Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 


Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीदेखी मन्त्रि का मन्त्री कोशी बाँध भत्‍केको हेर्न ताँती
ब्रम्‍हलुट ! लाखौंको हेलिकोप्‍टर खर्च राहतमा लगाउने खोइ को?

काठमाडौं,  September 1, 2008- नेपालमा जसरी कुनै देशमा प्रधानमन्त्रीदेखी मन्त्रीका मन्त्री कुनै घटनाको स्थलगत भ्रमण गरिदैन। यो सबै नौटङ्की मिलिजुली दलको सरकारको कारण हो किनभने सबका सब नेतालाई दुई बर्ष भित्र यि 'निरि'ह जनताको 'शक्तिशाली' भोट चाहिन्छ सत्तामा पुग्न।

बाढी प्रभावित क्षेत्रमा राहत भन्दा मन्त्री र उच्चपदस्थ अधिकारीहरु धेरै पुग्न थालेपछि उपलब्ध राहत वितरणमा समेत कठिनाई उत्पन्न हुन थालेको छ । उच्च पदस्थ सरकारी अधिकारीहरुको भ्रमणकाकारण राहत वितरण गर्ने अधिकारीहरु राहत वितरणभन्दा उनीहरुको स्वागतमा व्यस्त हुनुपरेको गुनासो गर्न थालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सप्तकोशी बाँध फुटेपछि आएको बाढीले पूर्व-पश्चिम राजमार्गको सडक अवरुद्ध पारेकाले विकल्प खोज्न पहल थालिएको बताएका छन् । सोमबार उद्योग संगठन मोरङका प्रतिनिधिमण्डसँगको भेटमा उनले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उता नवनियुक्त गृहमन्त्री बामदेव गौतम मंगलबार कोशीको बाँध पीडित क्षेत्रमा जाने भएका छन् ।

केही साताअघि सुनसरीको पश्चिम कुशाहामा सप्तकोसी नदीले स्पर कटान गरी सुनसरी जिल्लामा पसेपछि राजमार्ग अवरुद्ध भएकाले सरसामान ढुवानी तथा निर्यातका लागि समस्या भएको जनकारी गराएको थियो । संघले कोसी कटानका कारण महेन्द्र राजमार्ग अवरुद्ध भएका कारण कांकडभिट्टा नाकाबाट सामान ढुवानी गर्न पाउनुपर्ने माग गरेको छ ।

यसका साथै पूर्वान्‍चललाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न संघले आग्रह गरेको छ । संघले प्रधानमन्त्रीसँगको भेटघाटका क्रममा जोगवनी-रक्सौल नाकामा रेलसेवा सन्‍चालन गर्न सकिए त्यस क्षेत्रका बासिन्दा तथा उद्योगी व्यवसायीहरुलाई सुविधा पुग्ने भन्दै रेलमार्गको प्रस्ताव गरेको थियो । भेटमा प्रधानमन्त्री दाहालले यस विषयलाई चासोका साथ लिएर तत्काल समस्या समाधानका लागि पहल गर्ने आस्वासन दिएका थिए ।

सप्तकोसी नदीका कारण अवरुद्ध भएको बाटोलाई तत्काल सन्‍चालनमा ल्याउनका लागि तत्काल तत्कालै ४-५ स्थानमा 'बेली तथा बेलुन बृज' निर्माण गर्नपनि संघले सरकारसमक्ष अनुरोध गरेका छ । बाटो बिग्रिएपछि हाल पूर्वान्‍चलका उद्योगहरुबाट सरसामान निकासीमा ६५-७० प्रतिशत कमी आएको छ ।

संघले पूर्वान्‍चलमा परेको यातायात समस्या तथा शान्ति सुरक्षाको दुरावस्थाका सम्बन्धमा सार्वजनिक जानकारी गराएको हो । उद्योग संगठनको मोरङको प्रतिनिधि मण्डलले आजै गृह मन्त्रालयलाई त्यस क्षेत्रको सुरक्षा अवस्थाका सम्बन्धमा जानकारी गराएको छ । बढ्दो चन्दा आतंक र कमजोर सुरक्षा अवस्थाका कारण त्यसक्षेत्रका उद्योगी व्यववसायीहरुले भयपूर्ण जीवन गुजार्न बाध्य हुनु परेको भन्दै त्यसप्रति खेद व्यक्त गरेको छ ।
  कार्यक्रममा बोल्दै सभासद् मोति दुगडले पूर्वान्‍चलको सुरक्षा अवस्था कमजोर रहेकोले गृहप्रशासनले त्यससम्बन्धमा ध्यान दिनुपर्ने बताए । उनले विराटनगरको सुरक्षा अवस्था अहिले वीरगन्‍जको भन्दा धारासायी बन्दै गएको बताए । उता गृहमन्त्री गौतमको त्यसक्षेत्रमा जाने कार्यक्रम भोलिकालागि तय भएको छ।

-Sitaram Baral in Kathmandu
 
Read our related news:
» नेपाल-भारतबीच कोशी योजना सम्झौतामा के छ?
» प्रधानमन्त्रीदेखी मन्त्रि का मन्त्री कोशी बाँध भत्‍केको हेर्न ताँती
  ब्रम्‍हलुट ! लाखौंको हेलिकोप्‍टर खर्च राहतमा लगाउने खोइ को?
» कोशी बाँध वाढीबाट विस्थापित हुनेको संख्या एक लाख नाघ्यो (4 photos)
»
कोशी बाँध भत्कने क्रम बढ्‍दो: 'सम्झौताअनुसार भारतले मर्मत र सुरक्षा गर्नुपर्छ' -मन्त्री गुप्ता
»
कोशी सम्झौताअनुसार मर्मतको जिम्मेवारी भारतले लिनु पर्ने
» भारतको हेपाहा प्रवृत्ति र नेपालको सरकारी गैरजिम्मेवारीका कारण जनता विपत्तिमा परेको आरोप
» बाँध टुट्‍दा बिस्थापितहरुको संख्या ६० हजार नाघ्यो (3 photos)
» असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित

  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®