि चल्नेछ ।' उनले वर्तमान सरकारले लोकतान्त्रिक नयां संविधान बनाएरै देखाउने दावीसमेत गरेका छन् ।

गृहमन्त्री गौतमले शान्ति सुरक्षा सुदृढ हुँदै गएको दावी गर्दै छ महिनाभित्र सुरक्षा अवस्था प्रभावकारी बनाउने लक्ष्य राखिएको र त्यसका लागि नीति नै बनाएर काम भइरहेकोपनि बताए । उनले भने- 'छ महिनाभित्र भ्रष्टाचार उन्मूलन र सुशासन कायम गरिनेछ, दण्डहीनताको अन्त गरी सबैलाई कानुनको दायराभित्र ल्याउने आधार तयार गरिनेछ ।' अपराध गर्ने जो कोहीलाई छूट नदिने उनको भनाई थियो ।

तस्करीतन्त्र उन्मूलन गर्नेदेखि सीमा सुरक्षा प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको बताउँदै उनले कालाबजारियाहरुलाई छानी-छानी कारबाही गर्ने अठोटसमेत व्यक्त गरेका छन् । 'राज्यको उपस्थिति जताततै रहने अवस्था सिर्जना हुँदै गएको छ' उनले भने- 'जताततै प्रहरी र गृह प्रशासन रहेको अनुभूति िदंदैछौं । शहरी क्षेत्रमा अपराधिक घटना भएको पांच मिनेटभित्र प्रहरी पुग्ने र गाउंमा आधा घण्टाभित्र पुग्ने वातावरण तयार गरिने दावीसमेत उनले गरेका छन् ।

यसका लागि प्रहरीलाई प्राविधिक रुपमा सुदृढ बनाउन काम शुरु भइसकेको बताउँदै उनले प्रहरीको मनोबल उठाउन आन्तरिक रुपमा विशेष काम थालिएको खुलासासमेत गरेका छन् । प्रहरी संगठनभित्र अनियमितता र असमानता अन्त्य गरिने बताउँदै गृहमन्त्री गौतमले देशका १० जिल्लामा जवानहरुको परिवारसहित बसोबास गर्ने आवास निर्माण थालिने, दुई वर्षभित्र काम गर्न पाए ७५ जिल्लामै जवानका परिवारका लागि आवासका लागि भवन निर्माण गर्नेसमेत बताएका छन् ।

सरकारले रक्सी बेच्न र किन्नका लागि निश्चित दायरा तोक्ने बताउँदै उनले लाइसेन्सविना कसैलाई पनि रक्सी बेच्न नदिने अठोटसमेत व्यक्त गरे । गृहमन्त्री गौतमले भने 'लाइसेन्सप्राप्त विक्रेता कहांबाट रक्सी खरिद गर्नेले १८ वर्ष उमेर पार गरेको हुनुपर्छ रक्सी किन्नेले आफ्नो नागरिकता देखाएर र हस्ताक्षरसहित बिल काटेर मात्र खरिद गर्न पाउनेछ जथाभावी रक्सी बेच्ने र खरिद गर्नेलाई पक्राउ गरिनेछ ।'
  गृहमन्त्री गौतमले रात्रीक्लबका नाममा गुण्डागर्दी र अपराधलाई प्रोत्साहन गर्ने काम भइरहेको आरोपसमेत लगाए । 'रात्रि व्यवसायको नाममा रात्री अपराध सन्‍चालन हुने गरेको छ त्यसलाई कदापि छूट दिइनेछैन' गौतमले स्पष्ट पारे- 'क्लब डिस्को र डान्सका नाममा यौनशोषणलाई अब निमिट्यान्न पारिनेछ ।' साइबरबाट हुने अपराधजन्य कृयाकलापमा पनि रोक ल्याइएको बताउँदै पैसा आउंछ भन्दैमा जे पनि गर्न दिने पक्षमा सरकार नरहेको बताए ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®