|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रहरीका 'मोष्ट वान्टेड' उम्मेदवार अग्रस्थानमा महासचिव नेपाल रौतहट- ६ मापनि माओवादी भन्दा पछाडि -बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 13, 2008-प्रारम्भिक मतगणनामा एमालेका महासचिव माधव नेपाल रौतहट- ६ मापनि माओवादी उम्मेदवारसँग पछाडि पर्नुभएको छ । त्यसै गरी, नेपाल प्रहरीको 'मोष्ट वान्टेट' सूचीमा रहेका एक 'अपराधी' ले रौतहट- १ को मत परिणाममा अग्रता हासिल गरेका छन् । माओवादी उम्मेदवार देबेन्द्र पटेलले हालसम्म बैशाख १ गते विहान १० बजेसम्मको मत परिणाम अनुसार २ हजार ५ सय मतका साथ अगाडि छन् भने महासचिव नेपालले १ हजार ८ सय ५९ मतका साथ दोश्रो स्थानमा हुनुहुन्छ । तेश्रो स्थानमा रहेका नेकाका उद्धव ढकालले १ हजार २ सय ५५ मत ल्याएका छन् । रौतहट- १ को मत परिणाम अप्रत्यासित आएको छ । नेपाल प्रहरीको 'मोष्ट वान्टेट' सूचीमा रहेका एक 'अपराधी' ले त्यहाँ अग्रता हासिल गरेका छन् । केही महिना अघि काठमाडौंको सुन्धारा बालाजु लगायतका स्थानमा बम विस्फोट गराएका बबन िसंह नामक व्यक्ति त्यहाँ ३ हजार ६ सय ९७ मतका साथ अग्रस्थानमा छन् भने फोरमका कोषाध्यक्ष अमर यादव ३ हजार १ सय ५८ मतका साथ दोश्रो स्थानमा छन् । एमाले महासचिव माधव नेपालका निजी सचिव रेवन्त झा २ हजार ६ सय ३० मतका साथ तेश्रो स्थानमा छन् । 'मोष्ट वान्टेट'को सूचीमा रहेपनि अग्रस्थानमा रहेका िसंहले अर्कै व्यक्तिलाई पठाएर आफ्नो उम्मेदवारी दिएका थिए । संभवत भारतमा रहेको विश्वास गरिएका उनी आफै आफ्नो चुनाव प्रचारमा देखिएका थिएनन् । उनका आफन्तहरुले उनको चुनाव प्रचार गरेका थिए । कस्तो आश्चर्यजनक परिणाम; नेका, एमाले, माओवादीमात्र होइन मधेशवादी दलका उम्मेदवारलाई समेत पछि पार्दै उनले अग्रता हासिल गरिरहेका छन् । सो क्षेत्रका ०५६ को निर्वाचनमा एमाले महासचिव नेपालले विजय हासिल गरेका थिए । रौतहट- ६ बाटपनि महासचिव नेपालले जितेकाले सो क्षेत्र छाडिदिएका थिए । त्यसपछि भएको सो क्षेत्रको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाश कोइरालाले एमाले उम्मेदवार भन्दा करिव १६ हजार भन्दा बढि मत ल्याई विजय हासिल गरेका थिए । कोइराला बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाका पिता तथा स्व. बीपी कोइरालाका पुत्र हुन् । उता पन्चायतकालदेखि बहुदलकालसम्म सिन्धुपाल्चोकबाट विजय हासिल गर्दै आएका राप्रपा अध्यक्ष पशुपति शमशेर राणा जिल्लाको क्षेत्र नं ३ मा तेश्रो स्थानमा छन् । त्यहाँ माओवादी उम्मेदवार दावा तामाङ्गले ७ हजार १ सय ३१ मत हासिल गरी पहिलो स्थानमा छन् भने एमालेका शेरबहादुर तामाङ्ग ६ हजार ४ सय ५९ मतका साथ दोश्रो स्थानमा र राप्रपाका राणा ४ हजार २ सय २० मतका साथ तेश्रो स्थानमा छन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®