
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
नयाँ संविधान निर्माणकालागि सुझाव संकलन
गरिरहेकाबेला रुकुममा झडप
रुकुम, Mar 2, 09- नयाँ संविधान निर्माणकालागि सभासद्हरुको टोलीले सुझाव
संकलन गरिरहेकाबेला रुकुममा झडप भएको छ ।
झडपकारण आइतबार दिनभरि सदरमुकाम मुसिकोट बजार तनावग्रस्त भयो भने दुई
दर्जनभन्दा बढि घाइते भएका छन् । सुझाव संकलनकालागि अन्य पार्टीका
सभासद्हरुले सुगम जिल्लामात्र छानेपछि रुकुम जानेमा माओवादीका
सभासद्हरुमात्र परेका थिए ।
सुझाव संकलन टोलीमा माओवादीका सभासद्मात्र परेको भन्दै नेपाली कांग्रेस,
एमाले, राप्रपालगायतका पार्टीले विरोध प्रदर्शन गरेका थिए । टोली माओवादी
सभासद् लोकेन्द्र बिष्ट मगरको नेतृत्वमा रुकुम गएको थियो । टोलीमा अन्य
पार्टीका सभासद् नभएको र कार्यक्रममापनि अरु पार्टीलाई बेवास्ता गरिएको
आरोप माओवादी इतरका राजनीतिक दलले लगाएका थिए ।
आइतबार दिउसो रुकुम सदरमुकाममा सुझाव संकलनकालागि आयोजना गरिएको कार्यक्रम
माओवादी इतरका राजनीतिक दलले विथोल्न खोजेपछि माओवादी र ती दलका
कार्यकर्ताहरुबीच झडप सुरु भएको थियो । स्थानीय वाल मन्दिरमा आयोजित
कार्यक्रम बिथोल्न खोजिएपछि माओवादी कार्यकर्ताहरु प्रतिकारमा उत्रेका थिए
। दिनभर दुई पक्षँबीच तनाव सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
-Sitaram Baral in Kathmandu
|
|