Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बिशेष टिप्पणी: दुई ढुङ्गा बिचको बिचरा तरुलको कहानी
ठुल्दाइलाई फकाउन तर्कै तर्कबाट प्रचन्डले पारे फुरुङ्ग?

काठमाडौं,  August 29, 2008- नेपालका दुई छिमेकी मुलुकलाई सन्तुलनमा राख्न कम गाह्रो हुँदो रहेनछ ।

यस्तै अप्ठेरो स्थितिको सामना गर्दैछन् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतको पहिलो भ्रमण गर्ने परम्परालाई त्याग्दै चीनको भ्रमण गर्न पुगेपछि रिसाएको भारतलाई खुसी पार्न प्रचण्डले आफ्नो 'पहिलो भ्रमण भारतकै हुने' दावी गरेका छन् ।

प्रम प्रचण्डको चीन भ्रमणबाट भारत रिसाएको कुरा एकपछि अर्को गर्दै मिडियाहरुमार्फत् सार्वजनिक हुन थालेपछि प्रचण्डले चीनबाट फर्कने बित्तिकै भारतको पहिलो भ्रमण गर्ने बताएका हुन् । चीन भ्रमण 'राजनीतिक भ्रमण नभएको' व्याख्या गर्दै प्रचण्डले भने- 'ओलम्पिकको समापन समारोहमा भाग लिनमात्र म चीन गएको हुँ चीन भ्रमण राजनीतिक भ्रमण होइन मेरो पहिलो राजनीतिक भ्रमण भारतबाटै हुनेछ ।'

उनको थप भनाई थियो- 'ओलम्पिक भएकालेमात्र म चीन गएको हुँ यदि अघिल्लो महिना सार्क शिखर सम्मेलन हुँदा म प्रधानमन्त्रीमा निर्वाचित भैसकेको भए श्रीलङ्का जाने थिएँ त्यसैले मेरो चीन भ्रमणप्रति अन्य कोणबाट हेरिनु जरुरी छैन ।' उनले आफूमात्र नभै भारतीय कांग्रेस पार्टीकी अध्यक्षा सोनिया गान्धीपनि ओलम्पिक समापन समारोहमा भाग लिन गएको स्मरण गराए ।

प्रचण्डले तर्क तेर्छाउदै किन यसो भने त्यो बुझ्न कुनै गार्हो छैन । किनभने चीन भ्रमण तय भएपछि भारत उनीसँग कति असन्तुष्ट थियो भन्ने कुरा अन्य कसैलाईभन्दा सबैभन्दा धेरै थाहा प्रचण्डलाई नै छ । चीन भ्रमण तय हुने बित्तिकै नेपालकालागि भारतीय राजदूत राकेश सुदले उनलाई एकदिनकालागि भएपनि भारत गएरमात्र चीन गइदिन आग्रह गरेका थिए । तर प्रचण्डले मानेनन् ।

अनि कस्तोसम्मको स्थिति बन्यो भने- प्रचण्ड चीनकालागि उड्ने क्रममा सुद विमानस्थलमा उपस्थितसमेत भएनन् भलै कारण उनी मुस्ताङ्ग भ्रमणको क्रममा रहेको बताइयो । परराष्ट्र श्रोतका अनुसार प्रचण्डले पहिले भारत भ्रमण गर्न गरिएको अनुरोध अस्वीकार गरेपछि सुदपनि जानाजान मुस्ताङ्गतिर लागेका थिए । आखिर उनीपनि कुटनीतिज्ञ नै हुन् जसले पहिलो चीन भ्रमणप्रति कुटनीतिक तवरले नै असन्तुष्टि जनाए ।

नेपालजस्तो सामरिक हिसावले महत्वपूर्ण मुलुकको राजनीतिक सत्ता सिर्फ भारत वा चीनको समर्थनलेमात्र टिक्दैन बरु दुवै देशको उत्तिकै समर्थन चाहिन्छ । दुवै देशको समर्थनको अझ माओवादीलाई बढि आवस्यक छ किनभने यी दुई देशले माओवादी सत्तालाई समर्थन गरिदिएनन् भने अझैपनि शंकाको दृष्टिले हेरेको अन्तर्राष्ट्रिय जगतले माओवादीलाई अरु अप्ठेरोमा पार्छ ।

