|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए" Karma G. Sherpa, Chairman, FIPNA, Ambassador Madhurama Acharya, Prime Minister Prachanda and his wife Sita Dahal. Photos: eEyeCam न्यू योर्क, September 27, 2008- हिजो साँझ र आज दिउसो न्यू योर्क शाहरमा डाकिएको दुई भिन्दाभिन्दै कार्यक्रमहरुमा नेपालका गणतन्त्र प्रथम निर्बाचित प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचन्ड' ले अमेरिकि नेपालीहरुको मन जितेरै छाडे। नयाँ नेपालको निर्माण गर्न सबै नेपालीको उत्तिकै योगदान हुने बताउँदा जती सम्बेदनशील देखिन्थे प्रधानमन्त्री प्रचन्ड उत्ती नै हँसिलो रुपमा ३ बर्ष अघीसम्म आफ्नो टाउकोको मुल्य ५० लाख तोकिएको र आफुलाई राक्षसको रुपमा प्रस्तुत गर्नेहरु नै अहिले उनको सामिप्यमा आउन र भेट्न आतुर बन्न थालेको बताउँदा उपस्थित नेपालीहरुमा हाँसोको लहरो घर्कीन्थ्यो। न्यू स्कुलमा हिजो साँझ राखिएको कार्यक्रममा बिदेशीहरुलाई समेत नेपालमा सहयोग गर्नु पर्छ भन्ने प्रभाब पर्न सफल प्रधानमन्त्रीले कुटनैतीक भाषालाई पनि हस्यौलो पाराबाट प्रस्तुत गरेर सबैलाई दङग पारे। एक श्रोताको "अमेरिकाले कम्युनिस्ट याने कि 'लेफ्ट'लाई किन मन नपराउने होला ?" भन्ने प्रश्नको जवाफ दिदै उनले भने "किनभने हामीहरु लेफ्ट हौं उनीहरु राइट हुन्।" यता न्यू योर्क शहरमा कृयाशिल ८ नेपाली संघ संस्थाहरु Adhikaar, Alliance for Democracy & Human Rights in Nepal, Association of Nepali Terain in America, America Nepal Friendship Society, Federation of Indigenous Peoples of Nepal in America (FIPNA), Nepal American Society of Oppressed, Nepalese Democratic Youth Council र United Nepalese Democratic Forum ले सङ्युक्त रुपमा आज आयोजना गरेको अन्तर्कृया कार्यक्रममा नेपालीहरुलाई नेपाल फर्किने र केही योगदान पुर्याउने सङ्कल्प गर्न प्रेरित गर्न प्रधानमन्त्री प्रचन्ड पूर्ण सफल भए। |
|
|
Prime Minister Prachanda sharing lighter moment with American Nepalese. प्रधानमन्त्रीले सम्बोधन गर्नु अघी ६ वटा नेपाली प्रतिनिधि बक्ताहरुको निर्धारित समयभन्दा लामो मन्तब्य, अर्ती, उपदेश र आग्रह सुने पछि तालीको गडगडाहटमा प्रधानमन्त्रीले भने "तपाईंहरुको उपस्थिती र उत्साह देखेर मलाई नयाँ नेपालको निर्माण प्रकृयामा थप उर्जा मिलेको महसुस भएको छ।" तर बाक चतुरतामा पोख्त प्रचन्डले छड्के हाने-" भर्खरै मैले केही संघ सङ्स्थाहरुको प्रतिनिधित्व गर्ने साथीहरुबाट आफ्ना भनाइहरु सुने। मन मनै बिचार गरें-साथिहरु अमेरिका बस्ने खालको हुनुहुदो रहेन छ। नेपालै जानु पर्ने, संबिधान सभाको चुनाबै लड्नु पर्ने र प्रधानमन्त्री पनि आँफै हुनु पर्ने जस्तो लाग्यो।" प्रधानमन्त्री प्रचन्डले अझ मजाकिलो पाराबाट अगाडि भने- "तपाइहरुले कुरा गर्ने हैन अब काम गर्ने भन्नु भो। मन मनै सोचें भाषण नै नगरि हिडौं क्यारे। (हा..हा..हा..दर्शक)" प्रचन्डले थप भने- "मेरो काम भनेको बोल्ने काम लिएर आएको छु अहिले।" (...फेरी हासो) "...नबोली हिडौं भने फेरी काम नगरि हिंडेको हुने।" हुन पनि आयोजकहरुले प्रधानमन्त्रीको मन्तब्य पछि दर्शक दीर्घा र प्रम बिच आधा घण्टाको प्रश्न-उत्तर कार्यक्रम राखिने बताएका थिए। त्यो समयको अभाबले गर्दा प्रश्न-उत्तर हुन सकेन। तर उपस्थित नेपालीहरु प्रधानमन्त्रीको भाषणबाट खुशी भएको कारण कसैले पनि प्रश्न-उत्तर कार्यक्रम नराखेकोमा दुखेसो गरेनन्। कार्यक्रमका उद्घोषक अनिल शाहीले यो पन्क्तिकारलाई फोनमा भने "हामीले प्रधानमन्त्रीज्युको भाषण पो सुन्नु पर्थ्यो। तर हाम्रा साथीहरुले ५ मिनटको समयलाई बास्तै नगरि ८, १० मिनट समय खाइ दिए।" तर नेपाली प्रतिनिधि बक्ताहरुले बोलेका कुराहरुले दर्शकहरुको ताली नखाएको भने होइन। प्रमोद सिटौलाको जोसिलो भाषण र डा. बिनोद शाहको चुस्त मन्तब्यले खुबै ताली खायो भने उता नर्बदा क्षेत्रीको 'मंगलम पुन्डरिकाक्ष्य मंगलम तनोहरी' प्रार्थनासंगै "जगदम्बा" को समानताको माग गरिएको कुरो घत लाग्दो थियो। उनकोअनुसार 'जगदम्बा' को अर्थ चाँही भगवान नभएर ज- जनजाती, ग- गरिब, द- दलित, म- महिला, र बा- बाल्बालिका हो। उसो त, मुना बेल्बासे, सिता