|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राष्ट्रिय मेलमिलाप दिवसमा प्रधानमन्त्री प्रचन्डले बीपीलाई सम्झे |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नयाँ समिकरण: 'माओवादीदेखि कांग्रेस नतर्स कांग्रेसदेखि माओवादी नझस्क' BP Koirala. Photos courtesy: BP Memorial Museum काठमाण्डौं, December 31, 2008- सत्तारुढ नेकपा माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीचको दुरी दिनप्रति बढिरहेका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' ले कांग्रेसीजनहरुको मन जित्ने अनौठो तरिका अपनाएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व स्व. बीपी कोइरालाको नाममा स्थापना गरिएको ऐतिहासिक संग्रहालयको अबलोकन तथा संग्रहालयलाई सरकारको तर्फबाट आवस्यक सहयोग दिने बताएर उनले नेपाली कांग्रेसको मन जित्ने प्रयास गरेका हुन् । पुष ६ लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । 'पन्चदेखि कांग्रेस नतर्स कांग्रेसदेखि पन्च नझस्क' भन्ने राष्ट्रिय एकता र मेलमिलापको नाराका साथ विसं २०३३ मा बीपी कोइराला सशस्त्र संघर्ष र भारत प्रवास छाडेर नेपाल फर्केका थिए । यसै उपलक्ष्यमा कांग्रेसले त्यसयता यस दिनलाई दिवसको रुपमा मनाउँदै आएको छ । यस्तो नारा दिएपनि ३३ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा कांग्रेस र माओवादीको सम्बन्ध भने निकै तिक्ततापूर्ण भैसकेको छ । पटकौं पटक भएका वार्तापछिपनि कांग्रेससँग सम्बन्ध सुध्रन नसकिरहेका बेला काठमाडौंको सुन्दरीजलमा रहेको बीपी संग्रहालयको अवलोकन गर्न राष्ट्रिय मेलमिलाप दिवसको पूर्व सन्ध्यामा प्रधानमन्त्री प्रचण्ड पुगे । ०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालालाई प्रधानमन्त्रीबाट अपदस्थ गरिएपछि त्यहाँ रहेको सेनाको 'गैंडा गस्ती' कार्यालयमा बीपी, गणेशमान िसंह, दिवानिसंह राई, रामनारायण मिश्र लगायतका कांग्रेसका बरिष्ठ नेताहरुलाई थुनिएको थियो । व्यारेक २०६० सालमा सेनाबाट सरकारले किनेर बीपी संग्रहालय बनाइएको थियो । २०६१ भाद्र २४ गते कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेपनि संग्रहालय अझै पूर्ण रुपले तैयार भैसकेको छैन । त्यहाँ बीपीसँग सम्बन्धित उपलब्ध भएसम्मका सामाग्रीहरु राखिएका छन् । बीपीका जीवनकालका सयौं फोटाहरुमात्र होइन उनी मरेपछि जलाएर बाँकी रहेको अस्तुसमेत त्यहाँ संग्रहित गरिएको छ । ती सबै सामाग्री प्रदर्शनीयोग्य बनाउनकालागि भवनमा रंगरोगन कार्य जारी राखिएको छ । साथै बीपीसँग सम्बन्धित अन्य सामाग्रीहरुपनि संकलनको क्रममा छ । |
|
|
BP Koirala. Photos courtesy: BP Memorial Museum संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले कामदारहरु लगाएर रंगरोगन लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्ड अकस्मात संग्रहालयमा पुगेका थिए । विना कुनै खवर प्रधानमन्त्री आइपुग्दा अध्यक्ष पोखरेललयायत अन्य काम गरिरहेकाहरु आश्चर्यमा परेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष पोखरेलले संग्रहालयको अवलोकन गराएका थिए । आउने चिताउँदै नचिताइएका प्रधानमन्त्री यसरी अचानक आइपुग्दा संग्रहालयसँग सम्बन्ध व्यक्तिहरु जति खुसी थिए त्यहाँ रहेका बीपी कोइरालासँग सम्बद्ध सामाग्री हेर्न पाउँदा प्रधानमन्त्रीपनि उत्तिकै खुसी देखिएका थिए । जानकारी अनुसार संग्रहालयका अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले बीपीको उच्च मूल्याङ्कन गर्नुका साथै नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपीले पुर्याउनु भएको योगदानको मुक्त कण्ठले प्रसंशा गर्नु भएको थियो । साथै आर्थिक अभावमा रहेको संग्रहालयलाई सरकारको तर्फबाट सक्दो सहयोग दिने बचनपनि उहाँले दिनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले गरेको संग्रहालयको अवलोकन र बीपी संग्रहालयकालागि दिएको सहगोगको बचनले माओवादी र नेपाली कांग्रेसबीचको सम्बन्ध सुध्रने आशा माओवादीले गरेको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||