Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रहरी चौकीमा आक्रमण गर्ने ३ जनाको पहिचान

प्यूठान, 8 Feb, 09- प्यूठानको स्याउलीवाङ प्रहरी चौकीमा आक्रमण गर्नेमध्ये स्थानीयवासीले दिएको जानकारीका आधारमा ३ जनाको पहिचान भएको छ ।

रोल्पाको गाम गाउँ विकास समिति, भित्रीगाउँका टेकवीर बुढामगर, लालमन घर्तीमगर र रामु पुनमगरको पहिचान भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआइजी मदनबहादुर खड्काले जानकारी दिनुभयो ।

पहिचान गरिएका र अरु आक्रमणकारीलाई नियन्त्रणमा लिन रोल्पासँग जोडिएका बागलुङ र प्यूठान जिल्लाका सीमाक्षेत्रमा सर्च अभियानलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

सर्च अभियानमा नेपाल प्रहरीका दुईजना प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १ सय ६० र सशस्त्र प्रहरीका एक जना प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १ सय जना संयुक्त प्रहरी फोर्स परिचालन गरिएको छ ।

प्रहरीचौकी आक्रमण प्रकृतिको अध्ययनबाट त्यसमा आपराधिक समूहको संलग्नता भएको सम्भावना पनि प्रहरी नायब महानिरीक्षक खड्काको ठहर छ ।

यसैबीच आक्रमणमा मारिएका प्यूठान निवासी प्रहरी जवान सुमन जिसीको हिजै पोस्टमार्टम गरी लाश आफन्तलाई बुझाइएको छ ।

आक्रमणमा घाइते भएका प्रहरीचौकीका प्रमुख देवबहादुर खड्कासहित ४ जना प्रहरीको प्यूठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्यूठानको रोल्पा र बागलुङसँग सीमा जोडिएको विकट क्षेत्रमा रहेको स्याउलीवाङ प्रहरीचौकीमा अज्ञात हतियारधारी समूहले गत शुक्रबार राति करिब साढे ११ बजे आक्रमण गरी एक प्रहरीको हत्या गर्नुका साथै ७ थान हतियारसमेत लुटेको थियो।

-Geban Mijhar in Surkhet












   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®