Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रहरी र सेनाका हाकिमहरुको करोडौंको सम्पत्ती कसरी भो?

काठमाडौँ, October 3, 2008- कसको राजकीय हैसियत कति छ भन्ने कुरा उसले राज्यबाट पाएको सुविधाले पुष्टि गर्छ । जस्तो कि राष्ट्रपति डा. रामबरण यादव पूर्व राजा ज्ञानेन्द्रले चढ्ने गरेको करोडौं मूल्य पर्ने 'ज्यागुअर' नामको 'बुलेटप्रुफ' गाडी चढ्ने गर्छन् ।

राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेबापत उनलाई राज्यले यस्तो महंगो गाडी उपलब्ध गराएको हो । तर कतिपय सरकारी अधिकारी यस्ता छन् जसले राज्यले प्रदान नगरेपनि राज्य कोषको दुरुपयोग गरी आफै निर्णय गरेर यस्ता महंगा सवारी साधन चढ्ने गरेका छन् ।

ती मध्ये एक हुन्- सशस्त्र प्रहरी बलका महानिरीक्षक बासुदेब ओली जसले हालसालै करोडभन्दा बढि मूल्य तिरेर आफ्नालागि एक गाडी किनेका छन् । जानकारीअनुसार सशस्त्र प्रहरी महानिरीक्षक ओलीले हाल चढ्ने गरेको गाडीको मूल्य १ करोड २२ लाख पर्छ । अटोमेटिक रिमोट कन्ट्रोलबाट चढ्ने सो गाडीको नम्बर बा. १ झ ८२६६ हो । उनले सशस्त्र प्रहरी बलको कोषबाट सो गाडी खरिद गरेका हुन् । यसअघि सिपाहीको रकम काटेर जम्मा गरिएको कल्याणकारी कोषबाट उनकालागि ७१ लाख र ७५ लाखको गरी २ वटा टोयोटा गाडी किनिसकिएको छ ।

सरकारले अहिले खर्च कटौति सम्बन्धी नीति ल्याएको छ । सरकारी खर्च कटौति गर्ने र त्यसरी जम्मा भएको रकम विकास निर्माणका कार्यमा खर्च गर्ने सरकारको योजना छ । तर सुरक्षा अंगको जिम्मेवारी सम्हालेकाहरु भने यसरी सरकारी रकमको दुरुपयोग गरी महंगा गाडी किन्ने अभियानमा छन् । कर्मचारीतन्त्रमा जस्तै सुरक्षा निकायमा भ्रष्टाचारपनि त्यत्तिकै मौलाएको छ । मन्त्री र राजनीतिक पार्टीका नेता एबं मन्त्रीहरुले घुष र कमिसन खाएको, भ्रष्टाचार गरेको समाचार प्रकासित हुने गरेपनि सुरक्षा निकायका उच्च ओहोदावालहरुले गरेको भ्रष्टाचार भने त्यति समाचारमा आउने गरेको छैन ।

राजा महेन्द्रले ओखलढुङ्गाबाट टिपेर ल्याएका बालक रुक्माङगद कटवाल यति बेला नेपाली सेनाको प्रधानसेनापति छन् । ओखलढुङ्गाबाट राजा महेन्द्रले काठमाडौं ल्याउँदा उनीसँग काठमाडौंमा सम्पत्ति हुने कुरै भएन । तर प्रधानसेनापतिको रुपमा उनले अर्बौको सम्पत्ति आर्जन गरिसकेका छन् । कटवालमात्र होइन सेना र प्रहरीका प्रमुख भइसकेकाहरु कोहीपनि त्यस्ता व्यक्ति छैनन् जोसँग करोडौंको सम्पत्ति नभएको होस् ।

जानकारीअनुसार साढे दुई बर्ष अघि सशस्त्र प्रहरी बलको प्रमुख भएका ओलीले हालैमात्र भाटभटेनीमा साढे ६ करोड रुपैयाँमा घर तथा जग्गा किनेका छन् जवकि सशस्त्र प्रहरी महानिरीक्षक हुनुअघि नै उनले लाखौं मूल्य पर्ने घर बनाइसकेका थिए । के 'नयाँ नेपाल' यसरी पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गर्ने सुरक्षा निकायका प्रमुख र अन्य उच्च अधिकारीहरुमाथिपनि कार्वाही होला?

-Sitaram Baral in Kathmandu


   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®