त्यसैले सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री प्रचण्डले चीनबाट फर्केपछि भारतलाई सन्तुलनमा राख्ने प्रयत्नमा थिए । त्यसैले बेइजिङ्गबाट फर्केर काठमाडौंको विमानस्थलमा झर्नासाथ उनले आफू भारतभन्दा पहिले चीन गएपनि पहिलो राजनीतिक भ्रमण भारतकै हुने बताए । पहिलो राजनीतिक भ्रमण भारतकै हुने बताएर प्रचण्डले भारतको पनि दिल जित्ने प्रयास गरेका छन् ।
 
पहिलो राजनीतिक भ्रमण भारतकै हुने उनको राजनीतिक व्याख्याले उनको राजनीतिक चतुरपना देखाएको छ । जानकारी अनुसार उनको यो प्रतिकृयाप्रति भारतीय राजदूतावासले सन्तुष्टि जनाएको छ । निम्तो दिएपछि भारत भ्रमण नगरी चीन भ्रमण गरिदिएकोमा चीन त आखिर प्रचण्डसँग खुसी छँदैछ ।

प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन भारत भ्रमणको निम्तो पाएपनि उनको भ्रमण मिति भने तय भएको छैन । विहीबार 'बिमस्टेक' Bangladesh, India, Myanmar, Sri Lanka, Thailand Economic Cooperation (BIMST-EC) को बैठकमा भाग लिन परराष्ट्रमन्त्री उपेन्द्र यादव भारत प्रस्थान गरिसकेका छन्। । जानकारी अनुसार परराष्ट्र मन्त्रीले भारतीय प्रधानमन्त्रीलाई भेट्नेछन् विदेशमन्त्रीहरुकै बैठक हुने भएकाले भारतीय विदेशमन्त्री प्रणब मुखर्जीसँग त उनको भेट हुने भैहाल्यो ।

भारतीय प्रम मनमोहन सिंह र विदेशमन्त्री मुखर्जीसँगको भेटको अवसरमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा कुराकानी हुने परराष्ट्र श्रोतले बताएको छ । 'संभवत यो हप्ताभित्र प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसक्नेछ' श्रोतले भन्यो- 'त्यसपछि भारतले माओवादी नेतृत्वको सरकारका प्रमुख प्रचण्ड चीनतिरमात्र ढल्किएको भन्ने आशंका अन्त्य हुनेछ ।'

माओवादी निकट श्रोतका अनुसार चीनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो देशको तर्फबाट पुरापुर सहयोग हुने आस्वासन दिएको छ । पहिले चीन भ्रमण गरेकाले भारत असन्तुष्ट भएको बुझेकैले होला चिनिया राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री बेन जियावाओले नेपाली प्रधानमन्त्रीसँगको भेटलाई उच्च प्राथमिकता दिएका थिए । नेपालको कुटनीतिक क्षेत्रले प्रम प्रचण्ड र चिनिया राष्ट्रपतिबीचको भेटघाटलाई अत्यन्त महत्वका साथ हेरेको छ ।

ओलम्पिक समापनको भोलिपल्टै चिनिया राष्ट्रपति जिन्ताओको कोरिया भ्रमण हुने भएपनि त्यो व्यस्तताका वावजुद चिनिया राष्ट्रपति जिन्ताओले नेपाली प्रंधानमन्त्री प्रचण्डसँग लामो कुराकानी गरेका थिए । उनले त्यसदिन सिर्फ जापानी र नेपाली प्रधानमन्त्रीलाई मात्र औपचारिक रुपमा भेटेका थिए जवकि विश्वका अन्य महत्वपूर्ण देशका नेता र सरकार प्रमुखहरु सो समारोहमा भाग लिन बेइजिङ्ग पुगेका थिए ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®