Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
धन्य हुन्‌ ति बन्दुक समाउने हातमा कलम थमाइदिने आमा-बाबाहरु !

As British Gurkha Sergeant & Physical Training Instructor (PTI) Mani Bangdel (3rd from left on 1st row) in Hong Kong. As PTI officer he taught football, volleyball, badminton, swimming, athletics, canoeing, bilgy sailing, rock climbing etc. Photo courtesy: Mani

न्यू योर्क, November 8, 2008- हो, मलायाको लाहुरे बने पछि दुई पटकको छुट्टी त यि लाहुरेले गाउँका तन्नेरी सङ्गी र साँईली-माइलीहरुसँग काउकुती लगाउँदै बिताएका थिए। तर लाहुरे जीबनको २० बर्षपछि अहिले यि लाहुरेले देबकोटा र भानु जयन्तीहरुमा सालानी कबिता लेखेर प्रथम पुरस्कार जित्दै आएका छन्‌। हुन त अझै पनि न्यू योर्कमा बरालिँदै गर्दा गाउँका साँईली-माइलीहरुलाई उनी भुतुक्क हुने गरी सम्झिन्छन्‌। तर उनले अब कवि बनेर साँईली-माइलीहरुका ति यादहरुलाई शब्दहरुमा उन्दैछन्। को हुन् यि प्रतिभाशाली लाहुरे ?

अझ उनको "कलम" नामको कबिता यसपाली न्यू योर्कको महाकवि देबकोटा जयन्ती कबिता प्रतियोगितामा प्रथमसमेत भयो। कहाँको बन्दुक समाउने हात, कहाँको कबिता 'कलम' को। बन्दुक समाउने लाहुरे जीबनबाट आफुलाई कलम समाउने कविको रुपमा स्थापित गर्न सफल यि होनहार रचनाकार हुन्- मणी बाङ्देल ।

जीबनमा ६ पटक कबिता प्रतियोगितामा भाग लिएका यि कविले ५ पटक प्रथम पुरस्कार जिति सकेका छन्।

न्यू योर्कमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले सन् २००७ र २००८ मा आयोजना गरेको महाकवि लक्ष्मीप्रशाद देबकोटा जयन्ती तथा कबिता प्रतियोगितामा यि कविले प्रथम पुरस्कार जितेका छन् भने यस अघी न्यू योर्कमै सन् २००४ मा Alliance for Human Rights & Democracy in Nepal USA ले आयोजना गरेको आदिकवि भानु जयन्ती कबिता प्रतियोगितामा पनि प्रथम पुरस्कार जितेका थिए।

ब्रिटिश गोर्खाज्‌मै छँदा पल्टन भित्रको दुई वटा कबिता प्रतियोगितामा प्रथम भएका मणी बेलायतमा पल्टन बाहिर सन् २००० मा भएको नेपाली कबिता प्रतियोगितामा पनि प्रथम भएको कुरा उनी यसरी सुनाउँछन्- "आफु सेनाको ड्‍यूटी गर्नु पर्ने मान्छे परियो। युकेमा भएको प्रतियोगितामा भाग लिएर प्रथम भएको आयोजक संस्‍थाको नाम नै पल्टनको कामसँगै बिर्सिन पुगिएछ। आफुलाई यती बिध्न कवि भईएला भन्ने हेक्का भएको भए चाँही याद गरिन्थ्यो कि ?"
  तर उनलाई आफ्नो पहिलो प्रतियोगी कबिता प्रथम भएको तिथीमिती चाँही याद छ, उनले भने- "मैले मलायाको जङ्गलमा मिलिटरी त्रेनिङ हुँदा लेखेको पहिलो कबिता सन् १९८९ मा पल्टनले प्रकासित गर्ने 'पर्बते' पत्रिकामा छपिएपछि मलाई लेख्ने प्रेरणा मिल्यो। सन् १९९० मा ब्रुनाइमा पल्टन भित्र भएको 'साहित्य सौगात साँझ' मा मैले 'वीर गोर्खाली' नामको कबिता बाचन गरेको थिएँ। त्यो मेरो जीबनको पहिलो कबिता प्रतियोगिता थियो। भाग्यबस म प्रथम चुनिएँ।"