खरेल, धर्म विश्वकर्मा र निमा टेण्डु शेर्पाको मन्तब्य पनि को भन्दा को कम थिएन। कार्यक्रम FIPNA का अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो। साथै कार्यक्रममा हिमालय फाउन्डेसनका यज्ञलाल श्रेष्ठ र धर्म विश्वकर्माले कोशी बाढी पीडितको लागि एक, एक हजार अमेरिकि डलर अनुदान प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। ![]() UN General Secretary Ban Ki-moon and Prime Minister Prachanda. Photo courtesy: UN Photo courtesy: Evan Schneider नेपाली कार्यक्रममा आउनु अघी आजै दिउसो प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघका महासचिब बान कि-मुन र पाकिस्तानका राष्ट्रपति असिफ अली जर्दारीसँग भेट गर्नु भएको थियो । यस अघी September 22 मा प्रधानमन्त्री प्रचन्डले अमेरिकि राष्ट्रपति जर्ज डब्ल्यु बुशद्वारा विश्वाभरका राजनेताहरुको सम्मानमा आयोजित स्वागत समारोहमा राष्ट्रपति बुशसँग भेटबार्ता गर्नु भएको थियो। भोली बिहान (September 28) प्रधानमन्त्रीले युएस नेपाल अनलाइन लगायतका न्यू योर्कमा कृयाशिल प्रिन्ट र अनलाइन मिडियाका प्रतिनिधिहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ। भोली नै साँझको लुफ्थान्सा एयरबाट प्रधानमन्त्री युरोप हुँदै नेपाल फर्किनु हुने छ। Prime Minister Prachanda saying Goodbye to American Nepalese. Photos: eEyeCam प्रधानमन्त्री प्रचन्ड संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभामा भाग लिन यही २२ सेप्टेम्बर बिहान न्यू योर्क आइ पुग्नु भएको हो। प्रधानमन्त्रीले September 25 मा सहस्राव्दी विकास लक्ष्य (UN Millennium Development Goals) का सम्बन्धमा डाकिएको उच्चस्तरीय कार्यक्रम Poverty and Hunger (गरिबी र भोक) सम्बन्धी गोलमेचमा र September 26 बिहानको General Assembly सेसनमा संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गर्नु भएको थियो। भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी सीता दाहाल, प्रम पुत्र प्रकाश दाहाल, प्रम प्रमुख सल्लाह्कार हिराबहादुर थापा, स्वकीय सचिव शक्तिबहादुर बस्नेत, मुख्य सचिब भोजराज घिमिरे, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, प्रमका निजी चिकित्सक डा. दामोदर गजुरेल, चिफ अफ प्रोटोकल निरन्जनमानसिंह बस्नेत, सरकारी संचार नेपाल टिभीका Videographer, director उत्तम सिलवाल र प्रमका दुई निजी सुरक्षाकर्मी सहभागी छन् । त्यसै गरी ६ जनाको अर्को नेपाली टोली नेपाल उध्द्योग बाणिज्य महासंघका अध्यक्ष्य कुशकुमार जोशीको नेत्रित्वमा प्रम प्रतिनिधि मण्डलसँगै न्यू योर्क आएको थियो । युएस नेपाल अनलाइन प्रधानमन्त्रीको न्यू योर्क भ्रमणको बिशेष फिचर प्रस्तुत गरिदै छ । -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 Ambassador Madhuraman Acharya. Photos: eEyeCam Anil Shahi Dr. Binod Shah Sita Kharel. Photos: eEyeCam Muna Belbase Pramod Sitaula. Narbada Chhetri. Photos: eEyeCam Dharma Bishwakarma Nima Tendu Sherpa Ramhari Subedi, Editor, DCNepal.Com broadcasting live streaming video of the program. Prime Minister with New School University faculty members. Photos: eEyeCam Audience at the New School. Audience at the Thian Federation where afternoon program was held. All is happy. Cheerful volunteers from Adhikaar, Nepalese American Human Rights Organization in New York. Photos: eEyeCam |
||
|
Read our related news: » UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos) Nepal’s New Prime Minister Envisions Achievement by 2018 » न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos) "Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan » For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos) » News update: बुश र प्रचन्ड दुबै प्रसन्न: अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क » प्रधानमन्त्री प्रचन्डसहित १३ जनाको नेपाली प्रतिनिधि मण्डल न्यू योर्कमा |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||