Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बिद्रोही प्रहरीहरुले आत्मसमर्पण गरे

काठमाडौं,  July 14, 2008- नेपालगाजस्थित दंगा नियन्त्रण गण र मध्य पश्चिम क्षेत्र गुल्मका प्रहरीले सोमबार राति १ बजे आत्मसमर्पण गर्दै नियन्त्रणमा लिइएका प्रहरी अधिकृतहरुलाई मुक्त गरेपछि निकै ठूलो रक्तपात टरेको छ । शनिवार विहान प्रहरी अधिकृतहरुलाई नियन्त्रणमा लिएर बिद्रोह सुरुवात गरेका प्रहरीहरुको विद्रोह नियन्त्रणमा लिन सरकारले सेनाको रेाजर फोस्रको एउटा टुकडीसमेत प्रयोग गरेको थियो ।

आइतबार बेलुकी मन्त्री परिषद्को आकस्मिक बैठक बसी जुनसुकै हालतमापनि प्रहरीहरुलाई नियन्त्रण लिने निर्णय सरकारले गरेको थियो । विद्रोही प्रहरी विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने निर्णय भएपछि रक्तपातको सम्भावना अरु बढेको थियो । आइतबार बिहानैदेखि सशस्त्र प्रहरीले विद्रोही प्रहरीले नियन्त्रणमा लिएको क्षेत्रलाई घेराउ गरेका थिए ।

बिद्रोही प्रहरीहरु र बिद्रोह नियन्त्रणमा लिन गएको सशस्त्र प्रहरीको टोली दुबै आक्रमण र प्रत्याक्रमणको तैयारी अवस्थामा थिए । माओवादी जनयुद्धताका माओवादीको सुराकी गर्न प्रयोग गरिएको सैनिक आइलैण्डर जहाजको समेत प्रयोग गरिएपछि सैनिक कार्वाहीको संकेत मिलेको थियो ।

स्थानीय प्रशासनले विद्रोही नियन्त्रित गणको पाँच सय मिटर वरपरको क्षेत्रलाई दंगा नियन्त्रण क्षेत्र घोषणा गरी आफ्नो नियन्त्रणमा लिएको थियो । यसैगरी नेपालगन्‍ज शहरमा सेना तथा प्रहरीको गस्तीपनि बढेको थियो । आइतबारको सविधान सभाको बैठकमा समेत यस विषयले चर्चा पाएको थियो ।

समस्या समाधानकालागि आइतवार दिनभरि वार्ता प्रयास भएका थिए । विद्रोहीहरुले आफ्ना माग पुरा हुनुपर्ने विद्रोहको जानकारी दिन फायर गरिएको १५ राउण्ड गोली मिनाहा हुनुपर्ने तथा लिखित रुपमा आफूमाथि कार्वाही नहुने कुराको प्रत्याभूति गरिए नियन्त्रणमा लिइएका अधिकृतहरुलाई छाड्ने र विद्रोह विसर्जन गर्ने बताएका थिए । तर सरकार कडा रुपमा उत्रने निर्णयमा पुगेपछि वार्ता प्रकृया बन्द भएको थियो ।

यद्यपी हवाई गस्ती, सेना र सशस्त्र प्रहरीको पैदल गस्ती आदिका कारण विद्रोहीहरु दबावमा पर्दै गएका थिए । सरकारी निर्णयले उनीहरुलाई झन् अप्ठेरोमा पार्यो । रातको समयमा प्रतिकार गर्नसमेत अप्ठेरो पर्ने भएकाले उनीहरुले आत्मसमर्पण गरेका थिए । समस्या समाधानकालागि स्थानीय नागरिक, समाज र सन्‍चारकर्मीहरुले प्रयास गरेका थिए । आत्मसमर्पण गरेपछि नियन्त्रणमा रहेका प्रहरी अधिकृतहरु सकुशल मुक्त भए ।

त्यसअघि विद्रोही प्रहरीहरुले जिल्लामा कार्यरत प्रहरीहरुले पाउने रासन बापतको रकमबाट प्रतिव्यक्ति ३१ रुपैयाँ कम पाउने गरेको, आवस्यक लत्ता कपडा दिने नगरिएको, आवस्यक सामाग्रीहरु प्रहरी क्यान्टिनमा सुलभ तथा सस्तोमा उपलब्ध नहुने, तालिम र सरुवा-बढुवामा पक्षपात गरिएको, संविधान सभा निर्वाचनमा खटिएका प्रहरीले पाउने भत्तामा अनियमितता भएको आरोप लगाएका थिए।

यसैगरी त्यहाँको व्यायामशालामा खेल्दा बाहिरका व्यक्ति आई मदिरा पदार्थ सेवन गर्ने गरेको, महिला प्रहरीलाई अधिकृतहरुले विभिन्न प्रलोभन दिएर यौन शोषण गरेको, सवारी साधनको सदुपयोगको सट्टा इन्धनबापत आएको रकम अधिकृत र लेखापालहरुले खाने गरेको आरोपपनि लगाएका थिए । प्रहरीले पाउने अवसर उच्च अधिकृतका आफन्तले पाउने गरेको आरोपपनि विद्रोही प्रहरीहरुको थियो ।
  भेरी अन्‍चल प्रमुख एसएसपी परशुराम खत्री, एसपी घनश्याम भट्ट, तालिम केन्द्र प्रमुख डिएसपी सुदीप आचार्य, गणप्रमुख एसपी अलिअख्तर अन्सारीलगायत ८ जना विद्रोही प्रहरीको नियन्त्रणमा रहेका थिए । विद्रोहको अन्त्यपछि विद्रोही प्रहरीहरुले माग पुरा गर्न अधिकृतहरुलाई नियन्त्रणमा लिनु गल्ती भएको स्वीकार गर्दै आफूहरुमाथि कुनै कार्वाही नगर्न सरकारसँग आग्रह गरेका छन् ।

-Sitaram Baral in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®