Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सुन्दर पोखरा भासिने खतरा कति सत्य?


Pokhara Phewa Lake. Photo: eEyeCam

पोखरा, July 30, 2008- प्राकृतिक सुन्दरता र पर्यावरणीय विविधताले सम्पन्न पोखरा उपत्यका बाहिरबाट अवलोकन गर्दा जति सुन्दर र मनमोहक छ त्यसभन्दा बढी यसको भौगोलिक संरचना र धरातलीय स्वरुप कमजोर रहेको छ ।

पोखराका केही स्थानहरु सम्वेदनशील र कमजोर भू संरचनाका कारण भासिने खतरा भएको विज्ञहरुले बताएका छन् । विभिन्न समयमा भएका अध्ययन र अनुसन्धानले यसको पुष्टि समेत गरेको छ ।

भूगर्भ शास्त्रीहरुले कल्पनै नगरेको स्थानमा समय समयमा जमिन भासिनाले यसको पुष्टि भएको छ । यस्ता घटनाले जनमानसमा सन्त्रास फैलाउने काम समेत गरेको छ । प्रायजसो वर्षादको समयमा अविरल परेको वर्षासँगै पोखरा उपत्यका भित्रका विभिन्न स्थानहरुमा जमिन भासिने गर्दछ ।

पोखरा उपत्यकाको संरचना आफैमा स्थापनाकालीन पृथ्वीको उत्पत्ति हुँदाको बखत नभई करिव १० हजार वर्ष पहिले सेती नदीमा पटक पटक आएको उच्च बाढीले निर्मित भएको विश्वास भूगर्भ शास्त्रीको छ ।

कमजोर भूसतहकै कारण कुनै पनि समयमा जान सक्ने सानो भूकम्पले पनि पोखरा उपत्यकामा गम्भीर क्षति पुग्न सक्ने पृथ्वीनारायण क्याम्पस भूगोल शास्त्र विभागका विभागीय प्रमुख सहप्राध्यापक डा. कृष्ण के. सी. को भनाइ छ ।
  के. सी. का अनुसार पोखरा उपत्यकाको निर्माण तीन तहको संरचनामा आधारित छ । जसमा तल्लाकोट फर्मेसन, घाचोक फर्मेसन र पोखरा फर्मेसन रहेका छन् । यी तीन फर्मेसनले कास्की जिल्लाको माछापुच्छ्रे गाविसको मिश्रापबाट सेती नदीको दायाँबायाँ किनारदेखि तनहूँको रानीपोखरी हुँदै भिमादसम्मको भागलाई समेट्ने गर्दछ ।

तीन संरचनामा रहेको पोखरा उपत्यका ग्रावेलले पुरिएको र ग्रावेल युक्त कङकी्रटलाई चुनयुक्त पदार्थको मिसावटले बाँधेको भूगर्भशास्त्री के. सी. बताउनुहुन्छ ।

चुनयुक्त पदार्थ कङकि्रटमा टाँिसएर रहे पनि त्यस स्थानमा पानी परेपछि चुन पग्लिने र चुन भएको ठाउँमा ससाना प्वाल पर्ने गर्दछ । निरन्तर चुनयुक्त पदार्थ पानीमा घोलिएपछि त्यस स्थानमा प्वालहरु ठूला पर्ने गर्दछन्‌। जमिन भाँसिनुको कारण यही हो ।


Phewa Lake and Machhapuchhre (Mt. Fish Tail). Photo courtesy: PokharaLodge.Com

पोखरा उपत्यकाको भूगर्भभित्र पनि चुन पग्लिएर बनेका यस्ता थुप्रै ठूलाठूला खाली भागहरु रहेका छन् । सतहमा बनाइने ठूला भवनहरु र बेला बेलामा जाने भूकम्पले सो स्थानको जमिन भासिने गर्दछ । पोखरामा सम्वेदनशील रहेका यस्ता क्षेत्रहरुमा रंगशालाको दक्षिण भाग, एसओएस क्षेत्र, रातो पैह्रो, हरियाखर्कको सेती नदीका पूर्वी भाग रहेका छन् ।

यसै क्षेत्रका पश्चिमी भाग पनि जोखिममा रहेको सन् २००० मा जर्मनीको एक संस्था र नेपालस्थित खानी तथा भूगर्भ विभागले तयार पारेको नक्सा जियोलोजिकल म्यापमा पनि देख्न सकिन्छ । उक्त नक्सामा पोखरा उपमहानगरपालिकाका अन्य जोखिम क्षेत्रहरु पनि समेटिएका छन्‌ जसमा विरौटादेखि पश्चिम छोरेपाटन र पार्दी खोलाको वरपरको भाग रहेको छ ।

यी बाहेक नदीपुर, न्यूरोड ढाँड जनप्रिय क्याम्पस र फिर्के वरपरको भाग पनि जोखिममा रहेका क्षेत्र हुन् । यी स्थानलाई जियोलोजिकल म्यापले पनि सम्वेदनशील क्षेत्र भनी जोखिमको सूचिमा राखिसकेको छ ।

पोखरा उपत्यकाको संरचना नै बलौटे माटो र पत्थरको संरचनाले बनेको हुँदा चुनयुक्त पदार्थमा पानी परेपछि चुन पग्लने र प्वाल पर्दै जाने हुँदा घना बस्ती र सानै रेक्टर स्केलको भूकम्पले पनि ठूलो क्षति पुग्ने भूगोलविद् तथा पृथ्वीनारायण क्याम्पस भूगोल विभागका सहप्राध्यापक डा. केदार बस्नेतको भनाइ छ । आवास र औद्योगिक निर्माणले कमजोर भूसतह भएको स्थानमा भार पर्ने, यस्ता निर्माणहरु बनिसकेपछि नाला पानी काट्ने ठाउँ र बलेनीको निकास राम्रोसँग खुल्न नसक्दा सो पानीले भूगर्भको चुन पगाल्ने र सो स्थानमा भासिने बस्नेतले बताउनुभयो ।

अहिले सेती नदी बाढी आउनुपूर्वको १० हजार वर्ष पहिलेको स्थिति सतहमा पुगिसकेको र अब त्यसभन्दा बढी नगहिरिने भूगर्भशास्त्रीहरुको धारणा छ । भाँसिने ठाउँका बारेमा र भूकम्पबाट हुने जनधनको क्षति न्यूनिकरणका लागि बच्न जियोलोजिकल म्यापले छुट्याएका सम्वेदनशील क्षेत्रहरुमा निर्माण कार्य गर्दा सावधानी अपनाउनुपर्ने डा. के.सी. र बस्नेतको सुझाव छ।

पोखरा उपत्यकामा बनेका तालहरु पनि सेतीमा आएको बाढीकै कारण सेती नदीका सहायक खोलाहरुको मुख थुनिएर निर्माण भएको भूगर्भशास्त्रीको भनाइ छ । त्यसरी बाढीले शाखा खोलाहरुको मुख थुन्दा बन्न पुगेका तालहरु पोखरा भित्र नौ वटा रहेका छन् । ती मध्ये दोभान खोला थुनिएर रुपा, स्याङखुदी थुनिएर बेगनास, हर्पन खोला थुनिएर बेगनास लगायतका तालहरु बनेको भूगर्भ शास्त्रीहरु बताउँछन् ।

Dr. Krishna KC and Dr. Kedar Basnet. Photos courtesy: Shribhakta

-Shribhakta Khanal in Pokhara
Khanal is the Executive Editor, Pokhara Awaj Daily
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®