Mani (center with white half-shirt) as Swimming Teacher & Examiner of Royal Lifesaving Society. He won several medals in breaststroke. Photo courtesy: Mani

उक्त 'बीर गोरखाली' कबिताको केही बान्‍की यस्तो छ:

"स्मरण नरहे कहिं
समयले भुलिदिए पनि
युद्ध इतिहास पल्टाउँदा
शब्द शब्दले बोल्छ
तिम्रो वीरता
ए बीर गोरखाली !
तिम्रो वीरताले संसार थर्काउँदा
सायद तिमि बिस्फोटन्को
अन्धकार भित्र खोजिरहेथ्यौ
आफ्नो अस्तित्वहरु…!"


हो, मणी एक सच्चा गोर्खाली हुन्। तर उनले आफुलाई शब्दका कुना काप्चाहरुमा खोज्न थाले। बारुदको धुवासँगै १७ बर्ष पल्टनमा बिताएका मणीले सन् २००१ मा पेन्सन आउनु पूर्व नै आफ्ना अनुहारहरु कबितामा उतार्न थालेका थिए। उनले सम्झिए ति पल्टनिया दिनहरु र भने- "सन् १९८९ मा प्रकासित पहिलो कबिता "मैले सकिन" पछि मेरा कबिताहरु 'पर्बते' मा हरेक महिना जसो प्रकासित हुन थाले। पर्बतेमा झन्डै ३५ वटा कबिता छापिएका छन्।"

उनको पर्बते पत्रिकामा छापिएको पहिलो कबिता "मैले सकिन" पढ्दा उनले गाउँको स्कुलमा पढ्दै गर्दा कापीका पानाहरुमा कोरेका ति अनगिन्ती कबिताहरु, जो उनले कहिल्यै शिक्षकहरुका सामु देखाउने आँट गरेनन्‌, ति पक्कै पनि कति गुनिला होलान् भन्ने अनुमान लगाउन मुस्किल पर्दैन:

"रोशन बिहिन अंधेरि रातमा
बैगुनि बर्षातले रुझाइ
मुटुको कम्पन छुट्दा
तिम्रो न्यानोपन पाउन सकिन
ति अधर मुस्कान नयनमा आइ
मलिन बोलिको गुंजन
मेरो कल्पना भरि फिजिदा
पखेटा बनाइ उडेर
तिम्रो अंगालोमा आउन सकिन…।"


तर उनलाइ अहिले उतिबेला पर्बतेमा छपाएका ति माया, पिरति र बियोगका कबिताहरु मन पर्दैनन् रे। उनी भन्छन्- "मेरो निकट भबिश्यमा प्रकासित हुने पहिलो कबिता सङ्ग्रह "भावनाका दुइ थोपा" मा ति कबिता राख्दिन।"

"भावनाका दुइ थोपा" उनका सन् २००१ मा लाहुरे जिबनवाट बाहिर आएदेखिन् का कबिताहरुको सङ्गालो भएको पनि मणीले यो पङ्तिकारसंग खुलासा गरे।

सन् २००१ यता हालसम्म उनका जम्मा ५५ वटा कबिता छन्। किन यति थोरै? यो प्रश्नको उत्तर दिदै उनि भन्छन्- "म कबिता किताबमा छाप्नको लागि या लेख्न कै लागि लेख्दिन। मेरो मन छुन पर्छ कुनै पनि कबिता लेख्न। कहिले दुइ दिन मै पनि लेखिन्छ, कहिले महिनौं पनि लेख्‍ने 'मुड' नै बन्दैन। त्यसैले मेरा कबिता थोरै भएका हुन्।"

