Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पी.एन. क्याम्पसको स्ववियू चुनाव मतगणना अझै अनिश्चित

पोखरा, 29 Mar, 09- शान्तिपूर्ण रुपमा स्ववियू चुनाव सकिएकेा १० दिन वितिसक्दापनि पृथ्वीनारायण कलेज पोखराको मत गणना सम्पन्न हुन सकेको छैन ।

सत्ताधारी प्रमुख दुई दलका भातृ संगठनहरुले आ-आफ्नै स्वार्थका डम्फू बजाइ रहनाले जनमतको व्यापक अनादर भएको विद्यार्थी र पर्यवेक्षकहरुले असन्तुष्टि जनाएका छन् ।

स्थापना कालदेखि अपराजित रहेको एमाले विद्यार्थी संगठन अनेरास्ववियू र सरकार प्रमुख दल माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारी बीच आफ्नो वर्चस्व कायमे गर्न, मतगणना गर्ने र नगर्ने बीच तनाव उत्पन्न भएपछि रोकिएको मतगणना अनिश्चित बन्दै गएको छ । मतगणना गर्दा अनेरास्ववियूले अग्रता कायम गरेपछि क्रान्तिकारीले कर्मचारीको टिपोटमा भएको सानो गल्तीलाई निहुा बनाएर पुनः मतदान गर्नुपर्ने हचुवा मुद्दा उठाएर भाडभैलो मच्चाएकेा छ भने अनेरास्वयिू पुनः मतगणना गर्नुपर्ने तर्क अघि सारेपछि यहा बसेको स्थानीय सर्वदलिय वैठकले समेत ठोस निर्णय लिन नसकेपछि मत पेटीका जिल्ला प्रहरी कार्यालय कास्कीको कव्जामा राखिएकेा छ ।

क्रान्तिकारीले मतगणना गरेमा जेपनि हुन सक्ने भन्दै धम्की दिएपछि क्याम्पस प्रमुख पशुपतीनाथ तिमिल्सना र निर्वाचन अधिकृत देवनारायण सुतिहारले राजनीनामा दिएपछि विद्यार्थी मत अझ धरापमा पर्दै गएकेा छ । नवनियूक्त क्यामपस प्रमुख पनि दुई संगठनको चेपुवामा परेका छन् । निरिह स्थानीय प्रशासन र राजनीतिक संयन्त्र निकम्वा सावित भएका छन् ।

देशकै दोस्रो ठूलो क्याम्पसको रुपमा कहलिएकेा पी.एन.क्याम्पसमा यो चुनावमा ८५८० मत खसेको थियो । जसरी पनि जित्नै पर्ने सर्कूलर पाएकेा अखिल क्रान्तिकारीले पार्टीको बजेटबाट झण्डै १२ सय जनाको सम्पूर्ण शुल्क बेहोर्दै भर्नागरेका थिए भने अनेरास्ववियूले पनि आफ्नो वर्चस्व कायमै राख्न कुनै कसर बाकी राखेको थिएन ।

राज्यसत्ता सञ्चालन गर्ने एकाकार भएका दुइृ बामपन्थी दलहरु एउटा क्याम्पसको विद्यार्थ यूनियनमा पद हत्याउन यत्रो वितण्डा गर्न उद्धत रहेका छन् ।

त्यस्तै बुटलमा वाइ.सी.एलका जिल्ला इन्चार्ज सुजित वि.क.को नेतृत्वमा आएको जत्थाले युथफोर्सका जिल्ला सदस्य प्रचण्ड थैवको गोली हानी हत्या गरेको भन्दै त्यसको प्रतिकारमा एमालेको सिङ्गो शक्ति बुटबल केन्द्रीत भएको छ भने माओवादी पक्षबाट पनि एमाले विरोधी प्रतिरक्षात्मक कारवाही भन्दै वाइ.सि.एल. र सैना मैनाका लडाकुहरुलाई सडकमा उतारेको छ । सत्ताबाट बाहिरिने चेतावनी सहित सडकमा आएकेा शोकमग्न एमालेलाई अवध राज्य इन्चार्ज देवेन्द्र पौडेलले शसक्त प्रतिकार गर्न तयार रहेको जवाफ दिएका छन् ।

देश बनाउनेहरु नै रणभूमिमा उत्रिएपछि जनताको विचल्ली त भयो नै देश नै गृहयुद्धको चपेटामा होमिने खतरा सत्ताधारी दलहरुबाटै उब्जिएको छ ।

-Rajbahadur Gurung in Pokhara
   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®