Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
गाग्री चोर्ने नाबालकलाई गाउँलेले चारपाटे मुडे, प्रहरीको यातना


सई कुमार बालकलाई कुट्दै र सोधपुछ गर्दै Photos: Geban

वीरेन्द्रनगर, सुर्खेत, January 4, 2008- गाग्री चोरेको आरोपमा गाउँलेले चारपाटे मुडेर जिल्ला प्रहरी कार्यालय पुर्याएका दुई नाबालकलाई कार्यालयका एकजना सईले कटबाँसको लठ्ठीले निर्घात कुटेका छन् ।

उत्तरगंगा-७ तापानीका १२ वर्षीय गोपाल मल्ल र १३ वर्षीय अमर विकलाई सई मनोज कुमारले कुटेका हुन् । उनले चारपाटे मुडेर कार्यालयमा बुझाउन गएका गाउँलेकै अगाडि प्रहरी कन्ट्रोल रुममा कुटेका थिए ।

चारपाटे मुडेर मुखमा कालो मोसो पोतिएका दुईजना बालकलाई देख्नेवित्तिकै सई कुमारले 'यिनै हुन् साले चोरहरु' भन्दै कुट्न थालेका थिए । उनले कन्ट्रोल रुममा राखिएका दुईवटा लठ्ठी समातेर एकोहोरो प्रहार गरेका थिए । त्यसरी हान्न थालेपछि बालकहरुको चिच्याहट करिब सय मिटर परको सडकमै सुनिएको थियो ।

गाउँलेहरुले 'अझै भएन हान्नुस् सर' भन्दै हौस्याइरहेका बेला सई कुमार खेलाडीले हुटिङ पाएको शैलीमा झन् जोशिएर बालकमाथि निर्घाट कुटिरहेका थिए । पत्रकारहरुले फोटो खिच्न थालेपछि भने उनले बालकलाई कन्ट्रोल रुमको भित्रपट्टी लगेका थिए । उनी भन्दै थिए 'अस्ती पनि साला चोरहरु समातिएका थिए नयाँ एसपीले कुरा नबुभुदा छोडियो अब त यिनीहरुलाई छोड्दिन ।'

बालकसँगै जिप्रका गएका जिल्लास्थित केही बालअधिकारवादी संस्थाका प्रतिनिधिहरुले चारपाटे मुडेर कालोमोसो लगाई बजार घुमाउनेलाई प्रहरीले कारबाही गर्ला भन्ने सोचेका थिए । तर सई कुमारको व्यवहारले उनीहरु चकित परेका थिए । एक अधिकारवादीले भने 'नाबालकले गाग्री चोरेमा उनीहरुलाई कारबाही गर्ने उचित उपाय छ तर कानून मिचेर बालअधिकारमाथि धावा बोल्ने गाउँलेको कामलाई प्रशंसा गर्दै सार्वजनिक रुपमा बालक कुट्ने प्रहरीमाथि कारबाही हुनुपर्छ ।'
 

सई मनोज कुमार बालकलाई कुट्दै र सोधपुछ गर्दै

गोपाल मल्ल भन्छन् - 'मेरो बुवाको तीन महिनाअघि भारतको सिमलामा मृत्यु भयो । उहाँ काम गर्न जानु भएको थियो हिउँमा पुरिएर मृत्यु भएछ । मेरो घरमा आमा र एक भाई छन् । आमा गिट्टी कुट्ने काम गर्नुहुन्छ । म हरिडिल प्राविमा ५ कक्षामा पढ्छु । मैले यसअघि कहिल्यै पनि चोर्ने काम गरॆको थिइन । तर अहिले स्कूलमा नास्ता खाने पैशा जुटाउनका लागि साथीसँग मिलेर गाग्री चॊरेको साँचो हो ।'

-Geban Mijhar in Birendranagar, Surkhet


सई मनोज कुमार Photos: Geban
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®