
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राजधानीमा बम विस्फोटनपछि प्रहरीको विशेष अप्रेसन
काठमाण्डौं, December 29, 2008- राजधानी दिनप्रतिदिन असुरक्षित बन्दै गएपछि
नेपाल प्रहरीले काठमाडौंमा आइतबारदेखि अप्रेसन सुरु गरेको छ । प्रहरीको यो
नयाँ अभियानलाई विशेष अप्रेसन नाम दिइएको छ ।
शनिवार र आइतबार राजधानीका विभिन्न स्थानमा बम विस्फोटन भएपछि प्रहरीले यो
अभियान सुरु गरेको हो । यो अप्रेसनपछि केही समयकालागि राजधानीको सुरक्षा
व्यवस्था मजबुत हुने आशा प्रहरीले गरेको छ ।
आइतबार बेलुकी यो अप्रेसन सुरु हुनुअघि सुरक्षा अधिकारीहरुको बैठक बसेको
थियो । तुरुन्त विेशष अभियान सुरु नगरे सुरक्षा व्यवस्था अरु बिग्रने
विश्लेषणकासाथ बिशेष अप्रेसन सुरु गरिएको प्रहरी श्रोतले बताएको छ ।
विभिन्न चोकहरु, घना आवादी रहेका क्षेत्रहरुमा अप्रेसन सुरु भएको छ ।
जानकारी अनुसार सुन्धारा, गौशाला, कालिमाटी, कलंकी, नयाँ बजार, गोंगबु,
बालाजु लगायतका क्षेत्रमा भएको अप्रेसनमा एक दर्जनभन्दा बढि शंकास्पद
व्यक्तिहरु पक्राउ परेका छन् । अप्रेसनकालागि तालिमप्राप्त कुकुरहरुको
प्रयोगसमेत प्रहरीले गरेको छ । अप्रसनमा प्रहरी प्रधान कार्यालय महानगरीय
अपराध महाशाखालगायतका प्रहरी कार्यालयका टोली परिचालित गरिएका छन् ।
-Sitaram Baral in Kathmandu
|
|