
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
गिरिजा बाबुको आक्रोशबाट प्रचन्डको सहमतिमा चल्ने सङ्कल्प
काठमाण्डौ, 31 Jan, 09-
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको सरकार
अधिनायकवादी शैलीमा प्रस्तुत भएको तथा सहमती र सहकार्यको विपरीत हिडेको
आरोप लगाएको भोलिपल्ट प्रधानमन्त्रीले नयाँ संविधान निर्माण र सेना
समायोजनमा सबै दलसँग सहमति गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शन्तिप्रकि्रया, संविधान निर्माण र आर्थिक विकासका विषयमा यूरोपेली
युनियनका सदस्य राष्ट्रका राजदुतहरुसँग माघ १८ गते प्रधानमन्त्री निवास
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सबैदलसँग मिलेर जाने र पूर्व
सहमति अनुसारनै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । सेना समायोजन विशेष
समितिले पूर्णता पाएर पहिलो बैठक पनि बसिसकेकोले थप प्रकि्रया पनि अघि
बढ्ने प्रधानमन्त्रीले उल्लेख गरे ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हीराबहादुर थापाका अनुसार
राजदुतहरुले सेना समायोजन र नेपाली सेनाको भर्ती प्रकि्रयामा देखिएको
विवादबारे जिज्ञासा राखेका थिए । राजदुतहरुले सेना र सरकारबीच तथा दलहरुबीच
देखिएको विवाद छिटो टुंग्याउन सुझाव दिएका छन् । सेना समायोजनको कामलाई
छिटो टुंग्याएर अनमिनको म्याद फेरि थप्ने अवस्था आउन नदिन राजदुतहरुले
आग्रह गरेको सल्लाहकार थापाले जानकारी दिए । नेपालको विकासमा सहयोग गर्न
तयार रहेको बताउँदै यूरोपेली राजदूतहरुले शान्ति सुरक्षाको अवस्थाप्रति भने
चिन्ता व्यक्त गरेका छन् ।
-Santa Bagam in Kathmandu
|
|