Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पोखराको पृथ्वीनारायण क्याम्पसमा दुई बाम विद्यार्थीबीच झडप, दर्जनौं घाइते



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Face of New Nepal. Police beating a student. Photos: Raj

पोखरा, January 21, 2009- दुई बाम विद्यार्थीबीच भएको झडपका कारण पोखराको पृथ्वीनारायण क्याम्पस तनावग्रस्त भएको छ ।

झडपका क्रममा दुवै पक्षका दर्जनौ विद्यार्थी नेता तथा कार्यकर्ताहरुका साथै सुरक्षाकर्मीहरु समेत घाइते भएका छन् । घाइतेहरुको पोखरास्थित विभिन्न अस्पताल तथा नर्सिङ होमहरुमा उपचार भइरहेको छ। झडपकै क्रममा पृथ्वीनारायण क्याम्पस स्वयुवियु कार्यालयमा आगजनी भएको छ ।

क्याम्पसभित्र पार्किङ गरिराखिएका दर्जनौ मोटरसाईकलहरुसमेत आगजनीको चपेटामा परेका छन् । क्याम्पसका फर्निचर र सूचनावोर्डहरु समेत तोडफोड भएका छन् । स्ववियुमा लगाइएको आगो नियन्त्रणका लागि गएको वारुण यन्त्रमा समेत आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका छन् । शिक्षा शास्त्र संकायमा अध्ययनरत एमाले समर्थित विद्यार्थीहरुको भेलामा क्रान्तिकारीका विद्यार्थीले स्ववियुले भ्रष्ट्राचार भएको आरोप लगाएपछि दुई विद्यार्थी संगठनबीच झडप भएको हो । अहिले वाईसीएल र युथफोस्र समेत झडपमा सहभागी भएपिछ पोखराको वगर क्षेत्र तनावग्रस्त भएको छ । सर्वसाधारणहरु समेतको भागदौड मच्चिएको छ । झडप नियन्त्रणका लागि प्रहरीले केही राउन्ड हवाई फायरका साथै लाठी चार्ज गरेपछि भागदौड मच्चिएको हो ।

न्युज अपडेट

भरखरै प्राप्त जानकारी अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शिवजी गुरुङ र युथ फोस्र एवं प्ररायुसंघका जिल्ला अध्यक्ष जीवन आचार्यको टाउकोमा गम्भीर चोट लागेको छ भने अनेरास्ववियुका अर्का केन्द्रीय सदस्य एवं क्याम्पसका स्ववियु सचिव रश्मि आचार्यको बायाँ हात भाँच्चिएको छ । अन्य आठ जनाको टाउको, हात, छाती र शरीरका अन्य भागमा चोट लागेको छ। अनेरास्ववियुका घाइतेमध्ये एघार जनाको स्थानीय चरक हस्पिटलमा उपचार भइरहेको छ ।
 
त्यसैगरि माओबादी निकट अनेरास्वबियु क्रान्तिकारीका केन्द्रिय सदस्य मदन आले मगर, बसन्त शर्मा, सुवाश पौडेल, जिवन पौडेल, अमरदिप पराजुली लगायत आधादर्जन घाइते भएका छन् ।

त्यसैगरि घटना नियन्त्रण गर्न गएका प्रहरी आठ प्रहरी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य छ। क्याम्पसको होस्टेल पूरै खाली छ । झण्डै दुई सय विद्यार्थीमध्ये १४ जना दृष्टिविहीन विद्यार्थी मात्रै हास्टेलमा छन्।

-Rajbahadur Gurung in Pokhara


Arjun Khanal of Akhil-ANNFSU UML


On Fire! Free Student Union Office.




Arjun Suman of Akhil-ANNFSU-UML.









The vandalized office of Akhil-Krantikari (Maoists).


Nepal Police trying to hit a student. Photos: Raj
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®