|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्रीले नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने प्रधानमन्त्री 'प्रचण्ड' पुगे कोईरालाको नीजि निवासमा काठमाडौँ, September 13, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणको पूर्व सन्ध्यामा भ्रमणको एजेण्डाबारे तीब्र छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूत राकेश सूदबीच भदौ २८ गते भारत भ्रमणबारे छलफल भएको छ । भेटवार्तामा नेपाल र भारतबीच विभिन्न चरणमा भएका सन्धि सम्झौताबारे छलफल भएको छ । प्रधानमन्त्रीसितको भेटपछि भारतीय राजदूत सूदले भारत भ्रमणका बेला सन् १९५० को सन्धीदेखि कोशी सम्झौता लगायत समग्र सन्धी सम्झौता बारे विस्तृत छलफल हुने जानकारी दिए । भारत भ्रमणको तयारीका बारेमा छलफल भएको सूदले पत्रकारहरुलाई बताए । यसैबीच भारत भ्रमणका एजेण्डा ठोस रुपमा तय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले परराष्ट्रमन्त्री, मुख्य सचिव, परराष्ट्र सचिव सल्लाहकार लगायत पदाधिकारीहरुसित छलफल गरेका छन् । भेटपछि परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक विश्वास बढाउनका लागि हुन लागॆको जानकारी दिए । यादवले प्रधानमन्त्रीको सद्भाव भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध सुदृढ हुने विस्वास व्यक्त गरे । सिंहदरबार स्थित प्रधामन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री वामदेव गौतम र एमाले महासचिव झलनाथ खनालसित छलफल गरेका छन् । भेटपछि एमाले महासचिव झलनाथ खनालले प्रधानमन्त्रीको सद्भाव भ्रमणमा विशेष रुपमा कोशीको बारेमा छलफल हुने बताए । खनालले प्रधानमन्त्रीसितको भेटमा दुई दलबीच देखिएको कटुताबारे पनि कुराकानी भएको जानकारी दिए । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा आफूले कुनैपनि नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन । जल तथा उर्जा उपभोक्ता महासंघको टोलीसँगको भेटमा प्रधानमन्त्रीले विगतका सरकारले जस्तै गल्ती आफूले नगर्ने प्रतिवद्धता जनाएका हुन् । जलस्रोतका विषयमा भारतीय रणनीति थाहा पाएकाले आफ्नो भ्रमणमा कुनै सम्झौता नहुने प्रधानमन्त्रीले बताएको भेटमा सहभागी जल तथा उर्जा उपभोक्ता महासंघका संयोजक रतन भण्डारीले युएलनेपाल अनलाइनलाई जिनाकारी दिए। जल तथा उर्जा उपभोक्ता महासंघले राष्ट्रहित विपरितका सबै सन्धि सम्झौता खारेज गर्न तथा सीमा अतिक्रमण र कोशी पीडितलाई क्षतिपूर्ति दिलाउन पहल थाल्न प्रधानमन्त्रीसँग अनुरोध गरेको छ । यसै बिच, प्रधानमन्त्री 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाबीच भेटवार्ता भएको छ । भारत भ्रमण जानु अघि प्रधानमन्त्रीले भ्रमणका विषयमा भदौ २८ गते कोईरालाको नीजि निवासमै पुगेर छलफल गरेका हुन् । |
|
|
प्रचण्ड प्रधानमन्त्री भएपछि दुई नेताबीचको यो पहिलो भेट हो । भेटपछि
प्रधानमन्त्री प्रचण्डले लामो शासन अनुभव रहेका कोईरालासँग भ्रमणबारे आफूले
सुझाव लिएको जानकारी दिए । छलफलका क्रममा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री कोईरालाले सद्भाव भ्रमण भएकोले मुलुकलाई दुरगामी प्रभाव पार्ने खालका सन्धि सम्झौता नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणमा जानु अघि सरकार सम्बद्ध दल वाहेक प्रमुख प्रतिपक्षी दल, काँग्रेस, तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा माले लगायतका दलसँग छलफल गरी सकेका छन् । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||