त्यसो त उनले कबिता मात्र होइन गीत पनि लेख्ने जमर्को गरेका छन्। उनको एउटा गीतमा मणी फेरि पुग्छन् उहि गाउँ, अनि उहि मायालुहरुको तिर्सना।

गीतले भन्छ:

"मैले तिम्रो मुहार देखें रातभरी सपनीमा
तर तिमि धेरै टाढा खुल्दा नयन बिपनीमा

बिछोडिनु मन थिएन पिरतिको जवानीमा
तर जीवन फँसी गयो गरिवीको भुमरीमा

तिमि मलाइ पर्खि बस दियो बालि अंधेरीमा
म लिन फर्कि आउँछु त्यहि पुरानो पंधेरीमा
मैले तिम्रो मुहार देखें…।"


Poet Mani Bangdel at Mahakabi Laxmiprasad Devkota Centenary Poetry Competition in New York organized by International Nepalese Literary Society on October 25, 2008. Photos: eEyeCam

अब कुरा गरौं 'कलम' कबिताको। यो कविताले न्युयोर्कमा गत अक्‍टोबर २५ तारिखमा सम्पन्न देवकोटा सतवार्षिकी कविता प्रतियोगितामा प्रथम स्थान पाएको थियो । उक्त मीठो र सार्गर्भित कविता पढ्दा मणी बाङ्गदेल "सागर” एक जमानामा आर्मीको सर्जेन्ट, शारीरिक खेल प्रशिक्षक र बोडी विल्‍डर थिए होला जस्तो लाग्दैन:

"म नभएको भए
बिना बाइबलको चर्च
न धोमा गुम्बामा
ताउरत बिना रित्तो सिनागग
मस्जिद हुने अधुरो नभएर कोरान
कुन मन्दिरमा देख्न पाउनु
गीता, वेद र पुरान

म भएर आज
आचार्य, भट्ट र देवकोटा
रामायण काब्य महाकाब्यमा हाँसेको छ
सदियौं भयो आर्यघाटमा जली
बाग्मतिमा बगेको
र पनि साहित्य प्रेमीहरुको
आँखामा अझै बाँचेको छ

म नभएको भए
भोलि आएर आज
आज गएर हिज हुँदैनथियो
मदन, मज्नु र रोमियोका
प्रेम पत्रहरु भावनामामात्र
दन्दनि दन्किन्थ्यो
बीरहरुको बीरता
दन्ते कथामा थन्किन्थ्यो


म भैदिनाले आज
मूना, लैला र जुलीयटका त्याग
प्रेमिका शब्दमा बुनेको छ
बलभद्रको खुकुरी आजपनि
उस्तै चम्केर घुमेको छ

म नभएको भए
बतासले अनगिन्ति
सपना उडाएका मनहरु
प्रतिक्षाको दुरी
नछोटिएका तनहरु
बिछोडीएका प्रीत
अचानक भेट भएका क्षणहरु
छरपस्टिदैनथ्यो
यो श्वेत पानाहरुमा


म भएर आज
भक्कानो फुटाएर
रुन्छन् बिछोडहरु
मुस्कान खिल्खिलाएर
हाँस्छ मिलनहरु
सत्यता लुक्दैन
अपराध आफै बोल्छ
यहि श्वेत पानाहरुमा

म नभएको भए
सुम्निमाको दर्शनमा
जन्मदैनथियो सेतो बाघ
न फुल्थे सिरिसका फुलहरु
न छरिन्थे यी खालिखालि पानाहरुमा
साहित्यका बीउहरु…!"


