Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
प्रधानमन्त्री प्रचण्डले दुबै सेनाको नेतृत्व
गर्ने
काठमाडौं, August 19, 2008-
अब गठन हुने मन्त्री मण्डलमा माओवादी वरिष्ठ नेता डा.
बाबुराम भट्टराईले अर्थ र रामबहादुर थापा मगर 'बादल'ले रक्षा मन्त्रालयको
जिम्मेवारी सम्हाल्ने भएका छन् ।
भदौ २ गते सिंहदरबार स्थित संविधान दलको कार्यालयमा बसेको माओवादी
केन्द्रीय समितिको वैठकले यस्तो निर्णय गरेको हो ।
यस अघिको संयुक्त सरकारमा सहभागी हुँदा वर्तमान माओवादीका शीर्ष नेता मध्ये
प्रचण्ड, भट्टराई, बादल सरकारमा गएका थिएनन् । प्रधानमन्त्रीको सपथ हुनु
भन्दा केही घण्टा पहिले सम्पन्न भएको वैठकले सरकारमा पार्टीका वरिष्ठ
नेताहरु सहभागी हुने निर्णय गरेको हो ।
कार्यकारी राष्ट्र प्रमुखको हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल
'प्रचण्ड'ले दुबै सेनाको नेतृत्व गर्ने सचिवालय सदस्य नेत्र विक्रम चन्द
विप्लवले बताए । 'यसअघिका प्रधानमन्त्रीले पनि दुबै सेनाको नेतृत्व गर्नु
पर्थ्यो अब जनमुक्ति सेना र नेपाली सेनाको नेतृत्व प्रधानमन्त्रीले नै
गर्नुहुन्छ ।' नेता विप्लवले भने । जनमुक्ति सेना पनि राज्यकै अंग भएकाले
त्यसको नेतृत्व स्वत: प्रधानमन्त्री हुने उनले उल्लेख गरे ।
प्रधानमन्त्रीमा निर्वाचित हुनु अघि प्रधानमन्त्री प्रचण्डले जनमुक्ति
सेनाको सुप्रिम कमाण्डर पद त्यागेपछि रिक्त रहेको सो पदमा विप्लवको चर्चा
चले पनि उनले सन्चारकर्मीलाई यसबारेमा बताउन चाहेनन् । सुप्रिम कमाण्डर
मात्रै हैन सभासदद्धय वर्षमान पुन 'अनन्त' र जनार्दन शर्मा 'प्रभाकर'ले
सम्हाल्दै आएका डिप्यूटी कमाण्डर पनि अहिले रिक्त रहेका छन् ।
संविधान सभा बाहिर रहेका डिप्यूटी कमाण्डरद्धय बलदेव र पासाङ्ग मध्ये
सुप्रिम कमाण्डरको जिम्मेवारी नन्दकिशोर पुन मगर 'पासाङ्ग' लाई दिइने
संभावना पनि छ ।
Prachanda as the Supreme Commander of People's Liberation Army
(PLA). Photo: Sitaram
-Santa Bagam in Kathmandu
|
|