Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भारतीय अपराधीहरुको नाममा नेपाली प्रहरीहरुको आंतक

काठमाडौँ, September 17, 2008- सुनसरी जिल्ला सदरमुकाम इनरुवामा कुख्यात भारतीय अपराधीहरुसँग साँठगाँठ राखेर जिल्ला प्रहरी कार्यलयमा कार्यरत सादा पोशाकका प्रहरीहरुले आंतक मच्चाएको रहस्य खुलेको छ ।

सो प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवानहरु प्रमोद यादव, विनोद यादव र अरविन्द यादवले भारतिय कुख्याँत अपराधी धिरेन्द्र यादव समूहका बेचन यादवसँग साँठगाँठ गरी प्रहरी जवान भएर अपराधका कार्यहरु गर्दै आएको भन्दै यादवविरुद्ध सोमवार किटानी जाहेरी परेपछि यो रहस्य खुलेको हो । सीमावर्ती भारतीय राज्य विहारको यस्तो रोग नेपालमा पनि सल्कन थालेको यो घटनाले देखाएको छ ।

सुनसरीबाट पत्रकार बीरेन्द्रकुमार मेहताले यूएस नेपाल अनलाइनलाई दिएको जानकारी अनुसार सुनसरी र सप्तरीबाट नक्कली नागरिकता बनाई भारतीय 'मोस्ट वान्टेड' को लिष्टमा समेत नाम रहेको बेचन र उनका प्रमुख सहयोगी प्रहरी जवान प्रमोद यादव लगायतले दिनदहाडै इनरुवाका विभिन्न व्यापारी, शिक्षक, उद्योगी र स्वास्थ्यकर्मीहरुलाई लाखौंको चन्दा माँग गर्ने गरेको, नदिए ज्यान मार्ने धम्कीहरु दिने गरेकेा रहस्य खुलेपछि आफू सो कार्यहरुको बिरोधमा आवाज उठाएपछि आफूलाई नै गोली हानी ज्यान मार्ने धम्की दिएको उल्लेख गरिएको छ ।

अघिल्लो महिना गृहमन्त्री बामदेव गौतमले सुनसरी पुगेर अपराधका कार्य गर्ने जो कोहीलाई पनि नछोडिने र कडा कार्यवाही गरिने बताएका थिए । तर सुनसरी प्रहरी कार्यालयमै कार्यरत विभिन्न सादा पोशाककमा खटिने प्रहरी जवानहरुकै संलग्नतामा विभिन्न अपराधका कार्यहरु हुँदै आएको भएतापनि सुनसरी प्रशासन यस प्रति मौन रहेको स्थानीय ब्यापारीहरुको गुनासो छ । स्थानीय व्यापारीका अनुसार आफूहररु बेचन समूहको मान्छे हौं भन्दै प्रहरी नै पैसा उठाउन आउँछन् यसबारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएपनि उनीहरुमाथि कार्वाही हुँदैन ।

उता सुनसरी सदरमुकाम इनरुवामा कार्यरत सन्‍चारकर्मी तथा अधिकारकर्मीहरुले सुनसरी प्रशासन र सुनसरी प्रहरीबिरुद्ध बुधबारदेखि आन्दोलन गर्ने निर्णय गरेका छन् । भारतीय 'मोस्ट वान्टेड' को सुचिमा रहेका बेचन यादव र उनका सहयोगी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानहरु प्रमोद यादव, बिनोद यादव र अरविन्द्र यादवलगायत विरुद्ध लिखित जाहेरी परेपनि हालसम्म कुनै कार्यवाही नगरिएको र ती अपराधीहरुले इनरुवाका सन्‍चारकर्मी तथा मानव अधिकारकर्मीहरुलाई श्रृंखलाबद्ध रुपमा ज्यान मार्ने धम्की दिनथालेपछि इनरुवाका सन्‍चारकर्मी तथा अधिकारकर्मीहरुले आन्दोलनको निर्णय गरेका हुन् ।

विभिन्न संचारमाध्यममा कार्यरत सन्‍चारकर्मी र अधिकारकर्मीहरुको बुधबार बसेको बैठकले सुनसरी प्रसासन र प्रहरी प्रशासन समक्ष पटक-पटक ती अपराधीहरुलाई कार्वाही गर्न अनुरोध गरेपनि प्रशासन र प्रहरी मौन बसेको भन्दै आन्दोलन गर्नै निर्णय गरेका हुन् ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®