यस्ता गुनिला कबिताहरुका रचनाकार मणी ईलामको शान्ती डाँडा वाफ्रुङ गाउँमा सन्‌ १९६६ अक्‍टोबर २० मा जन्मेका थिए। कलेजको मुख देख्दानदेख्दै १७ बर्षको उमेरमा सन्‌ १९८५ को जनवरीमा ब्रिटिश गोर्खा सेनाको १० गोर्खा राइफल्समा भर्ती भएका थिए। यसरी उनले आफ्नो कलिलो जवानी पल्टन मै बिताए अर्को १७ बर्षसम्म। उनी भन्छन्‌- "मेरो मन कहिले पनि पल्टनको चौघेरा भित्र मात्र रहेन।"

हुन पनि उनी असलमा कवि हुन्‌। भनिन्छ, जहाँ पुग्दैन रबी (सुर्य) त्यहाँ पुग्छ कवि- उनी हुन् त्यस्ता, कहाँ मन पराउँथे र ! पल्टनको रमझम र रवाफ।

उनको जम्मै परिवार नेपाल मै रहेछन्। उनकी श्रीमती पमी र कान्‍छो छोरो युनिस यिनका आमा-बाबा (खड्‍गबहादुर बाङ्देल राइ-डम्बरकुमारी राइ) सँग बिर्तामोड, सुन्सरीमा बसोबास गर्दा रहेछन् भने १४ बर्सिय जेठो छोरो बिशान्त चाँही बेलायतमा पढ्दै रहेछन्। आफ्नो ब्रिटिश गोर्खाको नोकरीको कारण परिवारलाई बेलायत लग्न पाए पनि मणीले न्यू योर्कलाई नै आफ्नो कर्म थलो बनाएको बताए।

मणी अब लाहुरे मणी रहेनन्। साहित्यका मोती पो बन्न पुगे। तैपनि मेरो "वीरहरुका पनि वीर महावीर" पुस्तकको 'लाहुरे र हाम्रो परम्परा' शिर्षकबाट एउटा गीत उधृत गर्न मन लाग्यो-"

मलायाको लाहुरेले बैना मार्यो होला कि,
यो नानीको झम्के बुलाँकी ।"


र, मणीले पनि बाचा गरेका छन् ति नानीलाई-

"तिमि मलाइ पर्खि बस दियो बालि अंधेरीमा
म लिन फर्कि आउँछु त्यहि पुरानो पंधेरीमा ।"


अब हेर्नु छ, बिगत ४ बर्षदेखी अमेरिका मै बरालिएका मणी कहिले फर्किने हुन् गाउँको त्यो पंधेरीमा?

-Pradeep Thapa Magar in New York. Comments? 551-358-7726

 

Poet Mani Bangdel receiving award from Nepalese Permanent Representative to the United Nations (UN) Ambassador Madhuran Acharya after winning the first prize in poetry at Mahakabi Laxmiprasad Devkota Centenary Poetry Competition in New York organized by International Nepalese Literary Society on October 25, 2008. This is his 2nd consecutive win in New York. Photos: eEyeCam


Mani Bangdel with winners of Children poetry competition Pragya Sapkota, 3rd prize winner (L), Anupama Sapkota, 1st prize winner (R) and Anisha Rayamajhi, 2nd prize winner (Center) at at Mahakabi Laxmiprasad Devkota Centenary Poetry Competition in New York organized by International Nepalese Literary Society on October 25, 2008. Photos: eEyeCam



Mani is a dedicated bodybuilder too. He won 2nd award in Brunei in 1999. Photos courtesy: Mani

Read his poetry which won 1st prize in New York in 2007:
» कविता: मेरो मातृभूमि र मातृत्वको काख

Read related news written by Pradeep Thapa:
» Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music (5 Photos)
» भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के गर्दैछिन्‌? (5 Photos)
» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा! (16 Photos)
» न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos)-Pradeep Thapa Magar
» नेपालकी राजकुमारी न्यू योर्कमा के गर्दैछिन्? (12 Photos)-

» "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
  नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos)
» "मोहनी लाग्ला है गाउँलेको भाकाले..."  (5 Photos)
  प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
» Teej special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराल (21 photos)
 Women’s Commission releases landmark report on refugees with disabilities:
» Voice of 3.5 million people with disabilities among the world’s 35 million displaced people


  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®