Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'एक मधेश एक प्रदेश' को विरुद्ध संघर्षमा थारुमाथि प्रहरीद्वारा लाठीचार्ज


एक मधेश एक प्रदेशप्रति थारुहरुको विरोधमा ऐक्यबद्धता जनाउँदै नेपाल मगर संघ Photo: Sitaram

काठमाडौं,  July 6, 2008- 'एक मधेश एक प्रदेश' को विरुद्ध संघर्षमा उत्रिएका थारुलगायत तराईका आदिवासी-जनजातिहरुमाथि प्रहरीले निर्मम लाठीचार्ज गरेको छ ।

लाठीचार्जमा नेपाल सरकारका एक बहालवाला मन्त्रीसमेत परेका छन् । लाठी चार्जका कारण बानेश्वरस्थित संविधान सभा भवन अघिको मूलसडक शनिवार दिउसो रणक्षेत्र बनेको थियो ।


Tharus in protest rally of One Madhes. Photo: Santa Bagam
  थारु कल्याणकारी सभाको नेतृत्वमा मधेशवादी दलहरुको 'एक मधेश एक प्रदेश' माग अस्वीकार गर्न आयोजना गरेको जुलुश संविधान सभा भवन अगाडि आइपुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो । जुलुशमा कृषि तथा सहकारी राज्यमन्त्री नागेन्द्र चौधरीपनि सहभागी थिए ।


मन्त्री चौधरीलाई पक्रंदै प्रहरी Photo: Sitaram

मन्त्री चौधरीलाई प्रहरीले गिरफ्‍तारसमेत गर्न खोजेको थियो । उनका अंगरक्षकले उनलाई लाठी प्रहार तथा गिरफ्‍तार हुनबाट जोगाएका थिए । शान्तिपूर्ण प्रदर्शन तथा संविधान सभा घेराउ कार्यक्रममा सहभागी थारुलगायतका आदिवासी-जनजातिमाथि प्रहरीले अवरोध सुरु गरेपछि जुलुश प्रहरी अवरोध छिचोल्दै अघि बढेको थियो । त्यसैक्रममा झडप सुरु भएको थियो ।

जुलुशमा सहभागीहरुले आफूहरु मधेशी नभएको बताउँदै तराईमा विभिन्न जातिहरुको स्वायत्त राज्य स्थापना गर्न माग गरेका थिए । राजबंशी समुदायका अलवा नेपाल मगर संघलेसमेत थारु कल्याणकारी सभाले आयोजना गरेको सो कार्यक्रममा ऐक्यबद्धता प्रदर्शन गरेको थियो ।


Tharu youth. Photo: Sitaram

जुलुश सुरु हुनुअघि मन्त्री चौधरीलगायत थारु र आदिवासी-जनजातिसँग सम्बन्धित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले कोण सभालाई सम्बोधन गरेका थिए । मन्त्री चौधरीले एक मधेश एक प्रदेशको मागले थप द्धन्दको सिर्जना गर्दै थारुवान भूमि गुम्ने स्थिति आएमा थारु जातिले हतियार उठाउने चेतावनी दिएका थिए । थारु युवाहरु थरुहटको माग गर्दै रंगाइएका अनुहार र टिसर्टसहित जुलुशमा सहभागी भएका थिए ।

थारु कल्याणकारी सभाले दमन र हस्तक्षेपको आन्दोलनकारी सम्पूर्ण संघसंस्थाहरुको तर्फबाट घोर भत्स्रना गरेको छ । सरकारी दमन र आदिवासीहरुको जातीय, भाषिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयाशका विरुद्ध सो घटना लगत्तै बसेको संघर्ष समितिको शनिबार अपरान्ह बसेको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रमपनि घोषणा गरेको छ ।


Photo: Santa

घोषित कार्यक्रम अनुसार असार २२ आइतबार काठमाडौंको नयाँ बानेश्वर शान्तिनगर गेट अगाडि दिउसो दुई बजेदेखि आधा घण्टा चक्काजाम, असार २३ सोमबार अन्तरिम संविधानमा तराईका आदिवासीहरुलाई मधेशी बनाउन राखिएको धारा ६३ लाई राजधानी लगायत तराईका २३ वटै जिल्ला सदरमुकाम शहर बजारमा जलाउने कार्यक्रम तय गरिएको छ ।


Photo: Santa Bagam

यसैगरुी असार २४ मंगलबार देशभरि आदिवासी जागरण अभियान चलाउने, असार २५ बुधबार तराईका सम्पूर्ण जिल्ला सदरमुकाम तथा शहर बजारमा साँझपख मसाल जुलुस प्रदर्शन गर्ने तथा असार २६ बिहिबार झापा देखि कन्‍चनपुरसम्म तराई बन्दको कार्यक्रम राखिएको सभाले जनाएको छ ।

-Sitaram Baral in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®