|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रहरी बिद्रोहले सुरक्षा निकायमा दुरगामी असर
पर्ने काठमाडौं, July 14, 2008- सेना र प्रहरीका पूर्व उच्च अधिकृत सुरक्षाविद कानुनविद र मानवअधिकारवादीले प्रहरीभित्र विद्रोहगर्नेमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । उता बाँकेमा शनिवार र असारको पहिलो हप्ता भएका विद्रोहमा माओवादीको हात रहेकेा आशंका गरिएपनि नेकपा माओवादीका सभासद् एबं जनमुक्ति सेनाका डेपुटी कमाण्डर जर्नादन शर्मा 'प्रभाकर' ले प्रहरीभित्र विद्रोह गराउन आफूहरुको कुनै भूमिका नभएको बताएका छन् । पूर्व सैनिक तथा प्रहरी अधिकारी र माओवादी डेपुटी कमाण्डरले एकै मन्चबाट भनेका छन्- 'अराजकता मच्चाउने उद्देश्यले गराइएको विद्रोहको जरो पहिल्याएर सरकारले कडा कदम चाल्नुपर्छ ।' Maoists Deputy Commandar and CA Member Prabhakar. Photos: Sharmila सो घटनाका सम्बन्धमा राजधानीमा आयोजना गरिएको अन्तकृया कार्यक्रममा बोल्दै माओवादी नेता प्रभाकरले नेपालगन्जमा भएको प्रहरी विद्रोहका पछाडि अराजकता मच्चाउन खोज्नेको हात रहेको बताए । उनले भने- 'माओवादीको नाममा देशमा अराजकता मच्चाउन खोज्नेहरुप्रति सचेत हुन जरुरी छ ।' घटनाका पछाडि विभिन्न किसिमका तत्वहरुको हात रहेको हुनसक्ने बताउँदै प्रभाकरले छानविन गरी कारबाही बढाउन आग्रह गरे । 'यस्तो अव्यवस्था र अराजकताले मुलुकको हित हुँदैन' उनले भने- 'परिवर्तनलाई र राज्य पुनस्रंरचनाको अभियानलाई रोक्ने उद्देश्यले विभिन्न हथकण्डा अपनाउन खोजिएका छ ।' प्रभाकरले घटनालाई सामान्यीकरण गरेर हल गर्न खोजिए भविष्यमा थप चुनौती आउने चेतावनीपनि दिए । गम्भीरतापूर्वक छानविन गरी दोषी अधिकृतसम्मलाई कारबाही गर्नुपर्ने उनको भनाई थियो । नेपाल प्रहरीका पूर्व महानीरिक्षक मोतिलाल बोहराले नेपालगन्ज घटनाका दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । उनले भने- 'प्रहरीमा योभन्दा ठूलो अपराध के हुनसक्छ? तिनलाई कानुन अनुसार कारबाही गर्न पछि हट्नहुन्न ।' घटनाका पछाडि देशलाई दुर्घटनामा पुर्याउने षड्यन्त्र लुकेको हुनसक्ने उनको आशंका थियो । |
|
|
पर्दापछाडिबाट उचाल्नेहरुको पहिचान गरिहाल्नुपर्ने
बताउँदै पूर्व प्रहरी महानिरीक्षक बोहोराले तत्काल नियन्त्रणमा नलिए नेपाली
सेनामा पनि यस्तै प्रकृतिको घटना घट्न सक्ने चेतावनी दिए । उनको भनाई थियो-
'प्रहरीभित्र विगतमा भएको राजनीतिक हस्तक्षेपको परिणाम पछिल्लो घटना हुन्
।' सशस्त्र प्रहरीका पूर्व महानीरिक्षक सहविर थापा मगरले सुरक्षासंयन्त्र कमजोर पार्ने षड्यन्त्रबाट नेपालगन्ज घटना निर्देशित भएको बताए । घटनाका दोषीमाथि कडा कारबाही नगरिए भविष्यमा थप घटना घट्नसक्ने औल्याउँदै थापाले भने- 'अनुशासन नमान्नेमाथि कानुनअनुसार कारबाही गर्नुपर्छ ।' उनले घटनाको जिम्मेवारी गृह, प्रशासन र प्रहरी महानीरिक्षकहरुले लिनुपर्ने बताए । नेपालगन्ज घटनाका पछाडि कसको हात छ भन्नेमा गम्भीर हुन आग्रह गर्दै डा. थापाले घटनाबाट सुरक्षा निकायमा दुरगामी असर पर्ने बताए । संविधान सभामा नेकपा एमालेको तर्फबाट सभासद् रहेका नेपाली सेनाका सहायकरथी गोपालिसंह बोहराले नेपालगन्ज घटनाका दोषीलाई छूट दिन नहुने बताए । दण्डहीनताको अवस्था रहे देश असफल हुनसक्ने बताउँदै सभासद् बोहोराले भने-'चेन अफ कमाण्डभन्दा बाहिर जान खोज्नेलाई कानुनबमोजिम कारबाही गर्नैपर्छ ।' शमशेरगन्ज हुँदै दंगा प्रहरी नियन्त्रण गुल्मसम्म बिद्रोह सल्किएकाले यस्तै षडयन्त्र अन्य क्षेत्रमा पनि हुनसक्ने बताए । नेपाली सेनामा पनि विद्रोह गराउने षड्यन्त्र भएको बताउँदै अवकासप्राप्त जनरल बोहोराले भने- 'सेना एकढिक्का भएको र गैरराजनीतिक भएकाले प्रभाव पार्ने षड्यन्त्र असफल भएको छ ।' कार्यक्रममा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानीरिक्षक डा. गोविन्दबहादुर थापा मगरलेपनि बोलेका थिए । संक्रमणकालमा धमिलो पानीमा माछा मार्नेहरु सकृय भएको बताउँदै डा. थापाले भने- 'यो विद्रोहको कुनै औचित्य छैन । त्यसैले अनुशासनविपरित जानेलाई तत्काल कारबाही गर्नुपर्छ ।' Dr. Gobind Thapa Magar and Sahabir Thapa Magar यसैगरी कानुनविद् भीमार्जुन आचार्यले नेपालगन्जमा विद्रोह गर्ने प्रहरीहरु कानुनका अगाडि अपराधी ठहरिने बताएका थिए । उनले भने- ' विद्रोह गर्ने र गराउनेलाई १४ वर्षदेखि आजन्म कैद गर्नसक्ने कानुनी प्रावधान छ ।' उनले नेपालगन्ज घटना राष्ट्रलाई समाप्त र बिखण्डन गर्ने उद्येश्यबाट प्रेरित रहेको बताए । घटनालाई गम्भीरताका साथ आवश्यक कदम नचालिए दुर्भाग्य भोग्नुपर्ने उनको चेतावनी थियो । Gopalsingh Borora and former Nepal Police Cheif Motilal Bohora सैन्यविद एवं माओवादी सभासद् इन्द्रजीत राईले नेपालगन्ज घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका थिए । प्रहरी हुँदै सेनामापनि विद्रोहको षड्यन्त्र भएको बताउँदै राईले भने- 'समयमै सूचना पाएर सेनामा हुन लागेको बिद्रोहलाई असफल पारिएको छ ।' मानवअधिकारवादी सुबोध प्याकुरेललेपनि नेपालगन्ज घटनाका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने बताएका थिए । उनको भनाई थियो- 'मुलुकमा दण्डहीनताको अवस्था रहेकाले अराजकता मच्चाउनेहरु हावी हुनसक्ने खतरा छ ।' -Sharmila Thapa in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||