Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

हरुवा दलहरुको छेरुवा कुरा
चुनाव हारेका दलले ठूलो भाग खोज्दा सहमती बन्न सकेन

काठमाडौं,  May 31, 2008- संविधान सभाको पहिलो वैठकबाट संघीय गणतन्त्र कार्यन्वयन भएको घोषणा भएको तेस्रो दिन पनि प्रमुख राजनीतिक दलवीच नयाँ सरकार गठनबारे समहती बन्न सकेको छैन ।

सहमती बन्न नसक्नुमा नेपाली काँग्रेस र नेकपा एमालेले नेकपा माओवादीलाई प्रमुख जिम्मेवार मानेको छ भने माओवादीले संविधान सभामा हारेका काँग्रेस र एमालेले ठूलो भाग खोज्दा कुरा नमिलेको बताएको छ ।

माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जेठ १६ गते राष्ट्रपति र प्रधानमन्त्री आफ्नो पार्टीले पाउनु पर्ने धारणा सर्वाजनिक गरेका थिए । डा. भट्टराईको यो धारणा सार्वजनिक भएपछि एमाले र काँग्रेसका नेताहरु माओवादीलाई दुबै पद नदिन एकमत भएर लागेका छन् ।

जेठ १७ गते िसंहदरबारमा आयोजित सात पार्टीको कार्यदल बैठक बस्न नसकेपछि काँग्रेस र एमालेका नेताहरुले सन्‍चारकर्मीसँग माओवादीको विरोधमा खुलेरै बोले ।

वर्तमान सरकारमा शान्ति तथा पुनरनिर्माण मन्त्रालय सम्हालिरहेका काँग्रेस नेता रामचन्द्र पौडेलले भने 'माओवादीले दुबै पद लिन हो भने सहमती बन्न सक्दैन ।' मन्त्री पौडेलले माओवादीको बहुमत नभएकाले दुबै पद लिन नमिल्ने जिकिर गरे ।
बहुमत नहुँदा पनि काँग्रेसले हिजो राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको जिम्मवारी कसरी लियो त भन्ने सन्‍चारकर्मीको प्रश्नमा भने मन्त्री पौडेलले चित्त बुझ्दो जवाफ दिन सकेनन् । उनले हिजोको परिस्थित बेग्लै थियो मात्रै भने ।

काँग्रेस र एमालेको सीट भन्दा माओवादी एक्लैको बढी सीट भएपछि उसले राष्ट्रपति र प्रधानमन्त्री दावी गर्नु स्वाभाविक हैन र ? भनेर सन्‍चारकर्मीले अर्को प्रश्न गरेपछि भने मन्त्री पौडेलले केही हच्किएर भने 'बहुमत त ल्याएको छैन नि । ठूलो पार्टी सम्म बनेको हो ।'

कार्यदल बैठकमा सहभागी बन्न आएका एमाले नेता भरतमोहन अधिकारीले पनि माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री दिन नहुने दाबी गरे । दुई तिहाईको प्रावधान त कांग्रेस र एमालेले नै राखेको भनिन्छ नि ? भनेर सन्‍चारकर्मीले सोध्दा नेता अधिकारीले हिजोको परिस्थित अनुसार त्यो सही यियो भने ।

माओवादी नेता लोकेन्द्र विष्ट मगरले भने काँग्रेस र एमालेले संविधानसभामा आ-आफ्नो पार्टीको बहुमत आउँछ भनेर दुई तिहाईको प्रावधान राखेको र माओवादीले जितेपछि उनीहरु संशोधनको पक्षमा देखिएको बताए।

-Santa Bagam Magar in Kathmandu










































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®